‘ऋण खोजेरै काम सुुरु गरेका थियौ, अघि बढेपछि आँट पनि पलायो’
- बिन्दु अधिकारी ढकाल
- बैशाख २६, २०८३
- 0
एक सास मलाई
बाँच्न देऊ भगवान्
छमछम नाच्न देउ
छैन अरु चाहना
मन्द मुुस्कान हाँस्न देऊ…!
मेरो रचना कविताका यी लाइनबाट कुुराकानी सुुरु गर्ने जमर्को गरेँ । ज्ञानुु बहिनी, काठमाडौं बसेको कति वर्ष भयो ? मेरो यस प्रश्नमा उनले भनिन्, “दिदी, २०५८ सालमा मैले छोरो पाएँ । ऊ जन्मिदा गाउँ छोडेको चार वर्ष पूूरा भइसकेको थियो । हिसाब सजिलो छ । तीन दशक हुुन लागेछ ।”
उनलाई मेरो अर्को प्रश्न थियो । भाइ बहिनीको भागी बिहे हो कि ? “हाम्रो परम्परामा भागी बिहे चल्छ तर मलाई मागेरै बिहे गरेको हो । मेरो माइत र घर काभ्रेपलाञ्चोक जिल्लामा पर्छ ।”
यहाँ आफ्नो काममा लगाव गर्ने मानिस कति छन्, होलान् ? संघर्षको मैदानमा उत्रिनुु भनेको एकपछि अर्को फड्को क्रमशः चुुनौती पार गर्नुु हो । जीवनमा यो क्रम कसले गरेको हुुँदैन, हामी सबैले गरेका छौँ ।
यद्यपि ज्ञानुु तामाङ त्यो हिम्मत हुुन्, उनको श्रम शैली र सीपबारे कुुरो सुुन्दा अलौकिक लाग्छ । जीवन सफल हुुन कुुन सुूूत्र लागूू गरिन्, उनी कसरी अघि बढिन् ? पढाइ लेखाइको कुुरो गर्नुु हो भने उनको लागि विद्यालयको ढोका खुुलेन । तथापि हिसाबमा पढेकाहरुले भेट्दैनन् । माइतमा पाँच जना छोरी र एउटा छोरो हुुर्काउन उनकी आमालाई हम्मे थियो । बुुवाको दैनिकी रक्सी खाने ।
ज्ञानुुका श्रीमान् कान्छामान तामाङ उर्फ कृष्ण सानैमा टुुहुुरा भए । डेढ वर्षको बच्चालाई थाहा छैन, आमाको माया के हो र कस्तो हुुन्छ । सायद, त्यही एक्लोपन उनी अडिएनन्, घरमा । गाउँबाट भागेर काठमाडौं आइपुुगे । मावली न आफन्त यत्रो शहरमा आखिर कसले संरक्षण दियो ?
श्रीमान्को बिगत खोतल्न ज्ञानुु अघि सरिन् । भन्छिन्, “दश वर्षको त थियो अरे । त्यतिबेला बुुढोले गार्मेन्ट फ्क्ट्रीमा गलैँचा बुुन्नुुभयो रे । उहाँले स्कुुलको मैदान नटेक्नुु भएको हैन, टेक्नुु भयो तर आमा बिनाको घर पकाइ तुुल्याइ समयमा खाना खाजा कसले दिने ? यसो हुुँदा खालीगोडा भोकोपेट जेनतेन पाँच कक्षा पढेछन् ।”
अहिले काठमाडौंमा आफ्नै मिहिनेत र पसिनाबाट उभ्याएको उनीहरुको घर छ । त्यो घरले बासमात्रै होइन, आम्दानी पनि दिएको छ । त्यसो त भक्तपुुर र बनेपामा घडेरीका टुुक्रा छन् । उपत्यकाभित्र घरघडेरी जोड्न चानचुुने मिहिनेतले भ्याउँदैन ।
जीवनको सुुरुवातबारे ज्ञानुु भन्छिन्– “दिदी, बिहे गरेर हामी गाउँ बसेनौँ, यतै आयौँ तर यहाँ कोठा पाइएन । जसरी पनि रात त बिताउनुु प¥यो । हामी एक महिनासम्म लजमा बस्यौँ । पछि, कोठा भेटियो, खाट थिएन । न थियो, ओड्ने ओछ्याउने कपडा नै । आँपका खाली बाक्सा जोडेर सुुतेको इतिहास छ । त्यो बेला बुुढो मसला मिलमा काम गर्नुुहुुन्थ्यो । बिहान ९ बजे मिल खोल्न पुुग्नुु पथ्र्यो । महिनाको १५ सय तलब थियो ।
तलब पाएको साँझ दुुईटा प्लेट, दुुईटा बटुुका, दुुईटा चम्चा, दुुईटा गिलास किन्नुु भएछ । यी सामान सँगै केही खाने कुुरो पनि लिँदै बुुढो कोठा आउनुु भयो । यो विरानो शहरमा चिनेजानेको कोही थिएन । मिलमा छुुट्टी भइसकेपछि उहाँ (तपाईको भाइ)को दोस्रो काम सुुरु हुुन्थ्यो । त्यहीँ मिलबाट मसला किन्ने र असन गल्लीमा घुुमीघुुमी बेच्ने । राति दश बजेसम्म खट्नुु हुुन्थ्यो । त्यो व्यापार गर्न १५ सयमा साइकल किन्नुुभयो । म वीर हस्पिटल अगाडि कागती बेच्थेँ । पछि, जमलमा मोजा बेच्न थालेँ तर त्यता नगरपालिकाले खेदेकोखेद्यै व्यापार घाटा भयो ।”

मलाई आश्चर्य लाग्यो, त्यतिखेर पनि नगरपालिकाले भूुइँमान्छेलाई हटाउने गरेको रहेछ । मैले पुुनः ज्ञानुुकै कुुरातिर मन फर्काएँ– “एक लाख ३० हजारमा बुुढोले तरकारी बोक्ने टेम्पो किन्नुु भयो र मसला मिलमा काम छोडेर टेम्पो चलाउन थाल्नुु भो । एक दिन मान्छे हान्नुु भएछ । भगवान्को कृपा मान्छेलाई केही भएन तर मेरो बुुढो चै बिरामी पर्नुुभयो । डाक्टरकोमा जचाउँदा रोग थिएन । धामीको विश्वास मानेर निको हुुन उहाँ गाउँ जानुु भयो ।”
त्यसपछि के भयो ? मनको डरलाई फुुकफाकले निको पा¥यो ? “धामीले भाले चाहिन्छ भनेछन् । यही कुुरो घरमा भाउजूूलाई सुुनाउँदा ‘यहाँ कसको भाले हुुनुु ?’ रुखो त्यो जवाफपछि बुुढो ससुुराली जानुु भएछ । मेरी आमाले भाले व्यवस्था गरिदिनुुभएछ र धामीले भने अनुुसार पूूजा गरेर उहाँ काठमाडौं फर्कनुु भयो । हामी बुुढाबुुढी आआफ्नो मिहिनेतमा रमायौँ । कहिले उसले बढी कमायो, कहिले मैले । यो मेरो अनि यो चै तेरोको भावना होइन कि जे छ, सबै हाम्रो !”
यति प्रेरणादायि श्रीमान् श्रीमती विरलै होलान् । कोटेश्वर बसाइ सुुरु गर्दाको क्षणलाई ज्ञानुुले यसरी सम्झना गरिन्– “मदन भण्डारी पार्क नजिकै हाम्रो कोठा थियो । घरबाला दिदी साह्रै मजाकी हुुनुुहुुन्थ्यो । ‘भाइ बहिनी, तिमीहरु पनि जग्गा किन है सस्तो छ’ तर तत्कालै त्यो काम गर्नै आएन । खाली चौर थियो, कोटेश्वर । घरपरिवार आफन्त हामीलाई कसले व्यवहार सिकाउने ? कोही थिएन । दोस्रो टेम्पो किन्यौँ, चालकले चलाउथ्यो । उसलाई तलब दिनुु पथ्र्यो । छोरी पाउने बेला मसँग पैसा थियो । भक्तपुुर गएर एक लाख २५ हजारमा साढे दुुई आना जग्गा किन्यौँ । हाम्रो नाम जपेर बस्दै गरेको त्यो जमिन पछाडिपट्टि परेछ । मलाई मन परेन र बेच्ने योजना भयो । उर्लेको खहरे झैँ जग्गाको दाम बढेको समय १४ लाख आनाले बिको । पहिला जसको जमिन थियो, उनैले किनिन् ।”
ज्ञानुुलाई सुुन्दा मलाई लाग्यो, यो पनि एक प्रकारको चिट्ठा हो । उनले छोरी पाएपछि (चलिरहेका दुुईटा टेम्पो बेचेर) कृष्ण साउदी गए । यताभन्दा बढी पैसा कमाउन । त्यता साढे दुुई वर्षको कमाइ मात्र दुुई लाख बच्यो । बिदामा नेपाल आएका कृष्णलाई साहुुले निकै ढिँपी गरेर बोलायो तर उनले पुुनः देश छोड्ने निर्णय बदले, गएनन् ।
चिनेको मामा मार्फत प्रति महिना ३ हजारका दरले ब्याज तिर्ने सर्त १ लाख रुपैयाँ सापटी खोजेर ल्याएँ । सटर खाली थियो, क्रमशः सामान भरियो । बुुढोले बिहान कालिमाटी गएर तरकारी ल्याइदिनुु हुुन्थ्यो । खाद्य र सागसब्जी मैले दिनको एक बोरा त आलुु मात्रै बेच्थेँ । त्यो बेला राम्रो व्यापार थियो । त्यो तीन हजार ब्याज एकदमै महँगो हो तर दुुई जनाले कमाउदा ऋण तिर्न सजिलो भयो । अब भने हामीलाई व्यवहारले नै व्यवहार सिकाएको अनुुभूूति हुुन थालिसकेको थियो ।”
थप कुुरो ज्ञानुु बाटै– “मेरो बुुढोको इमान्दारिता देखेर हो कि ? नेपाल आउने बेलामा साहुुले ८ सय रियाद हातमा दिएछ र सपिङ पनि गरिदिएको रहेछ । बिदा नसकिदैदेखि तारन्तार खबर पठायो ‘कृष्ण तिमी आऊ, जसरी पनि आऊ । काम सुुरु गरेपछि तलब पनि बढाउछुु’ आफ्नो निर्णय बदल्नुु भएन बरु आफूूले चिनेजानेकाहरुलाई कम्पनीसँग जोड्ने काम गर्नुुभयो । त्यसबापत साहुुले यताको चार लाख पैसा पठाइ दियो, एक वर्षमा ।”
यहीँ खट्न हजार बाटा छन्, मात्र लगाव हुुनुु प¥यो । साथै, लक्ष्य र धैर्यता पनि चाहियो । काम गर्ने मानिस कोही सानो हुुँदैन बरु खारिदै जान्छ । उताको त्यो भिसा छोडेर घरदेशमा भाइको दिनचर्या कहाँबाट र कसरी सुुरु भयो ? मैले ज्ञानुुलाई प्रश्न गरेँ ।
“त्यो आठ सय रियाद, विदेशमा कमाएको दुुई लाख र थप ५० हजार सापटी खोजेर सेतो भ्यान किन्यौँ । हाम्रा बच्चाहरु सानै थिए । दिउँसो उनीहरु स्कुुल गएपछि म के गर्नुु ? कोठामा यतिकै बसेर हुुँदैन भनेर एउटा निधो गरेँ, सटर खोजेर पसल गर्छु । भाइले मानेको थिएन तर एक जनाको कमाइले के मात्र गर्नुु । मलाई चित्तै बुुझेन । यहाँ ¥याक मात्र थियो । १ लाख दश हजार मूुल्य तिरेर सटर आफ्नो बनाउन दौडधुुप गरेँ ।
चिनेको मामा मार्फत प्रति महिना ३ हजारका दरले ब्याज तिर्ने सर्त १ लाख रुपैयाँ सापटी खोजेर ल्याएँ । सटर खाली थियो, क्रमशः सामान भरियो । बुुढोले बिहान कालिमाटी गएर तरकारी ल्याइदिनुु हुुन्थ्यो । खाद्य र सागसब्जी मैले दिनको एक बोरा त आलुु मात्रै बेच्थेँ । त्यो बेला राम्रो व्यापार थियो । त्यो तीन हजार ब्याज एकदमै महँगो हो तर दुुई जनाले कमाउदा ऋण तिर्न सजिलो भयो । अब भने हामीलाई व्यवहारले नै व्यवहार सिकाएको अनुुभूूति हुुन थालिसकेको थियो ।” सटरमा सामान मिलाउँदै ज्ञानुुले भनिन् ।
ज्ञानुु साह्रै मिठो र गुुलियो बोल्छिन् । आफूुसँग नहुुँदा आत्तिने र हुुँदा मात्तिने स्वभाव छैन, उनको । त्यसो त कृष्ण भाइ झन् आँखामा हाल्दा नबिझाउने स्वभावका सदाबहार लाग्छन्, मलाई । उनीहरुका छोराछोरीको पढाइ लेखाइ राम्रो छ । स्कुुल पढ्दै व्यवहार बुुझेका हुुन् । सायद, यसैलाई भनिन्छ, बोट अनुुसारको फल !
काठमाडौं– ३२ मा घर उभिनुु अघिको संघर्षबारे ज्ञानुु भन्छिन्– “ड्राइभर संघमा सेयर हालेको थियो । त्यताबाट बिनाधितो पाँच लाख ऋण लियौँ । सहकारीसँग पनि कारोबार थियो, आफूूले राम्रो व्यवहार गरेको कारण सहकारीले बिनाधितो सापटी पत्यायो । व्यापार चलेको समयमा भक्तपुुरमा चारआना जग्गा किन्यौँ । बुुढोको लागि त्यहीँ घर बनाउने रहर थियो, चारैतिर खुुला र बस्न रमाइलो वातावरण छ भनेर तर मलाई भने त्यता बस्न मन लागेन । बरु त्यो जग्गा बिक्री गरियो, ७२ लाखमा । भक्तपुुरमा जग्गा खोज्न जाँदा एक जना दिदी र म गएका थियौँ । पछि, यहीँ कोटेश्वरमा पनि दिदी र म नै मिलेर घडेरी हे¥यौँ । हामीलाई उचित लाग्यो र बैना ग¥यौँ, त्यो दिन बुुढो पिकनिक जानुु भएको थियो । पछि, दिदी र हामीले घर पनि सँगै बनायौँ । हातमा पूूरा पैसा भएर हैन, ऋण खोजेरै काम सुुरु गरेको थियो । अघि बढेपछि आँट पनि पलायो ।”
पसललाई आवश्यक सामान र तरकारी म आफैँ ल्याउछुु, छोरोले सघाएको छ । छोरीले घर सरसफाइ र बिहान बेलुुका खाना पकाउछिन् अनि पढ्न जान्छिन् । उनी नर्स पढ्दै छिन् । प्लस टुु पढ्दा एक रुपैयाँ खर्च लागेन । कक्षामा फस्ट थिइन् । यतिखेर पनि छोरीको पढाइ राम्रो छ
जीवनको फरक संघर्ष ! यो स्तम्भले कतिको काँधमा जिम्मेवारी महसुुस होला भने खेर गइरहेको उर्जा कतिलाई जागर उमे्रला । लोलाएका टोलाएका आँखा खुुल्लान् । मैले वषौंदेखि ज्ञानुुको जोडीको मिहिनेतलाई नजिकबाट नियालिरहेकी छुु । घत लाग्दो कुुरो छोराछोरी स्कुुल जाँदा खाजा खान दिएको पैसा बचाएर आमाबाउको जन्मदिन र मुुख हेर्ने अवसरमा उपहार किनिदिन्छन् । ‘अहिले पर्दैन, पछि कमाउने भएपछि गर’ आमाले भन्छिन् तर ‘ममी, अब हामी साना छैनौँ । यसकारण हामीलाई नरोक, नछेक’ नानीहरुले यसै भन्छन् अरे ।
झन्डै एक लाखजस्तो घरभाडा उठ्छ । अब ऋणको बोझ छैन, सकियो होला कि ? मैले कुुराकानीको अन्त्यतिर ज्ञानुुलाई सोधेँ । “दिदी, ऋण कहाँ सकिनुु नि । पहिला महिनामा ७० हजारको दरले किस्ता तिथ्यौँ तर अहिले कम छ । त्यो सेतो भ्यान बेचियो र नयाँ ट्याक्सी किनियो । यतिबेला बुुढो ट्याक्सी चलाउनुु हुुन्छ । यो पसललाई आवश्यक सामान र तरकारी म आफैँ ल्याउछुु, छोरोले सघाएको छ । छोरीले घर सरसफाइ र बिहान बेलुुका खाना पकाउछिन् अनि पढ्न जान्छिन् । उनी नर्स पढ्दै छिन् । प्लस टुु पढ्दा एक रुपैयाँ खर्च लागेन । कक्षामा फस्ट थिइन् । यतिखेर पनि छोरीको पढाइ राम्रो छ ।”
ज्ञानुुको परिवार राति मात्र घरमा बस्न भ्याउछन् । पसलको काम बिस्कुुन सुुकाएजस्तै हो, रुघिरहनुु पर्छ । सबै आआफ्नो काममा व्यस्त नयाँ कुुरो भएन । घर बनाउन सुुरु गर्दैदेखि छोरोले विशेष तरिका पुु¥याएकोमा ज्ञानुु खुुसी हुुँदै भन्छिन्– “अर्काको घरमा बस्दाको असुुविधा मान्छेले कति हेप्थे, पानी दिदैन थे, शौचालय जानमै समस्या हुुन्थ्यो । ‘ममी, हाम्रो घर भएपछि अरुलाई हेला गर्नुु हुुन्न है’ बच्चाहरुले हामीलाई खुुब सम्झाउछन् ।”
ज्ञानुुको घर मन्दिर हो । जहाँ कामलाई पूूजा ठान्छन् । बिना कारण कसैलाई पीर गर्नुु पाप भन्छन् । तामाङको घरकोजस्तो वातावरण बनाउनुुुु हो भने समृद्धि खोज्न टाढा जानुु पर्दैन । चुुरोकुुरो मानिसभित्र सकारात्मक सोच हुुनुुपर्छ । त्यही धारबाट आधार भेटिन्छ । यहाँ काम सानो ठुुलो हुुँदैन । मन र व्यवहारले मानिसलाई व्यवस्थित बनाउछ । ज्ञानुुले व्यापारबाट कमाउछिन् भने उनका श्रीमान्ले ट्याक्सी चलाएर दिनको ५/६ हजार जोहो गर्छन् । आफूूहरुले नपढे पनि छोराछोरीलाई पढाए, लेखाए देशको लागि योग्य नागरिक बनाए । समाजकै नमूूना यो परिवारलाई कसैको आँखा नलागोस् !














