‘नयाँ सरकारले महँगी नबढाओस्, हामीलाई विकास चाहिएको छ, त्यो होस्’ : राममाया श्रेष्ठ

news-details

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै २ तिहाई मतको नजिक पुुगेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये १५२ सिट र समानुुपातिकतर्फ कुुल खसेको १ करोड ८ लाख ३५ हजार २५ मतमध्ये ५१ लाख ८३ हजार ४९३ मत रास्वपाको पोल्टामा प¥यो । यसरी कुुल ११० समानुुपातिक सिटमध्ये ५७ सिट रास्वपाले हाँसिल गरेको छ । अतः प्रत्यक्ष र समानुुपातिक गरेर १८२ सिट ल्याएको रास्वपालाई दुुई तिहाइका लागि मात्र २ सिट कम भयो । भर्खरै राजनीतिमा ताते नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी यति विशाल जनमत प्राप्त ग¥यो ? अन्ततः भयो नै यस्तै !

देशमा अस्थिर सरकार, अस्थिर राजनीति प्रणाली, सरकारमा गठबन्धनको गाँठो, अरु त अरु चुुनावमा समेत गठबन्धनकै अंकगणित कति सहनुु ? पार्टीको विधि, सिद्धान्त र नैतिकता के हो ? बन्द सुुडकेशमा प्याक वस्त्रजस्तो ‘लिडर’ पाउनुु पार्टी कार्यकर्ता पनि आजित भए । नैतिक चरित्रको त्यो खडेरीले नै मन–मनमा निरासाको बादल मडारियो । आखिर, नागरिक तहबाटै पार्टी कार्यकर्ता बन्ने हुुन् । अर्थात्, पार्टी कार्यकर्ता नै नागरिक हुुन् । यसप्रकार भटाभट मत बद्लियो, कार्यकर्ता न आममतदाता । सबैको चाहना निर्वाचनमार्फत परिवर्तनको पक्षमा आफूूलाई उभ्याए ।

कति नागरिकले सामाजिक सञ्जालको माध्यमबाट पूूराना दल र तिनको कार्यशैलीलाई तिरस्कार गरे भने कति नागरिकले चाहिँ मौन बसेर मनको दान मतदानमा आफूूलाई दृढताका साथ अपिल गरे । चुुनाव भनेको चुुन्नुु । खेल मैदानमा उत्रिएर खेल खेल्नुु जित–हार हुुन्छ, पक्का हुुन्छ । खेलाडी बिचको प्रतिस्पर्धाले नै निर्णय विन्दुुमा पुु¥याउछ । हो, २१ फागुुन २०८२ यस्तो दिन रहेछ, तेब्बर चौबरको मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्, हारको लागि यो चानचुुने अन्तर पक्कै होइन ।

१३ चैत २०८२ का दिनमा बलियो जनादेश, वृहत जनअपेक्षा सहित बालेन्द्र शाह बालेनको नेतृत्वमा १४ जना मन्त्रीसहित नयाँ सरकार गठन भइसकेको छ । प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा शंखनाद र अष्टमंगलका कार्यले धर्मनिरपेक्ष संविधानमाथि केही जनले प्रश्न पनि नउठाएका होइनन्, उठाए । राजनीतिक परिवर्तनसँगै परिणाममूुखी शासनको अपेक्षा त छ नै, नयाँ सरकारले देशमा सुुशासन कायम गर्न सक्नुुपर्छ । भ्रष्टाचार नियन्त्रण र रोजगारी र्सिजनालाई प्राथमिकतामा राख्नुुपर्छ । आममतदाता मध्येकी राममाया श्रेष्ठको विचार पनि यही छ कि अबको सरकारले रोजगार दिन सकोस् । थप कुुरा यसरी सुुरु गर्नुुहुुन्छ ।

“म बिहान घरको काम सकेर हिँडेकी । हामी आफूूले जे गर्न सकिन्छ, समयमा सुुरु गरिहाल्नुु पर्छ । नसक्ने काममा मात्रै सरकार चाहिन्छ । घर र छोराछोरीको अभिभावक बाउआमाजस्तै सरकार भनेको देश र जनताको हुुनुुपर्छ । यहाँ काम सजिलो छैन तर सबै काम अप्ठ्यारो पनि हुुँदैन । पढेका मानिसले गर्ने काम र नपढेका मानिसले गर्ने काम फरक हुुन्छ, एकै हुुँदैनन् । तहतहको पढाइ तहतहकै गराइ । धेरै पढेकाहरुले ठुुलै बुुद्धि खियाउनुु पर्छ, नपढेकाहरुले लाएअह्राए भन्दा अरु भेउ पाउन्नन् ।”

“बाटेको बत्तीभित्र हाल्ने धुुलो किन्न असन जानुुपर्छ । उता टाढा भए ललितपुुर मंगलबजारमा पनि पाइन्छ । पेपर र धुुलो यो दुुवै सामान थरिथरि रेटका हुुन्छन् । सस्तो धुुलो खरिद गरे, बास्ना कम आउछ । हर्र बास्ना आउने किन्छुु भन्दा महँगो पर्छ । केजीको ५ सय घटीमा धुुलो पाइदैन । पेपरको मूल्य पनि १२/१३ सय पर्छ । लेख्ने नेपाली कागज अर्कै हुुन्छ । धुुप बाट्न भन्नुु पर्छ, दिन्छन् ।”

उमेरमा झन्डै छ दशक पार उहाँसँग मेरो अचानक भेट भयो, पहिलो भेट । हुुन त हाम्रो यो मिलनको लागि समय पहिल्यै तय भइसकेको थियो, यसकारण भेट भयौँ । म क्रेता अनि उहाँ बिक्रेता । उहाँको सीप बाटेको धुुप बनाउने भएको थाहा पाएर मैले नै कुुराको सुुरुवात गरेँ । कहिलेदेखि र कसको प्रेरणाले यो काम गर्नुु भयो ? यो माललाई कहाँ–कहाँ बिक्री गर्नुु हुुन्छ ? होलसेल खुुद्रा कसरी बेच्नुु हुुन्छ ? केही प्रश्न ठेलेँ । मलाई सुुनेर एकदमै खुुसी र प्रफुुल्ल हाँसो साथ उहाँ बोल्न थाल्नुु भयो ।

“अरुहरु दिदीबैनिले यो बाटेको धुुप बनाएको देखेर मैले पनि सुुरु गरेकी हुुँ । पहिला पराल बटारेँ । सजिलै हुुँदो रहेछ । खट्नसके मज्जाले फाइदा पनि । केही समय भयो, धुुप बनाउने कार्य सुुरु गरेकी । मैले धुुप बिक्री गर्ने यहीँ ठाउँ त्यही पसल भन्ने छैन । म कोटेश्वरदेखि चावेल बौद्ध सबैतिर जान्छुु । मेरा ग्राहक सजिला हुुनुुहुुन्छ । धुुप आफूूसँग छैन भने ल्याउनुु राखौँ भन्नु हुुन्छ । यदि पसलमा छँदैछ भने अहिले पर्दैन भन्नुु हुुन्छ । मैले बिक्री गर्ने दाम भनेको तपाई र पसल उही हो, ७० रुपैयाँ प्याकेट । यही धुुपलाई पसलमा किन्नुु भयो भने भित्री मुुठाकै दश पर्छ, प्याकेटको १ सय लिन्छन् ।”

सीपले रोजगार र्सिजना गर्छ । अनि, त्यही रोजगारले भोकमारी टार्छ । अर्थात्, भोकको मूूल ओखती रोजगार हो । उहाँसँग मैले बात मात्रै मारिनँ, केही प्याकेट धुुप पनि किनेँ । आफ्नो कर्म (व्यापार) लिएर हिँड्नुु भिड्नुु भएकी मान्छेलाई धेरै अल्मल्याउन मन थिएन तर बुुझ्नुु पर्ने कुुरो बाँकी थियो । यसकारण अर्को झमट प्रश्नतिर लागेँ । यो धुुपभित्र हाल्ने धुुलो खरिद्न कहाँ पाइन्छ ? जोखेर पाइन्छ कि ? अनि, तपाईले त्यो पराल जसरी बटार्नुु भएको यो नेपाली कागज होइन ?

“बाटेको बत्तीभित्र हाल्ने धुुलो किन्न असन जानुुपर्छ । उता टाढा भए ललितपुुर मंगलबजारमा पनि पाइन्छ । पेपर र धुुलो यो दुुवै सामान थरिथरि रेटका हुुन्छन् । सस्तो धुुलो खरिद गरे, बास्ना कम आउछ । हर्र बास्ना आउने किन्छुु भन्दा महँगो पर्छ । केजीको ५ सय घटीमा धुुलो पाइदैन । पेपरको मूल्य पनि १२/१३ सय पर्छ । लेख्ने नेपाली कागज अर्कै हुुन्छ । धुुप बाट्न भन्नुु पर्छ, दिन्छन् ।”

उहाँलाई नियाल्दै सोधेँ, यो व्यापारबाट दैनिक कति कमाइ हुुन्छ ? कुुन समयमा बत्ती बाट्नुु हुुन्छ ? कसैले सघाउनुु पनि हुुन्छ कि ? तपाईको नाम के हो ? घरथर परिवारमा कति जना हुुनुुहुुन्छ ? पढ्नुु भएको छ कि छैन ? मैले आफ्नो खुुल्दुुली पस्किएँ ।

“मेरो नाम राममाया श्रेष्ठ हो । हाम्रो घर चै ललितपुुर लुुबुु । माइत पनि त्यहीँ फरक वार्डमा पर्छ । यो काम गर्ने आँट मेरो हो । म जति सक्छुु, मैले मात्र हो गर्ने, गर्छुु । खट्न सके दिनको १२/१३ सय कमाइ हुुन्छ । म सधैँ हिँड्न भ्याउँदैन । घरको अरु पनि काम गर्नुुपर्छ । सबै जोड्दा महिनामा त्यस्तै २÷३ पटक हिँड्छुु कि ? बत्ती बाट्ने समय यही भन्ने छैन, फुुर्सद भएको बेला गर्छुु । परिवारमा बुुढा हुुनुुहुुन्छ । छोराबुुहारी छोरी नातिनातिना सबै जना छन् । हाम्रो पालामा छोरी मान्छेलाई पढाउने चलन थिएन । मेरो दाजुुले पढ्नुु भएको छैन । भाइले पढ्यो । म मात्र हैन, हामी तीन जना दिदीबहिनी कसैले पढेको छैन । यस्तै श्रम गरेर हामीले हाम्रा छोराछोरीलाई बिनाभेदभाव पढायौँ, पक्षपात नगरी लेखायौँ । यसमा ढुुक्क लाग्छ ।”

लुुबुुका पूरानोबासी उहाँहरुको आफ्नै जग्गा जमिन छ । त्यहाँ तरकारी उत्पादन गर्नुुहुुन्छ । गहुुँ जौ फलाउनुु हुुन्छ । त्यसो त वर्षदिनसम्म आफूूलाई खान पुुग्ने धान फलाउनुु हुुन्छ । यसो हुुँदा बजार गएर चामल किन्नुु पर्दैन ।

राममायाले बताउनुु भएअनुुसार उहाँका श्रीमान्ले खानेपानी अफिसमा पानी खोल्ने काम गर्नुुहुुन्थ्यो तर अहिले अवकास भएर उहाँ घरैमा हुुनुुहुुन्छ । लुुबुुका पूरानोबासी उहाँहरुको आफ्नै जग्गा जमिन छ । त्यहाँ तरकारी उत्पादन गर्नुुहुुन्छ । गहुुँ जौ फलाउनुु हुुन्छ । त्यसो त वर्षदिनसम्म आफूूलाई खान पुुग्ने धान फलाउनुु हुुन्छ । यसो हुुँदा बजार गएर चामल किन्नुु पर्दैन । यति जागर भइसकेपछि पक्का कुुखुुरा होलान्, मासुुको जोहो भइहाल्यो ।

उपत्यकाबासी राममाया बाहिर जिल्लातिर पनि पुुग्नुु भएको रहेछ । प्यूुठानको स्वर्गद्वारी, दोलखाको कालिन्चोक, हिमालपारीको जिल्ला मुस्ताङलगायत धेरैतिर गइएको तर हतारमा सबै ठाउँको नाम भन्न अलमल भयो । राममायालाई सुुन्दा आममहिलाभन्दा केही न केही फरक स्वभाव लाग्यो । उहाँको बोली वचन र कामप्रति लगनशीलताको प्रतिफल परिवार राम्रोसँगले अघि बढेको छ । जेठी बुुहारी सरकारी जागिरमा छन् भने कान्छीको ब्यूटी पार्लर छ । त्यसो त बसेर बोसो लाग्दैन । यदि लाग्यो भने त्यसले शरीरलाई फाइदा गर्नुुको साटो उल्टो हानी गर्छ । केही वर्ष अघि उहाँमा सुुगर देखा प¥यो । त्यस बाहेक समस्या नभएको बताउनुु भयो ।

आफूूले दुुःख गरे आफैँलाई अतिरिक्त आम्दानी हुुन्छ भनेर राममायाले धुप बाट्न थाल्नुुभएको कुुरो घाम झैँ छर्लङ्ग भयो । हो, कोही पनि व्यक्ति यत्तिकै बस्नु हुुँदैन । सकेको केही न केही गर्नुुपर्छ । यो भनाइ कति जेष्ठ नागरिकहरुको लागि असह्य वचनजस्तो हुुन्छ तर कतिले सकारात्मक हिसाबबाट लिएर मान्नुु हुुन्छ । उहाँलाई सोध्न बाँकी कति वर्षको उमेरमा बिहे गर्नुु भयो ? प्रेम विवाह हो कि मागी ? कुुरो सुुरु गर्नुु अघि राममाया हाँस्नु भयो । हेर्दा श्रेष्ठ जस्तो लागेन । मलाई सुुनेर झन् हाँस्नुु भयो । यसको मतलव हामी हाँस्यौँ । हामी दुुईसँगै अर्की ग्राहक पनि हाँसिन् ।

“बिहे गर्दा म १७ वर्षकी थिएँ । त्यो बेला प्रेम विवाहको चलन थिएन । प्रेम गरिन्थ्यो, कामधन्दासँग । प्रेम गरिन्थ्यो, वस्तुुभाउ अनि घाँस दाउराको भारीसँग । आफूूले पढेको छैन तर मुुखले सबै हिसाब आउछ । अरु त अरु नाम लेख्न जान्दिनँ । यो मोबाइल उठाउन आउछ तर कसैलाई फोन गर्नुुपरे कसरी नम्बर डायल गर्नुु ? बाचुुन्जेल पिरलो भयो ।”

“बिहे गर्दा म १७ वर्षकी थिएँ । त्यो बेला प्रेम विवाहको चलन थिएन । प्रेम गरिन्थ्यो, कामधन्दासँग । प्रेम गरिन्थ्यो, वस्तुुभाउ अनि घाँस दाउराको भारीसँग । आफूूले पढेको छैन तर मुुखले सबै हिसाब आउछ । अरु त अरु नाम लेख्न जान्दिनँ । यो मोबाइल उठाउन आउछ तर कसैलाई फोन गर्नुुपरे कसरी नम्बर डायल गर्नुु ? बाचुुन्जेल पिरलो भयो ।”

राममायाले गर्दिन र सक्तिन भनेको पढाइ लेखाइ मात्र हो । यतिबेर बात गर्दा लगभग उहाँको त्यो बाल्यकालदेखि यो जीवनसम्मका विभिन्न मोडहरु अवगत भयो । अब हुुन बाँकी उहाँमा राजनीति चेतना कति छ ? यो चुुनावमा भोट कुुन पार्टीलाई दिनुु भयो ? घरपरिवारभित्र राजनीति गर्ने कोही छन् कि छैनन् ? चिया पसलतिरका चर्चापरिचर्चा मनको अधिकार मताधिकार कसलाई र किन चुुन्ने निधो गर्नुुभयो ?

“मलाई राजनीति गर्न आउँदैन । पढेको लेखेको भए पो राजनीति गर्नुु । हाम्रो परिवारभित्र नेता पनि कोही छैनन् । यी यो धुुपको झोला दुुईपट्टि बोकेर हिँडेको बेला मान्छेहरुका कुुरा सुुन्छुु । सबैले ‘बालेन बालेन’ भनेको हुुनाले यसपालीको भोट त्यतै गयो । बालेन प्रधानमन्त्री हुुन्छ, भनेर चिया पसलतिर र अरुतिर पनि बाक्लै चर्चा सुुनेँ । यतिखेर ग्यास पाएको छैन । डिजेल–पेट्रोलको दाम बढ्यो भन्छन् । घण्टीमा भोट हालेको हो । यस कारण नयाँ सरकारले महँगी नबढाओस्, हामीलाई विकास चाहिएको छ, त्यो होस् ।”

राममायालाई सुुन्दा लाग्यो, उहाँको निर्वाचन क्षेत्रमा उठेका उम्मेदवार को हुुन् ? नाम थर र ठेगाना थाहा छैन । उहाँलाई यति थाहा छ, बालेन देशको प्रधानमन्त्री हुुन्छन् । यही अपेक्षा घण्टी चिन्हमा भोट खसाल्नुु भयो । चोक–चोक र गल्ली–गल्लीका कुुरा बालेनको नेतृत्वमा सरकार बन्नुुपर्छ भन्ने मागमा उहाँ र परिवार सहमत हुुनुुभयो । यसरी नै अरुहरु पनि सहमत भए र मतदान गरे ।

उहाँमार्फत म यो निवेदन गर्दछु कि ग्यासको हाहाकार हुुनुु र पेट्रोलियम पदार्थको हालको मूुल्यवृद्धि स्वदेशी समस्या नभएर यो अन्तर्राष्ट्रिय समस्या हो । जहाँसम्म बालेनको चर्चा छ, उहाँ झापा ५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् । यो देशमा बालेनजस्ता धेरै बालेनहरुको खाँचो छ, जसले देशबाट लिने भन्दा पनि देशलाई दिन सकुुन् । सर्वसाधारण नागरिकलाई सास फेर्न सहज वातावरण बनोस् । अनि, राममाया दिदीको विजनेस व्यापार सँगसँगै घरपरिवारमा सदैव हरियाली वातावरण आवोस् । श्रमकी शिखर राममायालाई हाम्रो सलाम !

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया