‘योग्यता र क्षमताले भ्याएको श्रम गरेर खान पाउनुु पर्छ’ : राजेन्द्र पन्थी
- बिन्दु अधिकारी ढकाल
- असार १३, २०८३
- 0
घैला भरियो पानी
आँखा भित्र नानी
भित्र अझै भित्र
देश जिन्दगानी…!
मैले आफ्नै रचना पङ्क्तिलाई लिएर कुुराकानी अघि बढाउने जमर्को गरेँ । मिहिनेती नागरिक नेपाल आमाका आशाका किरण र समृद्धिको खाँबो हुुन् । देश भनेको आमा हुुन्, हरपल भरोसा चाहन्छिन् । घैलारुपी बानी हाम्रो जीवन हो । युुवा जोसमा हुुनुुपर्छ, राजेन्द्र पन्थीकोजस्तो एकलव्य नीति ! अनि, गर्न पाइन्छ, ठाउँमा राज !
पन्थी भाइको श्रम सीप र कार्यशैलीको म प्रशंसक हुुँ । खटाइको तालिकालाई नियाल्दा कहिलेकाहीँ लोभ पनि लाग्छ । कुुलो फर्काए जसरी उमेर फर्काउन किन सकिँदैन ? हुुन त कर्म गरेपछि फल पाइन्छ तर आफ्नो कर्मलाई पूूजा ठान्नुु पर्छ । मन्दिरमा गएर घण्टी बजाउनुु र भाकल छिन्नुु केवल भगवान्को प्रतिक सम्झनुु हो । यदि होइन भने, दिनभरि घण्टीमात्र बजाएर बसौँ श्रम कहिले, कहाँ र कसरी हुुन्छ ? सिवाय सडकको बास !
गाउँबाट राजधानीको यात्रा रोज्नुु सपनाको भरिया हुुनुु हो । घरबाट हिँड्नुुको मूूल उद्देश्य थप पढाइको भोक थियो । त्यसपछि रोजगारको कुुरो आउछ, आफैँले केही गर्ने अथवा स्थायी नोकरी भिड्ने ? भाइको लागि यो स्वभाविक र यथार्थ प्रश्न हो । “मैले गाउँकै स्कुुल पढेँ र कलेज पढ्न काठमाडौं आएँ । सरकारी जागिर खान लोकसेवाको तयारी कक्षा पनि पढेँ तर मैले त्यता नाम निकाल्न सकिनँ । कोशिस नगरेको भए किन गरिन होला ? यो प्रश्नले मनमा छटपटी गरिरहन्थ्यो ।”
‘भाइ, हिजोको बाँकी यो पैसा राख्नुु र आज दुुई जार पानी ल्याइदिनुु न है’ ग्राहकको माग थियो । ‘हस, हुुन्छ’ भाइले उहाँलाई सम्बोधन गरिसकेर पुुनः भन्नुुभयो– “म मात्र होइन, हामी चार जना दाजुुभाइसँगै बस्थ्यौँ, पढ्थ्यौँ । साढे दुुई दशक बितिसक्यो काठमाडौं बसेको पनि । हाम्रो बुुवा गाउँको स्कुुलमा शिक्षक त्यो बेला अवकास हुुनुु भएको थिएन । आमाबुुवाका पाँच भाइ सन्तान सबै जना आआफ्नो गरेर खाने भएका छौँ ।”
“माइलो भाइ विश्वराज हो । उसलाई डिभी प¥यो र अमेरिका प्रस्तानको ढोका खुुलो । यता, निजामती सेवामा प्रवेश गरेको डेढ वर्ष भएको थियो । त्यो जागिर छोडेर श्रीमती सहित ऊ उता गयो । अहिले चार जनाको परिवार टेक्सास राज्यमा बस्छन् । भाइ भरत गुुल्मीमा टिचिङ गर्छ । भाइ योगेश लेखापाल छ र कान्छो तिर्थराज सिभिल इन्जिनियर हो ।”
पुुनः ग्राहकको आगमन ‘भाइ, मलाई ब्राउन ब्रेड र दुुई पोका दूूध दिनुु न’ व्यापारीको लागि पसलमा ग्राहक आउनुु भनेको भगवान्का रुप हुुन् । भाइ व्यस्त हुुँदा म डायरी बोकेर प्रतिक्षामा रहेँ । एकछिनपछि कुुरो उन्दै भाइ अघि बढ्नुु भयो । “मैले कमर्श (म्यानेजमेन्ट) पढेको हुुनाले वुुटवलमा मार्केटिङको काम गर्थेँ । यहाँ लक्ष्मण केसीको घरमा हाम्रो डेरा थियो, तीन जना भाइ यतै थिए । वुुटवलकै एक जना दिदी पनि यहीँ नजिकै बस्नुुहुुन्थ्यो । ती दिदीमार्फत भाइहरुले यो पसल बिक्री हुुने कुुरो थाहा पाएछन् र मलाई सुुनाए । हामीले घरसल्लाह ग¥यौँ र पसल किन्ने निचोडमा पुुग्यौँ । मूुल्यको कुुरो गर्नुुहुुन्छ भने १४ वर्ष अघि तीन लाख बढी नै प¥यो ।”
टनाटन सामान थियो कि ? नत्र समय अनुुसार त्यो मूुल्य महँगो हैन र ? मेरो जिज्ञासालाई भाइतिर ठेलेँ । “म्याम, जसले यो पसल चलाएको थियो, उसको देखाउने दाँतजस्तो मात्र रहेछ । पसलमा केही खेलौना, थोरै–थोरै स्टेशनरी र चाउचाउ चकलेट राखेको थियो । त्यो मान्छेको खेलोफड्को अर्कै हुुनाले मुुद्धा परेको रहेछ । सुुरुमा हामीले थाहै पाएनौँ नत्र कुुरो राख्न सकिन्थ्यो, एउटा लोभ पसलको मूुल्य अलि सरल पर्ने थियो कि ?”
‘पन्थी सर, मलाई पाँच केजी चामलको एउटा प्याकेट र दुुई केजी कालो दाल दिनुु न ।’ ग्राहक हतारिएको देखेर भाइ त्यतै लाग्नुु भयो । अर्का महानुुभावले ‘आजको कान्तिपुुर र गोरखापत्र ल्याउनुु’ भन्नुु हुुन्छ । एक जनाबाट लिएको पैसा गल्लामा हालेर अर्कोलाई फिर्ता दिन नभ्याइ फेरि अर्को अफर आउछ । भनौ, भाइको हात खाली हुुँदैन । त्यहीँ बेला स्कुुले विद्यार्थी कापी, कलम र मुुना बालपत्रिका खरिद्न आउछन् ।
“म बिहान साढे चार बजे कोठाबाट निस्किसकेको हुुन्छुु । कालीमाटी जानुु प¥यो भने गाडी चढ्छुु, नत्र साइकल नै मेरो सवारी हो । तरकारी लिन कहिले तीनकुुने, कहिले जडीबुुटी त कहिले मिनभवन पुुग्छुु । सब्जी ल्याएर सटर अगाडि बिसाउछुु र पत्रिका लिन कोटेश्वर चोक जान्छुु । त्यहाँबाट फर्केर पसल खोल्छुु । सामान बेच्दै ठेक्काको माल पुु¥याउन धमाधम हुुन्छ, मलाई । जस्तो दुुध, तरकारी, पानी र पत्रिका पुु¥याउनुु पर्छ । सेवादिन साइकल हुुनाले सजिलो छ । पसललाई चाहिने खाद्ययलगायत सामान अर्डरबाट आइपुुग्छ ।”

आफ्नो घर नजिकै पत्रिका पसल हुुनुु थरिथरि समाचार पढ्न सहज वातावरण हुुँदो रहेछ । यत्रो डिजिटल जमानामा कोही पेपर पढ्छन् ? पर्दैन, चाहिँदैन भन्नेहरु पनि छन् यही समाजमा तर कतिलाई भने पत्रिका भनेको पत्रिका हो– चाहिन्छ । मलाई पत्रिका नपढेको दिन नियमित औषधी छुुटेझैँ लाग्छ । यो (पत्रिका) व्यापारबाट कतिको फाइदा हुुन्छ ? यहाँ बाँकी खाने मानिस कति इमान्दार छन् ? हिजोआज क्यूुआर गरिदिन्छुु भन्नेहरुले पनि झुुक्याउछन् रे हो ? मैले केही थान प्रश्न ठेलेँ ।
“पत्रिकाबाट १६ प्रतिशतसम्म फाइदा हुुन्छ । फिर्ता नहुुने पत्रिका अर्डर बाहेक ल्याउदिनँ । कुुनै दिन दुुई चार वटा तलमाथि परेका भए, अर्कोअर्को दिनमा पनि बिक्छ । जस्तो सिसा पुुछ्न, खाना खाने ठाउँमा ओछ्याउन । यहाँ पसलमा किसिम–किसिमका मान्छे आउछन् । कोही त यस्ता पनि हुुन्छन्, तिर्नुुपर्छ भनेर बाटो नै परिवर्तन गर्ने, लगेर खाएको सामानको बिहान हिसाब गर्छन्, बेलुुका कोठा छोडेर भाग्छन् । कोहीलाई सामान राम्रो चाहिन्छ, दामसँग मतलव हुुँदैन । अनि, कतिको बानी चै दाम सोध्दै हिँड्छन् ।”
“मोटरसाइकलमा आएर हतार गर्दै सामान माग्ने अनि घर पुुगेर पैसा लिएर आइहाल्छुु भन्ने पनि हुुन्छन् । त्यस्तालाई मैले सामान दिएको छैन । घर गएर क्यूुआर गरिदिन्छुु भन्ने धेरै आए तर त्यो भनेको झुुक्याउने नियत हो । यहाँको सामानको मूुल्य भाटभटेनी र विगमार्टसँग तुुलना हुुन सक्दैन किनभने सानो परिणामको खरिद र ठुुलो परिणामको खरिदबीच अन्तर धेरै हुुन्छ । जसले धेरै ल्याउछन्, सस्तो पर्छ र कम मूूल्यमा बेच्छन् ।”
हुुन त भाइको पसल पनि सानो विगमार्ट झैँ लाग्छ । हरियो तरकारी कुुरिलो, च्याउ, साग, फर्सीको मुुन्टा प्रायः सबैथोक ताजा किन्न पाइन्छ । दूूध, पानी, दाल, चामल, तेल, चिनी, बिस्कुुट, दालमोठ–भुुजिया, सरफ–साबुुन, आटालगायतका सामान छन् ।
“मैले एकै पटक भन्दा पनि पसल क्रमशः बढाएको हुुँ । चाउचाउ बेच्न जोड गर्नुुभन्दा तरकारीतिर मन गयो । काठमाडौंमा पानीको अभाव कति मान्छेले साग खान पाउँदैनन् । कतिले नुुहाउन र कपडा धुुन जारको पानी लैजानुु हुुन्छ । भाडामा मान्छे राखिसकेपछि पानीको व्यवस्था गरिदिनुु पर्छ ।” भाइ यता कुुरा गर्दै उता ग्राहकसँग व्यस्त हुुनुुभयो ।
पन्थी भाइ परिवारसहित हुुनुुहुुन्छ । श्रीमती जुुनाले नानीहरुको ख्याल गर्ने र पसलकै काममा श्रीमान्लाई साथ सहयोग गर्नुुभएको छ । छोरो कति कक्षामा पढ्ने भयो, भाइ ? छोरी नाच्न कलाकार जत्तिकै रहिछिन् । “यहाँ नजिकै स्काइलाइट स्कुुलमा ५ कक्षामा पढ्छ, छोरो । २०७३ सालको छोरो र २०७८ सालकी हुुन् छोरी । दुुवै नानीहरु यही जन्मिए, बढ्दै पढ्दै छन् । छोराछोरीहरु पढाउन र बिरामी भए उपचार गर्न सजिलो छ तर सस्तो छैन ।”
भाइको भनाइ अनुुसार वुुटवलमा घर छ, बुुवा घनश्याम पन्थी र आमा त्यही बस्नुुहुुन्छ । उहाँहरुलाई पुुग्दो छ, यसकारण छोराहरुले दिइरहनुु पर्दैन । गाउँको घरजग्गा काम गरी खानेको रेखदेखमा छोड्नुुभएको रहेछ । भाइलाई राजनीतिमा रहर किन जागेन ? “२०५८ सालमा काठमाडौं आएर म पशुुपति क्याम्पसमा भर्ना भएँ । त्यो बेला पनि मैले राजनीति गरिनँ । हामै साथी कुुन्दनराज काफ्ले अहिले दोलखाबाट प्रदेश सांसद छन् । उनको उही बेला पनि नेविसंघमा लिडरसीप थियो तर मलाई भने राजनीति गर्नुु छैन । म स्थानीय चुुनावमा चै भोट हाल्न गाउँ जान्छुु ।”
अनि भाइ, तपाईले यो पसल दर्ता गर्नुु भएको छ नि ? “बकाइदा गरेको छुु । हामीले त्यता तिरेको कर बापतको पैसाबाट सरकार अर्थात् राज्यले के दिन्छ ? पसल अगाडि यत्रो खाल्डो परेको हुुन्छ, क्रेता आउजाउ गर्न नसक्ने गरी त्यो समाधान गर्नुु पर्ने हैन ? महानगरको ताल देखेर दिक्क लाग्छ । नागरिकहरु राजनीति राजनीति भन्छन्, यो पार्टी र त्यो पार्टी छान्छन् । यहाँ पत्रिका पढ्नेहरुको पनि आआफ्नो धारणा छ । कसैले त्यही कामलाई राम्रो ग¥यो फलानाले भन्छन्, कसैले विरोध गर्छन् ।”
कतैबाट ऋण वा सापटी लिनुु भएको छ, छैन ? मैले राजेन्द्र भाइतिर फर्केर प्रश्न गरेँ । “म्याम, बरु थोरै होस्, आफ्नो होस् भन्ने सूुत्र अनुुसार चलेको हुुनाले ऋण लिएको छैन । मेरो खेती किसान यही हो । सटरको भाडा तिनुुपर्छ महिनाको १२ हजार । डेराको अलग्गै छ । नानीहरुलाई पढाउनुु प¥यो । बिरामी पर्दा उपचार खर्च चाहियो । यहाँ सबैको माया पाएर स्थानीय सरह आफ्नो व्यवसाय गरेर बसेको छुु । भविष्यको लागि भनेर वुुटवलमा घडेरी जोडेको छुु । यता आँट्न सकिदैन । कि दुुई नम्वरी काम गर्नुु प¥यो । मलाई कोहीसँग चाकडी गर्नुु छैन । भनसुन गरेर ठुलो काम हातलिनु पनि छैन । यो देश सबैको हो । योग्यता र क्षमताले भ्याएको श्रम गरेर खान पाउनु पर्छ ।”
हुन पनि २७ वटा भाटभटेनीसँग तुुलना हुुँदैन खुुद्रा पसलको । न हुुन्छ, विगमार्टसँग । बिहान ४ बजेदेखि सुुरु भएको पन्थी भाइको दिनचर्या राति ९ बजेसम्म सेवा पाएका छौँ । कहिले १० बजे मात्र सटर बन्द गर्नुहुन्छ । धेरै दिन भएको छैन, ‘कतारमा ३६ नेपालीले दुई करोड पारिश्रमिक पाएनन्’ भनेर कान्तिपुुर दैनिकमा छापिएर आएको समाचार पढ्दा मन कटक्क खायो ।
सपना देख्नुुपर्छ, जो पूूरागर्न सकिन्छ । अनन्त सपनाको अर्थ जीवन धरापमा पनि पर्न सक्छ । विदेश सबै राम्रो हुुन्छ भन्ने भ्रमबाट मुुक्त नभएसम्म हाम्रो घर अर्थात् देश कसरी बन्छ ? घामको न्यानो महसुुस गर्न सकिन्छ तर त्यो न्यानो(घाम)लाई बटुुकामा जम्मा गर्न खोज्नुु केवल मूूर्खता हो किनभने जुुन अपार कार्य हो । बरु सवारी होस्, राजेन्द्रको साइकलजस्तो । जसले निरन्तर सघाउछ र एकदिन गन्तव्यमा पुु¥याउछ । भाइको मिहिनेत अनि लगाव जसरी चौतारीमा वरपिपल झाङ्गिएको हुुन्छ, त्यसरी नै व्यापार अपारको लागि अनन्त शुभकामना !














