विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

news-details

विप्लव समूहद्धारा अपहरणमा गरिएका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको छ ।

विप्लव समूहका कार्यकर्ताले उनलाई आइतबार साँझ जंगलमा छाडेका हुन् । केही समय अघि विप्लव समूहले विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मा लिएको थियो । उनले अध्यक्ष शाहीले भ्रष्टचार गरेको, विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई नियन्त्रण गरिएको दाबी गरिएको थियो ।

आइतबार विहान करिब २ बजे शाही र पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको थियो । उनीहरुलाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि शाहीको पत्नी इलालाई अपहरण्कर्ताले छाडेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *