बलात्कार आरोपी युट्युबर अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

शिवाकोटी विश्व हिन्दु महासंघका पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने गर्छन् ।

काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले बताए ।

शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।