मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु
- अशोज १६, २०७७
- 0

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।
खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।
-रासस
0 प्रतिक्रिया
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]
मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् । बुधबार […]
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत […]