‘श्रीमान विदेशमा काम गर्नुहुन्छ, म यहाँ दिनभरी खटछु’ : सुुस्मिता सुवेदी

news-details

विश्वमा आठ हजार मिटरमाथिका टाकुुरा जम्मा १४ वटा छन् । त्यसमध्ये नेपालमा मात्र आठ वटा छन् । सर्वोच्च शिखर सगरमाथा हाम्रो देशको शिर हो । नेपालको सगरमाथा न हराउन सक्छ, न नासिन सक्छ न त खुुम्चिएर सानो हुुन्छ । आकार प्रकारमा कुुनै परिवर्तन हुँदैन, आउँदैन । जुुगौँ जुुगसम्म जीवित रहिरहने प्राकृतिक सम्पदा हो– हाम्रो सगरमाथा । गाएर नसकिने स्पन्दनभित्रको गाथा हाम्रो सगरमाथा !

जो छ, गौरव छँदैछ । यो बाहेक कृषि उत्पानको भूुगोल हो, नेपाल । केही वर्ष अघि यहाँबाट विदेश धान निर्यात हुुन्थ्यो । यो कुुरा अब इतिहास भयो । कागजका पानामा मात्र अस्तित्व कायम हुुनुु विडम्बना त भयो नै नयाँ पुुस्तासँग भन्नुु पत्यार नलाग्ने एकादेशको कथा ।

खेतीयोग्य जमिनमा घरबास नहुुनुु पथ्र्यो । सिमेन्टका भव्य महललाई काठमाडौं उपत्यकाको कालोमाटो चाहिँदैन थियो । जसलाई जहाँ मन लाग्छ, त्यहाँ पिलर गाड्न रोकावट भएन । अचम्म कुुरा त विदेश देखेर आएकाहरुले समेत देशमा मनलागि तरिकाबाट भवन ठड्याए, घर अग्ल्याए, पैसामुुखी बने, माया गरेनन् । नेपाल अधिराज्य यसरी कसरी व्यवस्थित बन्ला ?
देश भनेको आमा हुुन् । आमाको काखमा खेल्न, कुुद्न पाउनुु नागरिक हक हो तर यसका लागि पहिला नियम बनाउनुु–बसाउनुु पर्छ । जस्तो कि फूूटबल, भलिबल वा जुुनसुुकै खेल । बिना नियम खेल हुुँदैन । राष्ट्र र राष्ट्रियता मुुखमा होइन, हाम्रो भावनामा हुुनुुपर्छ । व्यवहारमा हुुनुुपर्छ । देश भनेको आँखा हो । आफ्नो आँखाको अगाडि पछाडि थुुप्रै विकृति छन् । यो सोच्नुु पर्छ, आफ्नो घर राम्रो र दर्विलो बनाउन सकियो भने मात्र संसार राम्रो देखिन्छ । यदि घरभित्रै लडाई झगडा र कचिङगल भए कसले राम्रो भन्छ ?

यहाँ गर्जो टार्न संघर्ष गर्ने कति छन् ? भनौँ, दालभातकै लडाई सकिएको छैन । भोक नमेटिएसम्म दोस्रो कुुरा सोच्न सकिँदैन । भोकको आगो निभाउन कसैले भाँडामा चामल हाल्दिने कुुरो हँुुदैन । हामी हाम्रो गाथा सगरमाथाको नाम घोकेर बसेका छौँ तर सगरमाथा नहुुनेहरु कहाँबाट कहाँ पुुगिसके । त्यताको विकास कल्पना बाहिरको कुुरो भइसक्यो ।
जनताको अभिभावक सरकारले त्यस ठाउँका नागरिकलाई प्रदान गर्ने सेवा सुविधाबारे कति जानकार छ, हाम्रो सरकार ? सडक सञ्जाल कत्रा र कसरी निमार्ण गरिएको छ ? पानीको स्रोत, बिजुुली बत्ती र कृषि बालीमा आधुुनिकीकरणसम्म पुुग्न झरी त्यो बादल असिना त्यो वर्षात् भावी पुुस्ताको लागि पूूर्खाले दुुःख कष्ट र त्याग नझेली यति सजिलै प्राप्त भयो होला र ?
यहाँ दाम कमाउन ठाउँ भएन भन्नेहरुका लागि केही उदाहरण प्रस्तुुत छन् । सल्यान जिल्लाबाट ४१ करोड मूूल्य बराबरको अदुवा अन्तराष्ट्रिय बजार पुुगेको समाचार छ । उत्पादन घटे पनि प्रतिकेजी १० रुपैयाँ मूूल्य बढ्नुु किसान खुुसी छन् । त्यस्तै, पाल्पाका कृषकले ५२ करोडको सुुन्तला बिक्री गरे । गत वर्ष ४६ करोड हात पारेकाहरुको ह्वात्तै आम्दानी बढ्यो । पछिल्लो समय बाँझो जग्गामा समेत किसानले सुुन्तला खेती सुुरु गरेका समाचार पत्रिकामा पढ्न पाइयो ।

जमिन हुुने कतिले बाँझै छाडेर हिँडेका छन् । जसको आफ्नो जमिन छैन, ठेक्का अधिया जे तिर्नुु परे पनि सर्त मानेर श्रममा जागेका छन् । पछिल्लो समय गाउँमा बाँदर आतंक बढेको छ । लुुकीछीपी जङ्गलमा बस्ने बाँदर गाउँमा मान्छे कम हुुँदै गएपछि घर आँगनमा परेड खेल्छन् । उस्तै परे थालमा पस्किएको खाना खान पाएका छैनन्, नागरिकले । यस्तै परिवेशको सामना गर्नुुभएकी सुुस्मिता सुवेदीका कुुरा सुुनौँ ।

“मेरो घर र माइत दुुवै दोलखा जिल्लामा पर्छ । हाम्रो ठाउँ शैलुुङ हो । त्यो निकै रमाईलो छ । त्यहाँ थुुप्रै विदेशी नागरिकहरु पुुग्छन् । यस कारण पर्यटकीय इलाका हो त्यो । त्यहाँ पुुग्ने जोकोहीले स्वर्ग झैँ ठाउँ भन्छन् । आमाको अर्को नाउँ न्यानोकाख हो । काखलाई प्रकृतिसँग तुुलना गर्नुु हो भने हाम्रो छहारी माटो त्यो बिना (माटो) संसार चल्दैन । हामी उभिन हिँड्न सक्दैनौँ । माटोले उत्पादन गर्छ । त्यो उत्पादन सजिव प्राणीको आहारा हो । छोराछोरीका लागि आमाको भूुमिका बयान गरी नसक्नुु अपार छ ।”

त्यो दिन ठुुलो वर्षा भएको थियो । म कामबाट घर फर्कदै थिएँ । सागको भारी नजिकै एक जना मानिस उभिएको देखेँ । म अझै नजिक गएँ । कुुरा सुुन्न थालेँ । मानिसको हातमा सागको मुुठो थियो । ऊ साग व्यापारीसँग पाँच रुपैयाँ घटाउन हठ गरिरहेको थियो । मानिस हेर्दा सफा कपडा लगाएको जागिरे झैँ देखिन्थ्यो । ‘कहाँ उत्पादन भएको साग यो पानीझरीमा यहाँ उपलब्ध गराउनुु ठुुलो कुुरा । यो सेवाको सम्मान गर्नुुपर्ने ठाउँमा उल्टै दलाली ?’ मैले यसै भनेँ ।

अझै केही बेर रमिता हेरिरहेँ । उसको दलाली सुुनिरहेँ । त्यो पाँच रुपैया छुुट नदिए/नपाए साग नकिन्ने स्थितिमा पुुग्यो ऊ । मानिस यस्तो जात हो रेष्टुुरेन्टमा गएर बियर खान जति पैसा खर्च गर्छ । त्यहाँ उसले दलाली गरेको थाहा छैन । अर्थात् दलालीनै गर्दैन । अझ पाँचतारे होटलमा एक कप कफी/चियाको मूूल्य कति पर्दो हो ? सरासर गएर ‘अर्डर’ गर्छ, लामो समय पर्खेर पिउछ र केही नबोली खल्ती खन्याएर बाटो लाग्छ । उही मानिस साधारण होटलमा पुुग्छ । पहिला चिया/कफीको दाम सोध्छ, बुुझ्छ । धेरै होइन, पाँच रुपैयाँ मूूल्य बढेको छ भने कि दलाली सुुरु गर्छ नत्र महंगो रहेछ भनेर नपिकन फिर्छ ।

सागको यो भारी बोकेर कहाँबाट आउनुु हुुन्छ ? मैले सुुस्मितालाई सोधेँ । “म कोटेश्वर बस्ने हुुनाले चोकबाट ल्याउछुु । साग चै मूूलपानीबाट आउछ । गाईको मलको भकारामा उत्पादन भएको साग बजारतिर पाइने भन्दा यसको स्वाद नै फरक छ । भनौँ, विषादी मुुक्त खानलायक छ । कतिमुुठा लैजानुु हुुन्छ ? ढुुक्क साथ लैजानुु होस् । डोकोभरि ल्याएको साग थोरैथोरै भए नि बाटामा बिक्यो भने थाप्लो हलुुका हुुँदै जान्छ । यदि विकेन भने सरासर यहीँ ल्याउछुु । आफ्नो माल कसलाई कर गर्नुु ?”

हेर्दै मिलनसार देखिने सुुस्मिताको परिवारबारे कौतुुहल भयो र सोधेँ । श्रीमान् के काम गर्नुु हुुन्छ ? छोराछोरी कतिजना र कत्रा छन् ? यो व्यापार बाहेक अरु पनि कुुनै सीप छ कि ? “मेरो श्रीमान शिव सुवेदी  विदेश जानुुभको दुुई वर्ष हुुँदै छ । स्वदेश हुुँदा सामान ओसारपसार असनमा ज्यालादारी काम गर्नुहुुन्थ्यो । यतिखेर मजदुुरी गर्नै भनेर मलेशीया पुुग्नुु भको छ । उता काम ओभर टाइम छैन । ज्याला मात्र हो । यहाँको पचास हजार हुुन्छ । त्यहीँबाट खानुु, कोठाभाडा तिर्नुु अनि बिरामी पर्दा औषधी उपचार सबै पुु¥याउनुु परो ।

हाम्रो पाँच जनाको परिवार छ । तीन जना छोरीहरु छन् । ठुुली छोरीले स्कुुलको पढाइ सकिन् अब कलेज पढाउनुु पर्ने । माइली छोरी अलि बिरामी छ । उसको पढाइ पनि कमजोर छ । ऊ जन्मिदै टाउकामा मासुुको डल्लो थियो । डाक्टर जचाउदा अप्रेसन गर्नुुपर्छ भने र गरियो तै पनि समस्या दूूर भएको छैन । उसको दिमाग नै ढिलो विकास भको हो कि किन हामीले भनेको कुुरा सम्झिन र बुुझ्न समय लाग्छ ।

माइली र कान्छी बोर्डिङ पढ्छन् । ठुुली छोरीले सरस्वती मा.वि. कोटेश्वर महादेवस्थान पढेकी हुुन् । त्यहाँको पढाइमा ठुुलो खर्च थिएन तर बोर्डिङ पढाउन खर्चै बढी छ । कमजोर छोरीलाई बोर्डिङ पढाउदा प्रगति हुुन्छ कि ? भनेर पैसाको मुुख नहेरी एड्मिसन गरिदियौँ । सन्तान सग्लो जन्मिनुु मानिसको ठुुलो भाग्य रहेछ । हुुन त कतिका सन्तान नै छैनन् ।”
सागको दाम सोध्ने, दलाली गरेर नकिनी जाने, झम्टिदै आएर दुुई चार दिनलाई पुुग्नेगरी लैजान्छुु भनेर हत्ते गर्ने त्यहाँ धेरैथरि मानिस देखिए । बाटो हो स्वभाव स्वभावका भेटिए । सुुस्मितालाई भने काममाथि काम मसँग कुुरा गर्नुु छ । उता साग पनि बेच्नुु छ, उहीबेला मोबाइलमा फोन आउछ । नउठाउ पनि भएन । हेर्दैहेर्दै भ्याइनभ्याइ भयो । यो व्यापारबाट यताको खर्च धान्न सके श्रीमान्को कमाइ बचत हुुन्छ कि ? मौका हेरेर मैले प्रश्न गरेँ ।

“यता सात हजार कोठाभाडा तिर्नुु पर्छ । नानीहरुको पढाइ खर्च, खाजा, खाना थोरै पैसाले पुुग्दैन । मैले खान पुु¥याए उहाँको श्रमबाट बच्चा पढाउने, उहाँले रुमभाडा तिर्नुुभो भने मैले बच्चाको फी तिर्ने । हामी जग्गा जमिन नभकालाई काही सजिलो छैन । साधारण बाहेक मैले पढेकी छैन । गाउँमा धेरै वर्ष अर्काको जग्गामा ‘अधिया’ खेती गरेँ । जति खटे पनि बाँदरले बस्न दिएन् । बारीको उत्पादनमा झम्टिनुु सामान्य तर जब घरभित्र भण्डार कोठामा राखेको चामल खान पाइएन त्यसपछि रुँदै गाउँ छाडेँ ।

त्यो समयमा सासुुले पाँच जना छोराछोरी कसरी हुुर्काउनुु भयो ? बुवा पहिलै बित्नुु भको रहेछ । त्यसो हुुँदा मेरो श्रीमान् आमाको काँध हुुनुुभो । एक जना देवर र नन्द आमाजूु तीन जना हुुनुुहुुन्छ, मेरा । गाउँमा हाम्रो घर छैन । सासुु हुुनुुहुुन्थ्यो, बित्नुु भयो । उहाँलाई बाह्र वर्षसम्म अक्सिजनमा राख्यौँ । फोक्सोले अक्सिजन उत्पादन नगर्दाको समस्या लामो बिरामी पर्नुुभयो ।
परिवारमा एकपछि अर्को समस्याले नछोड्ने समय पनि आउदो रहेछ । सासुु सधैँको बिरामी । श्रीमान्को पथरीको अप्रेसन गर्नु परो । मेरो टन्सिल बिग्रीएर अपरेसन नगरी निकै भएन । माइली छोरी जन्मेदेखि डाक्टर कहाँ कुदाकोकुुदाई टिचिङ हस्पिटलमा अप्रेसन भयो । दुुःखको कुुरा आमा (सासुु)को अन्तिम अवस्था हुुँदा छोरो साथमा हुुनुु भएन । आखिर सासुु बित्नुुभो । पराइको अघिनमा श्रम गर्न बाध्य उहाँलाई कम्पनीले क्रिया बिदा समेत दिएन । यदि स्वदेशमै श्रमरत हुुनुुभको भए एकैपल्ट वर्ष दिनमा आएर आमाको काम सक्नुुपर्ने स्थिति आउथ्यो ?”

परिवार धान्न पातलो पैसाले पार नलागेर विशेषतः आमा र छोरीको उपचारको लागि सुुस्मिताका श्रीमान् वैदेशिक श्रममा गएका हुुन्, रहेछन् । व्यापार राम्रो कला हो । यही दिनचर्यामा आशा र भरोसा बोकेकी व्यापारीलाई यसको लागि कसरी तयार भइयो ? मैले प्रश्न गरेँ । “मेरो माइतमा दुूध र तरकारी बेच्ने चलन थियो । आमाबुुवाको सिको केही जानँे । काठमाडौं आएपछि अरु मजदुुरी काम गर्नपट्टि नलागेर व्यापारमा मन गयो । मैले भन्दा अघि बहिनीले यसरी नै साग बेच्थिन् । कारणबस उनले छाड्ने भइन् र मैले सुुरु गरेँ । पहिला खटेकी हुुनाले केही आइडिया उनले पनि दिइन् । हामीले आफूूभन्दा सानाबाट पनि धेरै कुुरा सिक्न सक्छौँ । उमेरमा ठुुलो हँुुदैमा सर्वेसर्वा भन्ने हुुँदैन ।”

सुुस्मिताको भनाइ यतिखेर व्यापार छैन । “पहिला आफ्नो खर्च पुु¥याएर थोरै भए पनि बचत गर्थे । होटलका लागि भनेर एकै जनाले धेरै मुुठा साग किन्थे तर अहिले खानाखाने मान्छे नै आउदैनन् भन्छन् । यहाँ नगरपालिकालाई सामना गर्न सास्ती छ । थाहै नपाइ आउछन् र डोको लिएर हिँड्छन् । मलाई यो पेटीमा बस्न दिनुुभएकोमा साहुुनी दिदीलाई धेरै धन्यवाद !”
इन्टरनेटसँग घुुलमिल अहिलेको प्राथमिकता हो । त्यता चासो, लत र जेन–जी आन्दोलनबारे कति जानकारी छ ? मैले सुुस्मितासँग अन्तिम यो प्रश्न राखेँ । “इन्टरनेट अहिलेको अनिवार्य साधन भएको छ । म फेसबुुक चलाउन सक्छुु । बुुढो यतै हुुँदा उठाउन मात्र मिल्ने फोन बोकेकी थिएँ तर उहाँले फोन मलाई छोडेर जानुु म्यासेन्जरबाट विदेश कुुरा गर्न सजिलो भको छ । यसपाली दशैँमा माइत गइनँ । जुुठो परेर टीका थिएन । आमाबुुवा गाउँमा बस्नुुहुुन्छ, घरीघरी पुुग्न नसक्दा म्यासेन्जरमा कुुरा गर्न पाउनुु भेटे बराबर लाग्छ ।

हजुुरले जेन–जी भन्दाखेरी अस्ति भदौ २३ र २४ गते भको आन्दोलनको दिनलाई समेट्न खोज्नुु भको होला । हामी मजदुुरमा राजनीति रङ्ग भनेको कागका अघि वेल पाक्नुु जस्तै हो । ‘नगरे काम पुुग्दैन खान साँझ र बिहान’ त्यो दिन पनि मैले साग व्यापार गरेँ । एक दिन चुुप लागे अर्को दिन छाक टार्न हम्मे, नानीहरुलाई खुुवाउनुु, खानुु परो । कोठाभाडा तिर्नुु परो । यहाँ तन मन अर्पेर यो व्यापारमा खट्दा दिनको पाँच सयदेखि एक हजार फाइदा आउँछ । पानी परेको दिन साग सबै नास गाईलाई घास हुुन्छ ।”

सुुस्मितासँग जति बोल्यौँ, उती सहज भयो । दैनिक सागको भारी उसरी नै ल्याउछिन्, सडकपेटीमा बिसाउछिन् र ग्राहकको प्रतिक्षामा बस्छिन् । उनलाई लाग्छ, आफ्नो घर दुुर्गममा पर्छ । औपचारिक शिक्षा पढेकी छैनन् तर सीप अर्थात् व्यापार छ, त्यो उनको कला हो । जीवन जिउने साहस र आँट हो । जीवनलाई बोझको रुपमा नलिई छोरीहरुको स्वास्थ्य, शिक्षा साथै उज्वल भविष्य बनाउन तल्लिन उनी अहोरात्र कुुलो हुुन् । नाफा घाटा जेहोस्, जस्तै÷जत्रै बिरामी परियोस् समुुन्द्र ताकेर अघि बढेकी छन् । उनको व्यापार अपार होस् । हाम्रो तर्फबाट शुुभकामना !

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया