एनआरएनए र प्रदेश ३ सरकारबीच लगानी सम्झौता
- बैशाख १२, २०७६
- 0
गैरआवासीय नेपाल संघ (एनआरएनए) र प्रदेश ३ सरकारबीच मुना आधुनिक कृषि वजार परियोजना संचालन गर्ने समझदारी भएको छ ।
समझदारीमा भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगेन्द्र कार्की र एनआरएनएका आवासिय नेपाली संघ कृषि प्रर्वदन समितिका संयोजक यूवराज गुरुङले हस्ताक्षर गरेका छन् ।
उपभोक्ताको हित संरक्षण गर्न एवं कृषिलाई जनस्वास्थ्यमुखी र आत्मानिर्भर वनाउन एनआरएनएले मुना आधुनिक कृषि वजार परियोजना संचालन गर्ने सहमति छ ।
२ अर्ब ५० करोड लागतको परियोजनाको डीपीआर लगायतका काम प्रदेश सरकारले गर्ने छ भने भौतिक पूर्वाधार निमार्णको काम कृषि प्रर्वदन समितिले गर्नेछ ।