तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ
- अशोज २१, २०७७
- 0

विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसला अनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् ।
पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
-रासस
0 प्रतिक्रिया
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]
मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् । बुधबार […]
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत […]