एनआरएनएको उपमहासचिव पदमा प्रवक्ता सोम सापकोटाको उम्मेदवारी घोषणा
- साउन २९, २०८०
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं महाधिवेशनमा सोम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
संघको स्थापनाकालदेखिनै सक्रिय सापकोटाले संघको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाल र नेपालीहरूको हकहित तथा सस्थागत सुदृढिकरणका लागि सफलरुपमा भूमिका निर्वाह गरिरहेका छन ।
‘संस्थाको सुदृढ़ीकरण गर्दै विश्वभरि छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीहरूलाई एउटै छानामुनी गास्न र भाइचाराको सम्बन्ध विकास गर्दै एनआरएनएलाई प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन बनाउन मेरो प्रयत्न रहनेछ’ सापकोटाले भने ‘संघको सचिवालयलाई व्यवस्थित, मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाई सुदृढ एनआरएनए निर्माणमा केन्द्रित हुने उद्देश्यसहित उपमहासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हु ।’
सन् २००६ मा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष, सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको आइसीसी सदस्य, सन् २०१५–२०१७ सम्म यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ सम्म आइसीसी सहकोषाध्यक्ष, सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार हुदै संघको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।
नेपालमा गैरआवासीय नेपाली संघको माध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी सिर्जना लगायतका कार्यमा सापकोटाले भूमिका खेलेका छन् ।
गैरआवासीय नेपाली संघको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।