‘पढाइसँगै आफैँले पनि केही गरे दुुई चार रुपैयाँ खेलाउन पाइन्छ भन्ने सोच भयो’
- फाल्गुन १६, २०८२
- 0
विश्वमा दैनिक कति कप चिया पिइन्छ होला ? स्पष्ट तथ्याङ्क नभए पनि छ अर्ब कप भन्दा बढी नै चिया खपत हुुन्छ । संसारमै पानीपछिको दोस्रो लोकप्रिय पेयको दर्जा जो चियाले लिएको छ । यहाँ राजनीति, धर्म, व्यापार र सामाजिक परम्परामा विशिष्ट साइनो गाँस्न सफल चिया सभ्यता समाजको पुुरानो संस्कृति जो बन्यो ।
रमाईलो कुुरो त के छ भने प्रेम प्रस्ताव पस्किन चिया, महत्वपूूर्ण कामको थालनी र निर्णय गर्नुुअघि चिया, घरमा आएका पाहुुनालाई सत्कारको पहिलो चरण चिया, यसरी सामान्यदेखि विशेष गफ र कामको मेलोमेसो जोड्नमा चियाको भूूमिका अपरिहार्य छ । भनौँ, पर्दाभित्र होस् वा पर्दाबाहिर दुुवै तर्फ चिया उत्तिकै ‘रोल मोडल’ बनेको छ ।
चियाले न्यानो बनाइरहेको हाम्रो सभ्यता जहाँ संसदमा भन्दा बढी नै बहस हुुन्छ । छलफलको क्रम चर्किएपछि निचोड विन्दुु निस्किन्छ । दुुई अक्षरले बनेको शब्द चिया यति लोकप्रिय पेय पदार्थको सुुरुवात कसरी भयो ? जो संसारभरि नै प्रचलनमा छ । अस्तित्व जगेर्णाको जग चियाको विश्व–यात्रा कसरी फैलियो ? अध्ययनको निचोड छ कि चियालाई समुुन्द्री मार्गले साथ दियो ।
चिनियाँ सम्राट शेन नोङले उमालिरहेको पानीमा ‘क्यामेलिया सिनेन्सिस’ को पात खसाल्दा चिया पत्ता लागेको किंवदन्ती छ । धेरै वर्ष अघि २७३७ इसापूूर्वको कुुरो हो यो । चियालाई औषधीय गुुण भएको वनस्पतिका रुपमा प्रयोग गरिन्थ्यो । पछि, यो दैनिक रुपमा पटक पटक पिउने पेय बन्यो । आज मान्छे र चिया बिचको सम्बन्ध नङ र मासुु झैँ भएको छ । यहाँ समय जसरी परिवर्तनशील छ, त्यसरी नै चियाको स्वाद परिवर्तित छ । अब सार्वजनिक वृत्तलाई एकछिन थाती राखेर म व्यक्तिगत जीवनको चर्चा पस्किनतिर लाग्दैछुु ।
कुुराको श्रीगणेश उमेरबाट गरौँ । उनी मात्र दुुई दशकी भइन् । अर्को उनको विशेषता सार्वजनिक रुपमा अनुुहार नदेखाइ कर्म गर्छिन् । एक मिनेटको लागि माक्स खोल्न आग्रह गर्दा पनि ‘हस्’ भन्न चाहन्नन् । बरु चिसो लाग्नबाट जोगिएकी भनेर कुुरा मोड्न खप्पिस छिन् । दैनिक त्यही किसिमले उही सशुुल्क चिया बाढ्दै हिँड्छिन् । जाडो मौसमले जमेरै डेरा जमाएको पुुस महिना प्रातःकालीन हिँडाइ उनीसँगको चियावार्तामा मेरो पहिलो प्रश्न थियो, तिम्रो नाम के हो ?
“ममीकै हौसलाले मैले चिया बेच्न सुुरु गरेकी हुुँ । उहाँले १३ सय रुपैयाँ खर्चेर थर्मश किन्दिनुु भो । नयाँ यौटा जोडेपछि तत्काल अर्को पर्दैन भनेँ किनभने तातोपानी राख्न कोठामा थियो अर्को । हाम्रो स्थायी घर सिन्धुुपाल्चोक जिल्ला ठुुलो सिरुबारी भन्ने ठाउँमा पर्छ । मैले तीन कक्षासम्म बोर्डिङ स्कुुल पढेँ र सरकारी स्कुुलबाट कक्षा १२ सकेँ । हामी पाँच जना छोराछोरी मध्ये म परिवारकी माइली छोरी हुुँ ।”
“सम्झना सुुनार” यति नै अरु बोलिनन्, उनी । कति भयो चिया व्यापार सुुरु गरेको ? “माघ ९ गते एक वर्ष हुुन्छ” मेरो दोस्रो प्रश्नमा उनको जवाफ थियो । यति कलिलो उमेरमा त्यो पनि यो खुुला ठाउँमा ग्राहक छोप्न यसरी ‘चिया, चिया’ कराउन असहज÷अप्ठ्यारो लागेन, लाग्दैन ? “पहिलो दिन चै म केही नर्मश भएँ तर दोस्रो दिनदेखि लगाव यो टुुटेको छैन ।”
उनको आवाजले पुुनः तान्यो मतलव कुुरा गर्न सजिलि रहिछन् भन्ने लागेर मैले आफ्नो परिचय दिएँ । मलाई सुुनेर उनी अझ सकारात्मक र उर्जावान् भइन् । फेरि, चियाकै सेरोफेरो सोधेँ, त्यो पहिलो दिन पहिलो कप चिया कसलाई बेच्यौ ? “बाबा ममीलाई” कुुरो सुुनेर म छक्क परेँ । र, प्रति प्रश्न गरेँ, तिम्रा बाबा ममीलाई ? अनि, पैसा लिएरै बेच्यौ त ? साँच्चै हो ? उहाँहरुले पनि किनेरै खानुु भो ? उसोभए त्यो पल तिमी बिक्रेता बाबा ममी क्रेता, होइन त ? मलाई सुुनेर माक्सभित्रै मुुस्कुुराइन्, सम्झना ।
“ममीकै हौसलाले मैले चिया बेच्न सुुरु गरेकी हुुँ । उहाँले १३ सय रुपैयाँ खर्चेर थर्मश किन्दिनुु भो । नयाँ यौटा जोडेपछि तत्काल अर्को पर्दैन भनेँ किनभने तातोपानी राख्न कोठामा थियो अर्को । हाम्रो स्थायी घर सिन्धुुपाल्चोक जिल्ला ठुुलो सिरुबारी भन्ने ठाउँमा पर्छ । मैले तीन कक्षासम्म बोर्डिङ स्कुुल पढेँ र सरकारी स्कुुलबाट कक्षा १२ सकेँ । हामी पाँच जना छोराछोरी मध्ये म परिवारकी माइली छोरी हुुँ ।” त्यहाँ ग्राहकको आगमन भयो । सम्झना सेवा गर्नतिर लागिन् ।
विभिन्न प्रकारको चिया हामी उपभोग गछौँ । कालो चिया फरक स्वादको हुुन्छ । कतिलाई कालो चिया मन पर्दैन भने कतिलाई त्यही मात्र लत हुुन्छ । अनि, कतिको आदत दुुध चिया मात्र पिउने हुुन्छ । अक्सिडाइज गरिएको चिया विशेषतः दार्जिलिङ र इलाम ‘ब्राण्ड’लाई उपभोक्ताहरुले अधिक रुचाउछन् ।
हरियो चिया पनि हुुन्छ । कम प्रशोधन गरिएको चिया स्वादका लागि अति नै उत्तम मानिन्छ । कालो र हरियो बिचको चियालाई ऊलङ चिया भनिन्छ । विभिन्न जडिबुुटी, मसला र फूूलबाट बनाइने चिया हर्बल चिया हो । मैले सम्झनालाई फुुर्सद देखेर सोधेँ, तिमीलाई चिया पकाउन आउछ ? कि ममीले पकाइदिनुु हुुन्छ ?

“गाउँमा जन्मेको बढेको अनि पढेको हुुनाले पढाइ सँगसँगै काममा खटिनुु पथ्र्यो । जब म खाना पकाउन सक्ने उमेरकी भएँ, मैले चिया पनि पकाउन थालेँ । हाम्रो “अभिभावकको हौसला खास गरेर ममीको आग्रहमा आर्जनमुुखी यो काम गर्दै छुु । पोहोर साल मात्र म गाउँबाट काठमाडौं आकी हुुँ । हुुन त यता म पढ्न भनेर आकी तर पढाइसँगै आफैँले पनि केही गरे दुुई चार रुपैयाँ खेलाउन पाइन्छ भन्ने सोच भयो ।” यहाँ हरेक छोराछोरीले यसरी नै सोच्नुु हाम्रो देश नेपाल प्राकृतिक रुपमा जति राम्रो र सुन्दर छ, आर्थिक रुपमा पनि साँच्चै समृद्ध हुुने थियो !
इलाम, झापा र पाँचथरमा उत्पादन हुुने चियाको बजार अन्तराष्ट्रिय रुपमा प्रसिद्ध छ । अध्ययनका अनुुसार चियालाई प्रेमको प्रतिकको रुपमा लिइन्छ । चिया एन्टिअक्सिडेन्टले भरपुुर पेय पदार्थ हुुनाले ध्यान र एकाग्रता बढाउन मद्दत गर्छ । एकाग्रता बढ्नुु भनेको तनाव कम हुुनुु हो । तनाव कम हुुनुु पाचन प्रक्रियामा सुुधार हुुन्छ ।
बजारमा चियाको खपत बढी नै प्रतिस्पर्धात्मक शैलीमा हुुने गरेको छ । हाल ५० भन्दा बढी देशमा वार्षिक ६५ लाख मेट्रिक टन चिया उत्पादन हुुन्छ । यसको कारोबारले झन्डै सवा करोड हाराहारी जनसंख्याको जीविका चलेको छ । चियासँगै यसका दुुई थरी नाम विश्वभर पुुगे– ‘चा’ र ‘टी’ । विभिन्न अध्ययनहरु भन्छन्, जहाँ–जहाँ स्थलमार्गबाट चिया पुुग्यो– ‘चा’ उच्चारण भयो र समुुन्द्री मार्गबाट जहाँ चिया पुुग्यो– त्यहाँ ‘टी’ सम्बोधन गरियो ।
पाटन कृष्ण मन्दिर परिसरमा जोर थर्मश बोकेर हिँड्ने सम्झना एक्ली बिक्रेता भने होइनन् । त्यहाँ उनी जस्ता अरु पनि छन् । पढ्ने नपढ्ने अनि बच्चा च्यापेकी आमाका पनि आफ्नै सपना होलान् । ती सबैको विपना भन्नुु ग्राहक हुुन् । जसले पैसा तिरेर चिया पिउछन् । कालो र दुुध चियाका पारखी दिनहुु घटबढ कहिले को आउदैनन्, कहिले को थपिन्छन् । त्यो बिहान हामी आमाछोरा थपियौँ । चिया पिउदै सम्झनालाई सोधेँ, दैनिक कति कमाउछौ ?
“मैले अहिलेसम्म त्यसरी बासी चिया व्यापार गरेकी छैन । प्रायः रहदैन । यदाकदा रहन गए साथीहरुको थर्मशमा खन्याइदिन्छुु । याँ पैसा तिरेर पिउन नसक्नेहरु कति हुुनुुहुुन्छ बरु उहाँहरुलाई पिउन दिन्छुु । हामीले कर्मसँगै धर्म गर्नुुपर्छ । आफैँले धारण गर्न सकिएन भने अरुलाई कसरी सिकाउनुु ?”
“चिया बिक्ने भनेको जाडोमा हो । यतिखेर प्रायः १२ सय जस्तो कमाइ हुुन्छ, दैनिक । पछि, गर्मीमा चिया बिक्दैन भन्दा अहिलेको चार भागको एक भाग बिक्छ कि ? मैले यति कमाइ गर्न खर्च पनि गरेकी छुु । दैनिक छ सात सय लाग्छ । चिया पकाउन पानी किन्नुु प¥यो । चिया कप, मसला, चिनी, तेजपात, अदुवा, मरिच । अझ एक जनाले सिकाउनुुभो कफी पनि हाल्न । त्यो स्वाद झन् मिठो हुुने रैछ । राम्रोबाट अझै राम्रो गर्न सीपले साथ दिएको छ । नत्र यी जोर थर्मशको के अर्थ ? न मलाई चिन्थे न त मैले नै चिन्थेँ ।”
खुलेर बात गर्नसक्ने खुुबीकी सम्झनाको सीप प्रभावकारी लाग्यो । कालो चिया २० र दुुध चिया ३० रुपैयाँ प्रति कप दाम बताइन् । जाडोमा एक जनाले आठ÷दश कपसम्म चिया पिउने रहेछन् । बिहान बजार चहलपहल सुुरु भएपछि आठ बजेसम्म । दिउँसो ११ बजे र साँझ पाँच बजे व्यापारको समय हो । “यहाँ नगरपालिकाको नियममा रहेर खट्नुु पर्छ । मैले गल्ती गर्दा कति पटक थर्मश हरण भएका छन् तर म त गुुहार माग्दै अफिस जान्छुु र फिर्ता लिएर आउछुु । त्याँ गएर सरी नभन्नेहरु मन दुुःखार कुुरो गर्नुुहुुन्छ । मेरो विचारमा शासकलाई मान्नुु नागरिकको कर्तव्य र जिम्मेवारी दुुवै हो ।”
सोधेँ, अघिल्लो दिन नबिकेको चिया भोलिलाई कत्तिको काम लाग्छ ? “मैले अहिलेसम्म त्यसरी बासी चिया व्यापार गरेकी छैन । प्रायः रहदैन । यदाकदा रहन गए साथीहरुको थर्मशमा खन्याइदिन्छुु । याँ पैसा तिरेर पिउन नसक्नेहरु कति हुुनुुहुुन्छ बरु उहाँहरुलाई पिउन दिन्छुु । हामीले कर्मसँगै धर्म गर्नुुपर्छ । आफैँले धारण गर्न सकिएन भने अरुलाई कसरी सिकाउनुु ?”
राजनीतिमा सक्रिय हुुनुुपर्ने जेन–जीको माहोल जो छ, तिमी किन नतातेको ? सम्झनालाई मेरो प्रश्न थियो । “बिना अर्थ सडकमा नाराबाजी गर्न रहर छैन, म त चिया नै उमाल्ने हो” उनको उत्तर लगत्तै अहिले देशको प्रधानमन्त्री को हुुनुुहुुन्छ, नाम थाहा छ ? “किन नहुुनुु, सुुशीला कार्की । याँ जेन–जीका नाममा देशमा कत्रो र कस्तो दुुर्घटना भो । सबै जान्दछुु तर मलाई राजनीति मन पर्दैन । यसकारण केस्रा केस्रा केलाउन्न ।”
उनको परिवारको आर्थिक अवस्था गाउँमा घर, खेतीपाती छ । बुुवा मुुर्ति बनाउने काम गर्नुुहुुन्छ । आमाको परिपाठमा घर व्यवहार सञ्चालन भएको छ ।
सरिता र हरिकी छोरी सम्झनाले आफ्नो कमाइ बैंकमा राख्ने गरेकी छन् । छ हजार कोठाभाडा तिर्ने जिम्मा ममीको काँध छँदैछ । उनको पढाइ अघि बढेको छैन । भावी योजना सटर लिएर व्यवस्थित चिया पसल खोल्ने कुुरो सुुटुुक्क मेरो कानमा फुुसफुुसाइन् । अनि, त्यही तरिका मैले माक्स उतारेको एकप्रति फोटो माग गरेँ । आलटाल नगरी त्यो दिइन् ।
उनको परिवारको आर्थिक अवस्था गाउँमा घर, खेतीपाती छ । बुुवा मुुर्ति बनाउने काम गर्नुुहुुन्छ । आमाको परिपाठमा घर व्यवहार सञ्चालन भएको छ । चिया पिउने बहाना प्रेम प्रस्ताव पनि त आउदा हुुन् नि ? भन्ने मेरो जिज्ञासामा “छैन, मात्र चिया खान्छन्, जान्छन्” लजावती पारा सम्झनाले कुुरो सकिन् ।
चिया व्यापार झट्ट हेर्दा र सुुन्दा सामान्य र नगन्य पेसा हो तर त्यहीभित्र पैसा/ऐसा अर्थात् धनको बिटा छ । मानिसले चिया व्यापार गरेर शहरमा घर घडेरी जोडेका छन् । राम्रो र गुणस्तरीय स्कुुलमा आफ्ना बच्चाबच्ची पढाएका छन् । सामान्य कर्म असामान्य उपलब्धी चियाको विश्व–परिक्रमाले सम्भव भएको हो । लाभ अर्थात् प्रतिफलकी प्रतिनिधि पात्र हुुन्, पाटन कृष्ण मन्दिर परिसरकी जुुझारु युुवती सम्झना । बिना हिचकिच सशुुल्क आफ्नो कर्म गरेकी छन् र कर्मबाट नै धर्म पनि मिल्छ भन्ने कुुरामा उनको विश्वास अडिएको छ । उनले चाहेको जस्तो धारण गर्ने शक्ति मिलोस् !














