बलात्कार आरोपी युट्युबर शिवाकोटी डिल्लीबजार कारागार चलान
- साउन १३, २०७७
- 0

बलात्कार आरोपी युट्युबर अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।
शिवाकोटी विश्व हिन्दु महासंघका पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने गर्छन् ।
काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले बताए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।
0 प्रतिक्रिया
आज चार संसदीय समितिका बैठक बस्दै

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन […]
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी

सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा […]
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको […]
आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव […]
रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग

लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत लामो समयदेखी […]