‘पुराना दललाई स्वाद चखाउन आएको यो सरकारले पहिलाको भन्दा राम्रो गर्ला कि ?
- बिन्दु अधिकारी ढकाल
- भदौ ६, २०८३
- 0
वैदेशिक रोजगारीको क्रम कुनै न कुनै रुपमा युवा पलायन बढ्दो छ । बुढ्यौलीमा एक्लोपन नेपाली परिवारहरुको साझा कथाजस्तै बन्न थाल्यो । द्रुत गतिमा प्रविधिको विकास देशविदेशका समाचार छिन्मा विश्वभरि फैलिरहेका छन् । यस मानेमा पृथ्वी नै एउटा गाउँझैँ भइसक्यो । यहीँ गाउँको कथा उहाँको जीवन खोतल्न कौतुहल जाग्यो । मेरो अनुरोध केही प्रश्न सोधेँ, केही प्रश्न सुनेँ ।
“मेरो नाम माधवप्रसाद चालिसे । घर सिन्धुुपाल्चोक जिल्ला मेलम्ची हो । मेरो पढाइ धेरै छैन, कक्षा दश उत्तीर्ण गरेँ । काठमाडौं आएको दुई दशक भइसक्यो । यहाँ आएर पहिलो रोजगार कारखानामा धागो रङ्ग्याउने काम गरेँ । विदेश गएँ, रोजगार कै लागि तर त्यताको बसाइ लामो भएन ।” उहाँ प्रष्ट वक्ता हुनुहुन्छ । चाँडो कुरो बुझेर निचोडमा बोल्नु हुन्छ । राजनीतिमा पनि चासो राख्नु हुन्छ ।
बाल्यकालमा भोगेको गाउँ कस्तो थियो ? बाटोघाटो कसरी हिँडिन्थ्यो ? साथै, स्कुल पढ्दाको अनुुभवलाई समेत जोडेर अर्थ र रोजगारलाई बताउन मैले आग्रह गरेपछि उहाँले सुरु गर्नुभयो– “हामीले भोगेको गाउँमा बिजुली बत्ती थिएन । टुकी बालेर पढ्नु पथ्र्यो । खबर सुन्न रेडियो थिएन । पत्रिका भनेको के हो ? जानिएन तर पछि, क्रमशः बुझियो । समय सूचक घडी थिएन । हाम्रो परिवारमा बुवा चाँडै बित्नु भयो । घरको दियो निभ्नु अनेक समस्याहरु थिए । गाउँमा खानेपानी टाढा थियो । बाटो त गोरेटो नै हो ।”
त्यतिखेर आम्दानीको स्रोत के थियो ? आफ्नो उत्पादनले खान पुग्थ्यो कि ? गाईवस्तु पाल्नु भएको थियो ? अर्को थान प्रश्न । “आफ्नो घरमा भएको अन्नपात बेचेर मात्र पैसाको मुख देख्न पाइन्थ्यो । कोदो, मकै कम बिक्थ्यो किनभने सबैको घरमा हुन्थ्यो । गाउँभरि मानिस थिए । कसैको जमिन बाँझो थिएन । आफ्नो जग्गा नभए अधिया वा ठेक्कामा पनि कृषि गर्ने चलन थियो । आफूले खान अन्न किन्नु पर्दैनथ्यो तर धान बेच्न टाढा जानु पथ्र्यो । नाङलेभारेको बाटो साखु पु¥याउन मुरीका धोक्रा बोकेर बुवा रातारात हिँड्नु भएको झल्को छ । जेहोस्, गाडी पुग्ने ठाउँमा धान बिक्थ्यो । घर फर्कदा मल र नुनको भारी बोक्नु पथ्र्यो । यस हिसाबले गाउँको नियति ओहोरदोहोरमै भारी हुन्थ्यो । किसानका घरमा गाईवस्तु हुन्थे । कसैले कम पालेका हुन्थे भने कसैले बढी, फरक यति हो । पशुवस्तुको स्याहारमा केटाकेटीले खास ध्यान दिनुपथ्र्यो । तिनलाई घाँस र सोत्तरको व्यवस्था ठुलो जिम्मा थियो । आगो बाल्न दाउराको विकल्प थिएन ।”
सिन्धुपाल्चोक–काठमाडौं टाढा होइन, छैन । सडकसञ्जाल नबन्दाको समयमा पनि ओहोरदोहोर अनेत्र हेरी त्यति कठिन भूगोल होइन । त्यहाँको धानको चामल भान्सामा प्रयोग गर्न नरम र रसिलो हुन्छ । माधव सरको भनाइ अनुसार बुवासहित दौतरीहरु धान बेच्न ३५/३६ जनाको समूहसँगै बाटो लाग्नुु हुुन्थ्यो अरे । जङ्गलको बाटोमा जङ्गली जनावरको भयबाट बच्न राति राको बालेर हिँड्नु हुन्थ्यो रे ।
गाउँमा थुप्रै असुविधाहरु थिए तै पनि फक्रिएको सयपत्री झैँ मानिसको घनत्व थियो । समयक्रम वातावरण फरक भयो । गाउँमा मोटर बाटो गयो । बिजुली बत्ती पुग्यो । स्वास्थ्यचौकी र ठाउँ–ठाउँमा विद्यालय खुले । खानेपानीको पाइप घर–घरैजस्तो धारा जडान भए । यति हुदाहुदै पनि मानिसले आफ्नो थातथलो त्यागे । लाग्छ, लालीगुराँस टिप्न लम्के । मानवीय चेतनाको यो बाढीबारे तपाईको के धारणा छ ?
“मुख्य कुुरो त शहरमा मजदुर काम नै किन नहोस्, दिनभरि खटेपछि साँझ नगद हात प¥यो । उता, खेती किसानको कथा असारमा रोपाइ हुुन्छ, मंसिरमा धान पाक्छ । तब मात्र फल हात पर्छ । पैसाको मुुख देख्न त्यो धान बिक्री हुनु परो । कहिले असिनापानीले खलाबाट उठाउनै दिदैन । त्यसो त आकाशे वर्षात्को भरमा रोपाइ गर्नुपर्ने बाध्यता छँदैछ । कुनै साल समयमा पानी पर्दैन । कुखुरा र खसीबोकाबाट हुने आम्दानी गर्न पशुपंक्षीहरु बढ्नु परो । यथार्थ कुरो अहिलेका मानिसमा मिहिनेत गर्ने बानी हरायो । अर्को, धैर्यता पनि छैन ।”
“यौटा त देखासेखी हो । एकपछि अर्को त्यसपछि अर्काे गर्दै लर्कै घर छोड्दै गए । शहर बस्नेहरु दुई चार दिन (छुट्टीमा) गाउँ पुग्दा त्यो मानिसको हाउभाउ र फरक लवजले पनि गाउँलाई प्रभाव पा¥यो, यो दोस्रो कारण बन्यो । शहरले नक्कली गहना लगाए पनि गाउँले आँखाले सक्कली देखे, पत्याए । मुख्य कुरो त शहरमा मजदुर काम नै किन नहोस्, दिनभरि खटेपछि साँझ नगद हात प¥यो । उता, खेती किसानको कथा असारमा रोपाइ हुुन्छ, मंसिरमा धान पाक्छ । तब मात्र फल हात पर्छ । पैसाको मुख देख्न त्यो धान बिक्री हुनु परो । कहिले असिनापानीले खलाबाट उठाउनै दिदैन । त्यसो त आकाशे वर्षात्को भरमा रोपाइ गर्नुपर्ने बाध्यता छँदैछ । कुनै साल समयमा पानी पर्दैन । कुखुरा र खसीबोकाबाट हुने आम्दानी गर्न पशुपंक्षीहरु बढ्नुपरो । यथार्थ कुरो अहिलेका मानिसमा मिहिनेत गर्ने बानी हरायो । अर्को, धैर्यता पनि छैन ।” ग्रामीण परिवेशबारे निकै महत्वपूर्ण जानकारी गराउनु भयो, चालिसे सरले ।
“हामी श्रीमान् श्रीमतीले चिया बेचेको १६ वर्ष भयो । हाम्रो एउटा छोरो छ, ऊ यतिबेला जापानमा पढ्दै रोजगार पनि गर्दै छ । चार वर्ष अघिको कुरो हो, व्याचलर दोस्रो वर्षको विद्यार्थीलाई थाम्न सकिएन । १६ लाख लाग्यो उसलाई त्यता उडाउन । पहिला त अष्ट्रेलिया जाने कुरो थियो । मैले सुनेअनुसार त्यता पुगेकाहरु नेपाल फर्कदैनन् । छोराले के सोच्यो आफैँ मन बदल्यो र जापान गयो । हाम्रो एक्लो सन्तान केही वर्षपछि ऊ नेपाल फर्कन्छ भन्ने विश्वासमा छौँ ।”
शहरमा एकोहोरो काम गर्दा भयो । व्यापारमा लाग्नेहरु व्यापारतिरै हुन्छन् । जागिरेहरु जागिरकै सुरमा हिँड्छन् । जहाँसुकैका मानिस सुविधामुखी भए । वर्तमान समयमा आकर्षणको केन्द्र चिया पसल भएका छन् । नयाँ खुलेका पसलमा सजावट त छ नै त्यही अनुुसार कर्मचारी छन् । च्याउसरी चिया व्यापारबाट त्यत्रो के फाइदा छ ? जसले नोकरी दिएका छन् ।
“हामी श्रीमान् श्रीमतीले चिया बेचेको १६ वर्ष भयो । हाम्रो एउटा छोरो छ, ऊ यतिबेला जापानमा पढ्दै रोजगार पनि गर्दै छ । चार वर्ष अघिको कुुरो हो, व्याचलर दोस्रो वर्षको विद्यार्थीलाई थाम्न सकिएन । १६ लाख लाग्यो उसलाई त्यता उडाउन । पहिला त अष्ट्रेलिया जाने कुरो थियो । मैले सुनेअनुसार त्यता पुगेकाहरु नेपाल फर्कदैनन् । छोराले के सोच्यो आफैँ मन बदल्यो र जापान गयो । हाम्रो एक्लो सन्तान केही वर्षपछि ऊ नेपाल फर्कन्छ भन्ने विश्वासमा छौँ ।”
पुराण, बिहे र पूजाआजा कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा औपचारिक अनौपचारिक विविध कार्यक्रम भइरहेका हुन्छन् । जुन किसिमको कार्यक्रम होस्, माधव सरको चिया व्यापार अपार हुुन्छ । आफ्नो माग अनुुसार समयमा टक्क मिठो चिया पु¥याउनुु हुुन्छ । उहाँहरु श्रीमान् श्रीमती नै मिहिनेती र सरल हुनुहुन्छ । व्यापार भनेको लगाव पनि हो । मनैदेखि गरेको लगावले मानव मनमा एक प्रकारको छाप बनाउछ, त्यही छापको कारण दोहो¥याएर तेह¥याएर र स्थायी रुपमा चिया पिउनेहरु हुनुहुन्छ । यहाँ नास्ता पनि पाइन्छ ? मैले प्रश्न गरेँ । “बन्छ, हाम्रोमा पाक्ने नास्ता चाउचाउ, चना र चाउमिन हो । पहिला अर्डरमा खाना पनि पकाउथ्यौँ ।”

आफ्नो फाइदाको लागि समाज बिगार्ने काम त भइरहेको छैन ? यस पङ्तिकारको प्रश्न हो । अघि–अघिका दिनमा पार्कतिर बसेर र लुकेर चुरोट तान्ने जमात यतिबेला चिया पसलमा भेटिन्छन् । अरु त अरु घरमा चिया नपिउने युवा पनि चिया पसल पुगेका धेरै उदाहरण छन् । महँगो सटरभित्र डिजाइन–डिजाइनका सोफा व्यवस्था गरिएको छ । यथार्थ त चिया पिउनकै लागि पुगेका सर्वसाधारण चुरोटको गन्धले बाहिर निस्कनु पर्ने स्थितिको भुक्तभोगी म आफैँ भएकी छु । हो, भन्नको लागि चिया पसल तर त्यसको वास्तविकतामा राज्यको आँखा कहिले पुग्ने हो ?
“यहाँ एउटा नागरिकलाई हुर्काउन, बढाएर पढाएर योग्य बनाउन राज्यको समेत लगानी परेको हुन्छ । विदेश नजानु भन्ने कुरो हैन तर त्यताबाट सिकेको सीप, अनुभव र पुजी लिएर घरदेश फर्कनु राम्रो हुन्छ । मेरो ख्यालमा विदेश जानु भनेको परिश्रम गर्न सिक्नु पनि हो । म मलेशिया गएको थिएँ । तीन वर्ष बसेर फर्किएँ । पैसाको भाउ धेरै थिएन तै पनि नेपाली पाँच लाख कमाएँ । उता, मलाई सन्चो भएन ।” बिहेपछि कै यात्रा रहेछ, माधव सरले नलुकाइ भन्नु भयो ।
यो समाजमा धेरै किसिमका मानिस छन् । कति सरल र सहज खालका छन्, जो दया, माया, ममता र करुणाले ओतप्रोत छन् । कति मानिस ठग र वेइमान भेटिन्छन् । हाम्रो जीवनयात्राकै क्रममा जम्काभेट हुने र भएकाहरुको स्वभाव हो यो । यहाँ सहकारीले ठगेको छ, साडीचोलो, सुट–टाइ लगाएर । चालिसे सर कत्तिको पीडित हुनुभएको छ ? अनि, थाप्लामा ऋणको भार छ, छैन ? मैले जिज्ञासा प्रकट गरेँ ।
“मान्छे, चिन्न सकिँदैन रैछ । खाद्यय बिक्री पसल भए उधारो दिने, नदिने उपाय लगाउन सकिन्थ्यो तर हाम्रो व्यापार भनेको पहिला खाने अनि पैसा तिर्ने । कतिले इमान गुमाउन चाहदैनन्, आज नभए भोलि तिर्छन् । कति खाइसकेपछि लुकेर हिँड्छन् । बाटै बदल्नेसँग त कसको के लाग्छ ? प्रविधिको सजिलो क्युआर गरिदिन्छु भन्छन्, आफू पनि कतै व्यस्त भएको बेला पैसा पास भो भनेर राइट देखाएर जान्छन् तर भरे हेर्दा पूरा रकम हालिदिएकै हुदैनन् । खोजौँ सोधौँ कहाँ ? चित्त बुझाउने बाटो एक बोरा आलुमा केही बिग्रिन्छन् !” साह्रै मिठो र चोटिलो अनुभव बाढ्नु भयो ।
“भगवान्को कृपाले सहकारी ठगीमा परिएन । आफूले कारोबार गरेको संस्था सही परेको भएर होला । ऋण खासै छैन । छोरोलाई विदेश पठाउन सरसापट गरेका थियौँ तर चुक्ता हुदै गएको छ । यहाँ खर्चको हिसाब यो सटरको १० हजार भाडा छ । दुई–दुई वर्षमा बढ्छ । कोठाको पनि तिर्नु परो । भनौँ, महिनाको २२ हजार भाडा बापत जान्छ ।” मेलम्चीजस्तै रसिला माधव सरलाई कर्ममा पनि उत्तिकै पोख्त देखेँ । पहिल्यैदेखि कोटेश्वर पानी चलाउन दु:ख ठाउँ हो । आकाश वर्षिन पनि अल्छी गर्छ । यस प्रशंगमा कुरो हुदै थियो, स्थायी रुपमा चिया चिउने ग्राहकको आगमन भयो ।
“मिडियाको अर्ती सुनेर हो कि ? चिनी नखाने जमात बढ्दै छन् । गुलियो खानै नमिल्नेहरुको तथ्य फरक भइगो । हाम्रोमा ७५ प्रतिशत दुुध चिया बिक्दा २५ प्रतिशत कालो बिक्छ । दैनिक १ सय कप चिया खपत भइरहेको छ भने १० लिटर दूध सकिन्छ । यही व्यापारबाट भक्तपुरमा घडेरी किनेका छौँ ।”
तीतो सत्य यही गतिमा युवा पलायन हुनु भोलि यो देश खाली हुुन्छ । यो वास्तविकता देशकै लागि विडम्बना हो ! दैनिक १५ सय बढी युवा पलायन भैरहेका छन्, क वर्गको देशमा गएकाहरु फर्कदैनन् । खाडीमा ६० वर्ष उता श्रम गर्न पाइदैन । हाम्रा गाउँघरमा मान्छेको अनुहार हेर्न चाडपर्व आउनु पर्छ । जहाँसम्म सरकारको कुरो छ, यो विकल्पमा आएको हो । मैले यति भनिरहदा विगतमा विकास नै नभएको चै हैन । भ्रष्टाचार बढी भएको सत्य हो ।”
काठमाडौं–मेलम्ची कत्तिको ओहोरदोहोर गर्नुहुन्छ ? विदेश जाने युुवाहरुको लागि के भन्नु हुन्छ ? नेपालको राजनीति अर्थात् नयाँ सरकारबारे धारणा के छ ? “गाउँमा आमा हुनुहुन्छ, भाइबुहारी छन् । घरीघरी पुग्नु पर्छ । परिवारको जेठोबाठोलाई व्यवहारले पनि थिचिरहेको हुन्छ । चाडपर्वमा अनिवार्य गाउँ गइन्छ, जान्छौँ । तीतो सत्य यही गतिमा युवा पलायन हुनु भोलि यो देश खाली हुन्छ । यो वास्तविकता देशकै लागि विडम्बना हो ! दैनिक १५ सय बढी युवा पलायन भैरहेका छन्, क वर्गको देशमा गएकाहरु फर्कदैनन् । खाडीमा ६० वर्ष उता श्रम गर्न पाइदैन । हाम्रा गाउँघरमा मान्छेको अनुहार हेर्न चाडपर्व आउनु पर्छ । जहाँसम्म सरकारको कुरो छ, यो विकल्पमा आएको हो । मैले यति भनिरहदा विगतमा विकास नै नभएको चै हैन । भ्रष्टाचार बढी भएको सत्य हो ।”
बिहान पाँच बजेदेखि आफ्नो व्यापारमा खट्नुहुन्छ, माधव दम्पती । माइती–ससुराली जान उपत्यका छोड्नु पर्दैन । आफूले जुन कर्म गर्नुभएको छ, जीवनसँग गुनासो नभएको बताउनु भयो । ‘सादा जीवन उच्च विचार’ धेरै कमाउन जमाउन खोज्दा कति मान्छे थप संकटमा परेका समाचार छन् । भनाइ नै छ, घाँटी हेरी हाड निल्नु ! प्राकृतिक रुपमा मेलम्ची साँच्चै सुन्दर र रसिलो छ । त्यही सुन्दरताभित्र फक्रिनु भएका माधव वसन्त ऋतु हुन् !
उहाँले सशुल्क सेवा गर्नुभएको छ । त्यसको लागि घरबेटीलाई भाडा र सरकारलाई कर तिर्नुहुन्छ । हामी उपभोक्ता हौँ, सेवा पाए वापत आभारी हुनुपर्छ किनभने उहाँ हाम्रो लागि अहोरात्र मिहिनेत गरिरहनु भएको छ । जाडो गर्मी नभनी खटिरहनु भएको छ, सशुल्क सेवा पनि चानचुने सेवा होइन । अन्त्यमा यो देश कुर्सीको मात्रै होइन । त्यो कुर्सीमा पुु¥याउनेहरुको तागत र आशालाई किनारा नगरियोस्– सरकार ! हामी सबै देशका सिपाही बन्ने हो भने कुर्सीकै मर्यादा र गरिमा बढ्छ । माधव सरकै शब्द– ‘पुराना दललाई स्वाद चखाउन आएको सरकार हो, पहिलाको भन्दा राम्रो गर्ला कि ? समय पर्खिनु पर्छ, अहिले त बच्चा नै छ !’














