विशेष सम्पादकीय : नवीन शैलीमा हाम्रो यात्रा

news-details

दिन र दिन खर्चिएर ८ औं वर्षमा हामी प्रवेश गर्दैछौं । अर्थ र रोजगारको यो सुखद सन्दर्भमा अरु पाँच वर्षपछि जोडिएको इतिहास छँदै छ– रोजगार मञ्चको प्रकाशन क्रममा ।

अर्थ र रोजगारको प्रकाशन यात्रामा हामीले अनेकौ अनुभवहरु गरेका छौं । यसक्रममा स्वदेशमै रोजगारी गरिरहेका तथा रोजगारीका लागि विदेश गएका नेपाली कामदार र श्रमिकका प्रसंग र सन्दर्भ हाम्रा लागि सामान्य सूचना र खबर बनाएर मात्र प्रकाशन गरेनांै विशेष वहस र छलफल गराएर सरकारलाई समेत प्रतिबद्ध बनायांै ।

हाम्रो कर्तव्यभित्र सँधै नेपाली श्रमिक र कामदारको हित रह्यो । यस क्रममा स्वदेश तथा विदेशमा रहेका कामदारको विचल्ली हुँदा तिनका परिवारजनले भोगेको पीडामा मलम दल्ने काममा पनि हामी छुटेनौं ।

यस्तै नेपाल टेलिभिजनबाट रोजगारीका आवाज कार्यक्रम, रोजगारमञ्च अनलाइन र अर्थ र रोजगारको प्रसारण, प्रकाशन मार्फत वैदेशिक रोजगारीमा हाम्रो निरन्तर उपलब्धी रहिआएको छ ।

आज सञ्चारको फराकिलो वातावरणको कारण अनलाइनको आवश्यकता रहेको छ । छिटो छरितो र सहजताको लागि पनि अनलाइनको खाँचो दिनदिनै जरुरी भएको छ । त्यही आवश्यकतामा जोडिएर हामी विगतदेखि नै प्रतिबद्ध रहेकोमा आजबाट हामी नयाँ साजसज्जा र आधुनिकतासहित आएका छौं ।

अनेक प्रतिकूलता मात्र हामीले भोगेनौ । राम्रा र उत्साहपूर्ण काममा पनि हाम्रो संस्था जोडियो ।

नेपालीहरु रहेका विश्वका विभिन्न मुलुकमै पुगेर हामीले स्थलगत रिर्पोटहरु प्रकाशन प्रशारण गरिरहेका छौ । हामीले प्रकाशन प्रशारण गरेका समाचारले नेपाली रेमिट्यान्स, श्रमिक र सम्वद्ध सरोकार निकायले कतिपय नीतिगत कार्यमा सुधार पनि गरेका छन् ।

अबका दिनमा अझ ससक्त ढंगमा प्रस्तुत हुने गरी प्रभावकारी र बढी सूचनायुक्त सामाग्री लिएर रोजगारमञ्च अब नयाँ शैलीमा आएको छ । यसमार्फत हामी स्वादिला र रसिला रचना पनि पस्कने छौं । त्यस्तै समसामायिक सन्दर्भहरु पनि लेख्ने छांै । अझै विविधतापूर्ण विषय र प्रसंगले यहाँ स्थान पाउने छन् ।

विदेशमा बस्नेहरुका भावनालाई पनि ससम्मान स्थान दिने हाम्रो लक्ष्य छ । सबैलाई रोजगार, हाम्रो अभियानको भावनाले अनलाइनमा अझ बढी चर्चा परिचर्चा र सार्थक यात्रा गरेको हाम्रा दर्शक र पाठकहरुमा सहर्ष जानकारी गराउँदछौं ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *