घर, काम र सपना सँगै बोकेर अघि बढ्दा जीवनले नयाँ अर्थ पायो : द्रौपदी ठाकुर
- बिन्दु अधिकारी ढकाल
- माघ १०, २०८२
- 0
मेरो केही दिनको तलासीपछि मात्र उनीसँग भेटवार्ता जुु¥यो । अर्थ र रोजगार मासिक अङ्कमा मधेस अर्थात् तराई आइनपुुगेको लामो समय भएको म स्वयंलाई अवगत थियो । भुुइँ मानिसको जनजीवन खोतल्ने क्रममा मेरो कलमको सुुरुवात विन्दुुमा मिथुुन समेटिएका थिए । आफ्नो कर्ममा रमाएर भाग्यको उदय गराउने महिला पात्र खोज्न मैले लामो समय गुुर्जानुु प¥यो । हुुन त तराई, पहाड न हिमाल वास्तवमा कसैको पनि भाग्य आफैँ चम्किदैन । कडा मिहिनेत र अथक प्रयासपछि मात्र मानिसको भाग्यको उदय हुुन्छ ।
यो देशमा केही छैन र हुुँदैन भनेर परदेश ताक्ने युुवा ताँतीलाई यहीँ सम्भावना छ, गर्दा हुुन्छ भन्ने ठुुलो उदाहरण यस पटकको लोकसेवा आयोगले आफ्नो नतिजा प्रकाशितमा प्रमाणीत गरिदियो । ‘परिवारका तीन जना एकै पटक शाखा अधिकृत’ पत्रपत्रिका र अनलाइनमा फोटोसहित खबर छायो ।
उसो त यो स्तम्भकारको छोरो विप्लव ढकाल पनि नेपाल परराष्ट्र सेवाको रा.प. तृतीय श्रेणी शाखा अधिकृत पदमा दुुई नम्बरमा सिफारिस हुुन सफल भएकोमा हाम्रो घरमा ठुुलो खुुसीयाली भित्रियो । यस कारण खुुसीको माध्यम अरु होइन, स्वयम्को कर्म र जागरले जीवनमा सुुगन्धमय खुुसी छाउने हो । अनि, त्यही खुुसी नै भाग्य, सौभाग्य हो !
प्रत्येक दिन द्रौपदी ठाकुरलाई काममा जान हतार हुुन्छ । उनी सधैँ बिहान पाँच बजे ओछ्यानबाट उठिसकेकी हुुन्छिन् । अँध्यारैमा आफ्नो नित्य कर्म नुुहाइधुुवाइ सक्छिन् । चोखो कपडा लगाएर पितृदेव र सूूर्यनारायणलाई जल अपर्ण साथै भगवान्को नाम पूूजा अर्चना गर्छिन् ।
त्यसो त अबेला नगरी खाना पकाउँछिन् । सात कक्षा पढ्ने कान्छी छोरीको कपाल कोरीबाटीपछि छोराछोरीलाई समयमा खाना खाएर स्कुुल/कलेज जान अह्राएर उनी बाटो लाग्छिन् । उनका श्रीमान् राम ठाकुुरले उनलाई काम सघाउन पछि सर्दैनन् । दुुई जना मिलेर आ–आफ्नो कर्ममा जागर चलाउँदा जीवन सहज किसिमबाट अघि बढेको निष्कर्ष छ, द्रौपदीको ।
बहिनीको माइती तराई कुुन जिल्लामा पर्छ ? रामसँग प्रेम विवाह हो ? मैले प्रश्न गरेँ । “सर्लाही जिल्ला मेरो माइत र कर्मघर पनि । नजिकनजिकै पर्छ तर हाम्रो प्रेम विवाह होइन । मागी बिहे हो । म नौ कक्षा पढ्दै बिहे भयो । हाम्रो परम्पराअनुुसार आमाबुुवाले ठह¥याएर सकेको खर्च गरी अन्माइ पठाउनुु भयो ।”
“याँ पढेका मानिसले गर्ने काम अलग छ । त्यो धारतिर नलागेर कम पढेका वा अक्षर नै नचिनेकाहरुको सूूचि झन् कत्रो होला ? मेरो मनमा सधैँ उब्जने प्रश्न । एक दिन एक जना साथीले मलाई सिलाइ सिक्ने हो ? भनेर सोध्नुु भो । मैले पहिल्यैदेखि आफूू बेरोजगार नबस्ने सोच पालेकी हुुनाले जागर खोलेर साथीको पछि लागेँ । ‘तँ चिता म पुु¥याउछुु’ भन्छन्, रे भगवान्ले । मैले बिना खर्च सिलाइ कटाइ सिकेँ ।”
श्रीमान्को घरमा कति जनाको परिवार थियो ? मेरो अर्को प्रश्नमा द्रौपदीले भनिन्– “दश जनाको परिवार हुुनुुुहुुुँदो रहेछ, मसहित एघार जना भयौँ । घरकी माइली बुुहारी म गाउँमा पूूरा दश वर्ष बसेँ । हाम्रो ठुुली छोरी सन्ध्या र छोरो आदित्य त्यही जन्मिएका हुुन् भने कान्छी छोरी खुुसी काठमाडौंमा । मेरो श्रीमान् छ महिनामा घर (सर्लाही) पुुग्नुु हुुन्थ्यो । केही दिन बसेर पुुनः काठमाडौं फर्कनुु हुुन्थ्यो । यहाँ ठुुलो दाजुुसँग सीप सिक्दै हुुनुुहुुन्थ्यो नि । जेठानी दिदी पनि यतै हुुनुुभएको कारण श्रीमान्ले छोरी सन्ध्यालाई सानैमा काठमाडौं ल्याएर स्कुुल भर्ना गरिदिनुु भयो ।”
त्यसको केही वर्षपछि छोरोलाई स्कुुल भर्ना गर्ने शिलशिलामा द्रौपदी काठमाडौं आइन् तर वर्षमा आधा जस्तो समय उतै (गाउँ) जानुुपथ्र्यो । २०७२ सालदेखि त्यो क्रम क्रमशः छोटियो । भनौँ, छट पर्व र जरुरी काम बाहेक राजधानीको बास भयो । यता, श्रीमान्को मात्र भरमा कसरी गुुजारा गर्नुु ? तीन जना बच्चाहरु छन्, तिनीहरुलाई पढाउन, कोठाभाडा तिर्न, कहिले बिरामी पर्लान्, औषधी उपचार गर्न जहाँ पनि पैसाको काम पर्छ । आफूू दिनभरि हात बाँधेर बस्नुु भन्दा कुुनै सीप सिक्न पाए त्यसले रोजगार दिन्थ्यो र दुुई चार पैसा खेलाउन सकस पर्ने थिएन । द्रौपदीको मनमा यस किसिमको हुुटहुुटी थियो ।
“याँ पढेका मानिसले गर्ने काम अलग छ । त्यो धारतिर नलागेर कम पढेका वा अक्षर नै नचिनेकाहरुको सूूचि झन् कत्रो होला ? मेरो मनमा सधैँ उब्जने प्रश्न । एक दिन एक जना साथीले मलाई सिलाइ सिक्ने हो ? भनेर सोध्नुु भो । मैले पहिल्यैदेखि आफूू बेरोजगार नबस्ने सोच पालेकी हुुनाले जागर खोलेर साथीको पछि लागेँ । ‘तँ चिता म पुु¥याउछुु’ भन्छन्, रे भगवान्ले । मैले बिना खर्च सिलाइ कटाइ सिकेँ ।” द्रौपदीले हिम्मतिलो बात गरिन् । वास्तवमा मनमा अठोट भएरै उनी लगातार काममा खट्न थालिन् ।
मेरो श्रीमानको ‘राम हेयर शैलुुङ’ छ, उहाँ त्यतै व्यस्त हुुनुुहुुन्छ । अर्को लामो समयदेखि महानायक राजेश हमालको हेयर डिजाइनरको रुपमा पनि उहाँले काम गर्दै आउनुुभएको छ । यसो हुुँदा राजेश दाजुु सँगसँगै सुुटिङमा पनि जानुुपर्छ ।
उनले सिलाइ सिकेर कुुर्था सुुरुवाल, ब्लाउज र पेटीकोट सिलाउँदा त्यति पोसाएन भनेर गार्मेन्टतिर फड्को मारिन् । आफ्नो घरव्यवहार भ्याएर छोराछोरीको रेखदेख गर्दै काममा खट्दा महिनाको १२ देखि १५ हजारसम्म कमाउँछिन् । उनलाई छुुट्टी बस्न मन लाग्दैन । हप्ताको एक दिन पाइने बिदामा पनि ‘काम नै प्यारो’ भनेर बाटो लाग्छिन् । आफ्नो कामको आधारमा पारिश्रमिक हात पर्ने हुुनाले र बासस्थानबाट टाढा नहुुनाले तनमन सधैँ लयमै जाग्छिन् । श्रीमान् के काम गर्नुुहुुन्छ नि ? आम पाठकको जिज्ञासा मेटाइदिन मैले सोधेँ ।
“मेरो श्रीमान्को ‘राम हेयर शैलुुङ’ छ, उहाँ त्यतै व्यस्त हुुनुुहुुन्छ । अर्को लामो समयदेखि महानायक राजेश हमालको हेयर डिजाइनरको रुपमा पनि उहाँले काम गर्दै आउनुुभएको छ । यसो हुुँदा राजेश दाजुु सँगसँगै सुुटिङमा पनि जानुुपर्छ । नेपाल अधिराज्यभरि कहिले कुुन जिल्ला कहिले कुुन प्रदेश पूूर्व–पश्चिम एक पल्ट हिँडेपछि थोरै भनेको सात दिन । कहिलेकाहीँ त महिना दिनमा मात्र घर आउनुु हुुन्छ ।”

राम द्रौपदीकी ठुुली छोरी फामेर्सी पढ्दै छिन् । उनको साढे तीन वर्षको पढाइ चलिरहेको छ । छोरो ट्रिटन कलेजमा कक्षा ११ मा पढ्दै छन् । छोरोको पढाइमा छुुट भए पनि फामेर्सी पढाइमा भने फी छुुट छैन । नेपालमा स्वास्थ्य र शिक्षा महँगो छ, जुुन विदेशमा निःशुुल्क हुुन्छ ।
आखिर ‘राम हेयर शैलुुङ’ दर्ता गरेर खोलेका हुुन्, द्रौपदीका श्रीमान्ले । त्यस बापत राज्यलाई कर तिरेका छन् । समय–समयमा ‘रिन्यूू’ पनि गर्नुुपर्छ, नगद कै काम पर्छ । श्रमशील नागरिकले करबापत तिरेको नगद राज्यकोषमा जम्मा हुुन्छ । त्यो रकमको सदुुपयोग जनताकै हितमा लगानी हुुनुुपर्ने हो तर कहाँ र कसरी खर्च हुुन्छ ? राज्यसँग हिसाब छ, छैन ? यहाँ नागरिकका लागि भलो सोच्न फुुर्सद नै कहाँ होला र ? यसै त हाम्रो अस्थिर सरकार त्यसमाथि भाद्र २३/२४ गते पछिको समय झन् कति तरल भएको छ ।
ऋण छ, हेयर शैलुुङको नामबाट सापट काढेका छौँ । हामी सधैँ बैंकमार्फत कारोबार गछौँ । उपलब्धिमूूलक काम गर्न थप पैसा चाहिन्छ । हामीले सर्लाहीमा केही धुुर घडेरी किनेका छौँ । त्यही घडेरी धितो राखेर व्यवहार चलाउन सहज भएको छ । याँ बिना लोन केही गर्न सकिँदैन ।
श्रीमान्को पढाइ लेखाइबारे के कति थाहा छ, यहाँ बताउन मिल्छ ? “किन नहुुनुु था’ छ र बताउन नि मिल्छ । उहाँले आठ कक्षा पढ्नुु भएको । औपचारिक शिक्षा हाम्रो उस्तै–उस्तै हो । याँ मान्छेहरु भन्छन्, आवश्यकतायुुक्त परिस्थितिले मानिसले आफ्नो गन्तव्य तयार गर्छ । त्यस्तै, हामीले पनि गन्तव्यलाई पछ्याउन थाल्यौँ । आजभोलि नै पुुगिने छैन, त्यो गन्तव्यमा । जहाँ छोराछोरीको भविष्य पनि उनीएको छ । हामीले आफ्नो इमानलाई सही प्रयोग गरेको खण्डमा उनीहरु त्यही बाटोमा हिँड्छन् । कथन हामीले बाटो फरक पा¥यौँ÷ग¥यौँ कि उनीहरुको अत्तोपत्तो हुुँदैन ।”
ऋण नहुुने मानिस संसारमा सायदै होलान् । द्रौपदीको भनाइ अनुुसार “ऋण छ, हेयर शैलुुङको नामबाट सापट काढेका छौँ । हामी सधैँ बैंकमार्फत कारोबार गछौँ । उपलब्धिमूूलक काम गर्न थप पैसा चाहिन्छ । हामीले सर्लाहीमा केही धुुर घडेरी किनेका छौँ । त्यही घडेरी धितो राखेर व्यवहार चलाउन सहज भएको छ । याँ बिना लोन केही गर्न सकिँदैन । फेरि, लोन लिने भनेर जति पनि आँट्ने हैन तर आफ्नो घाँटीको साइजअनुुसार काम ग¥यो भने जीवनका अप्ठ्यारा गाँठा खुुल्दै र फुुक्दै जान्छन् ।”
गार्मेन्टमा गएर बच्चाको दौरा, सुुरुवाल, भोटो, टोपीलगायत सिलाउने क्षमता द्रौपदीमा विकास भइसकेको छ । यही क्षमताको कारण उनी आर्थिक रुपमा सक्षम छिन् । महिनावारी जुुन आर्जन गर्छिन्, काममा खटेर कमाएको रकम त्यो उनको श्रम हो । यहाँ कति दिदीबहिनीको सोच महिला भएर बाहिरफेर काम गर्न असहज हुुन्छ, कहाँ जानुु ? के गर्नुु ? भनेर उल्टै तर्क गरेर मनमा भ्रम पाल्दै बसेका छन् । अनि, उनीहरु नै महिला अधिकारका कुुरा गर्छन् । अधिकार आफैँ आउँदैन– अड्चन पन्छाएर स्वयम्ले छोप्नुु पर्छ !
यहाँ सानो आम्दानीले बाँच्न निकै सकस छ । महिनाभरिको खर्चलाई थाती राखेर दैनिक आवश्यकतातिर फर्कनुु हो भने एक छाक वा एक दिन गुुजारा नै निकै महँगो छ । फलफुुल र तरकारीको दामले आकाश छुुन खोज्छ अनि चामल, दाल, तेल र माछामासुुलगायत केही सस्तो छैन ।
गार्मेन्ट भनेको अर्काको अरनखटनमा चल्नुु हो । त्यता नधाउन आफैँले सिलाइ मेशीन किनेर सटर भाडामा लिएर काम सुुरु गर्ने योजना कहिले बन्छ ? कौतुुहलपूूर्ण मेरो जिज्ञासामा द्रौपदी भन्छिन्– “मैले अहिले नै त्यो सोच बनाएकी छैन तर भविष्यमा के हुुन्छ, आउने समयले बताउला । म सीपमा बाँच्न सक्षम हुुनुु मेरो घर र माइती दुुवैतिरको माया पाएकी छुु । बुुवा किशोरी ठाकुुर, आमा र सासुुआमाको सेम नाम सुुशीलादेवी र ससुुराबुुवाको नाम रामविलास ठाकुुर हो । नरेश र रिङ्कुु मेरा दाजुु भाउजू गाउँमा खेती किसानका साथै दाजुुले रोड विकास (ठेकेदार)को काम पनि गर्नुुहुुन्छ । दुुई भदाहरु स्मीत र अंकित यतै स्कुुल पढ्छन् । उनीहरुको हेरविचार गर्ने जिम्मा मेरै काँधमा छ ।”
द्रौपदीको भनाइअनुुसार महिनाको पन्ध्र हजार कोठा भाडा तिर्नुुपर्छ र शैलुुङको दश हजार । यहाँ सानो आम्दानीले बाँच्न निकै सकस छ । महिनाभरिको खर्चलाई थाती राखेर दैनिक आवश्यकतातिर फर्कनुु हो भने एक छाक वा एक दिन गुुजारा नै निकै महँगो छ । फलफुुल र तरकारीको दामले आकाश छुुन खोज्छ अनि चामल, दाल, तेल र माछामासुुलगायत केही सस्तो छैन । उसो त जाडोमा न्यानो र गर्मीमा शीतल नभइ हुुँदैन । यसमा पनि पैसा कै कुुरो आउछ ।
आफ्नो लागि खुुसी पस्किने दोस्रोले होइन । तेस्रो न चौथो कसैले पनि होइन बरु मौका परे उनीहरुको काम कर्मठ पात्रलाई उडाउनुु हो । जिस्क्याउनुु, जिज्याउनुु र त्रास फैलाउनुु । अर्को यथार्थ संसारमा कोही मानिस दूूधले नुुहाएका हुुँदैनन् तर कर्म भने गर्नै पर्छ । आ–आफ्नो भाग्यलाई स्वयंले संरक्षण गर्नुुपर्छ । जसरी द्रौपदीले अहोरात्र मिहिनेत गरेकी छन् ।
बिहान पाँचबजेदेखि खटेकी उनी दिउँसो ११ बजे खाना खान कोठामा आउछिन् । दश मिनेटमा गाँस टिपेर पुुनः काममा पुुग्छिन् र साँझ ७ बजेसम्म त्यहीँ (काम)मा हुुन्छिन् । कोठा फर्केर जुुठोभान्सा सफा गर्दै साँझको खाना पकाउँछिन् । लुुगाकपडा धुुन्छिन् र छोराछोरीले पढे, नपढेको हेर्छिन्, विचार गर्छिन् । मोबाइलको लतमा पर्ने हुुन् कि ? ठुुलो चिन्ता छ । कान्छी छोरीले गृहकार्य नसकुुन्जेल उनलाई पनि निन्द्रा लाग्दैन । राति साढे दश/एघार बजे ओछ्यानमा जान्छिन् । यही क्रम अर्को दिन अर्थात् भोलि सुुरु हुुन्छ ।
उनका श्रीमान् रामले आफ्नो कामसँगै श्रीमतीलाई सहयोग गर्छन् । श्रीमतीले पनि श्रीमानको कामलाई सधैँ कदर गरेकी छिन् । मुुखले गर्नुुपर्ने भए मुुखले हातले गर्नुुपर्ने भए हातले र व्यवहार देखाउनुु छ भने त्यही किसिमले । तरकारी र खाद्यय घरमा कुुन सामाग्री कति र कस्तो चाहिएको छ । अनि, श्रीमतीको व्यस्त जीवनलाई कुुन भावनाबाट कसरी हात र साथ दिनुुपर्दछ । यसतर्फ पनि राम चनाखो छन् । परेवा यी जोडीको समय यसरी नै अघि बढोस् । द्रौपदी र राम अनेकमा नमूूना जोडी हुुन् । हाम्रो तर्फबाट असिम शुुभकामना !














