विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार
- पुस ६, २०७६
- 0

विप्लव समूहद्धारा अपहरणमा गरिएका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको छ ।
विप्लव समूहका कार्यकर्ताले उनलाई आइतबार साँझ जंगलमा छाडेका हुन् । केही समय अघि विप्लव समूहले विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मा लिएको थियो । उनले अध्यक्ष शाहीले भ्रष्टचार गरेको, विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई नियन्त्रण गरिएको दाबी गरिएको थियो ।
आइतबार विहान करिब २ बजे शाही र पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको थियो । उनीहरुलाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि शाहीको पत्नी इलालाई अपहरण्कर्ताले छाडेका थिए ।
0 प्रतिक्रिया
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]
कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क […]
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]