नेकपा सचिवालयको बैठक पेरिसडाँडा कोटेश्वरमा बस्दै

news-details

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले ११ बजे बस्दैछ ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।

यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गर्नुभएको थियो ।

यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आजका लागि सारिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *