एनआरएनए कतारको अन्तिम परिषद् भेला सम्पन्न,पत्रकारिता पुरस्कार तिलु शर्मालाई
- बैशाख १२, २०७८
- 0
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सम्पन्न भएको छ । संघका अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागी नेपाली राजदूत डा नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यता रहेको २०१९९२१ कार्यकालको अन्तिम पार्षद् भेला अनलाइन भर्चुअल माध्यम जुमबाट सम्पन्न् भएको छ ।
संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेको भेलामा द्धितीय उपाध्यक्ष कुमार खड्काले संघसंस्था समन्वय प्रतिवेदन, महासचिव पदम गिरीले २ बर्षे कार्यकालको कार्य प्रगति विवरण र कोषाध्यक्ष विनोद प्रसाद बसौलाले आयव्यय विवरण प्रस्तुत गरेका थिए । यस्तै भेलामा युवा संयोजक रविन मगर र महिला संयोजक अम्बिका खत्रीले आ९आफ्नो विभागको कार्यप्रगति बिबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भारद्वाजले कोरोना समयमा प्रभावकारी कार्य गरेको, राजदूतावाससँग समन्वय गरेको, समस्यामा परेका नेपाली श्रमिकलाई हवाई टिकट, आवास र खाद्यान्न वितरणमा संघले गरेको योगदानको प्रशंसा गर्दै परिषद् भेला सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कोरोनाले कतारमा पुऱ्याएको असहज परिस्थितिमा श्रमिकका लागी मरिमेटेर कार्य सम्पादन गरेको श्रमिक विभागको कार्य प्रगति विवरण भने भेलामा विशेष कारण जनाउँदै पेस गरिएन श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका संयोजक उत्तम गुरुङले आफ्नो टिमले गरेको कार्य कतारका नेपाली माझ चिर परिचित रहेको बताए ।
यस्तै संघको भेलाले यो वर्षको ‘पत्रकारिता पुरस्कार’ कतारमै रहेर पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुरयाउदै आएका तिलु शर्मालाई दिन शिफारिस गरेको छ ।