जापानमा डिलारामको लोभलाग्दो व्यवसायिक फड्को

news-details

सामान्य किसान परिवारमा जन्मिएका गुल्मी मुसिकोटका डिलाराम खरेलले जीवनमा त्यस्तो ठूलो सपना देखेका थिएनन् । वुवा स्व. नरेश्वर र आमा चन्द्रकला खरेलको कोखमा २०२३ सालमा जन्मिएका डिलारामलाई परिस्थितिले परदेशी बनायो । एसएलसी सकेपछि जन्मभूमी छोडेका खरेलले पढाइका प्रमाणपत्र होइन जीवनका संघर्ष र अनुभवका गोल्ड मेडलले अहिले आफ्नो जीवन सफल र सवल बनाएका छन् ।

छिमेकी देश भारतमा केही बर्ष कर्म गरेका डिलाराम सन् २००० सेप्टेम्बरमा सपनाको देश जापानको नागोया पुगे । श्रमिक भिसामा कुकको रूपमा पुगेका खरेलका लागि जापान सपना भन्दा पनि चुनौतीको पहाड थियो । न भाषा बुझिन्थ्यो, न संस्कार मिल्थ्यो । अपरिचित परिवेशले उनलाई बारम्बार हतोत्साहित बनाउथ्यो । तर उनले आफैँलाई सम्झाउँथे– “जापानमा नै बस्नुछ अनि यहीँ संघर्ष गर्नु छ अनि सफल हुनुछ ।”

दुई वर्षको संघर्षपछि जापानी भाषा सिके, संस्कारमा ढले र चार वर्षसम्म अरुको रेष्टुरेन्टमा पसिना बगाए । आफ्नो मेहनत र इमान्दारितालाई अलिकति पनि घट्न दिएनन् अझ बढाए ।

…

पारिश्रमिक राम्रो पाउने भएकाले जापान रोजगारमा नेपालीहरु प्रवेश गराउनु पर्छ भनेर डिलारामले पहल थाले । सन् २०१९ मा जापान सरकारले ल्याएको एसएसडब्लु कार्यक्रम अन्तर्गत नेपाली युवालाई रोजगारीका लागि जापान ल्याउने आधिकारिक लाइसेन्स पाउने उनी सायद पहिलो नेपाली व्यवसायी बन्न पनि सफल भए ।

भारतमा नै हुँदा रेष्टुरेन्ट व्यवसायमा हात हालिसकेका डिलारामलाई अरुकोमा काम गर्नुको सट्टा आफै व्यवसायमा लाग्नुपर्छ भन्ने सोच पलायो, हिम्मत जाग्यो । हुन त डिलाराम सानै उमेरदेखि नै केही भिन्न स्वभावका थिए । रिक्स लिन नडराउने उनको स्वभाव थियो । अनि सन् २००५ मा उनले पहिलोपटक आफ्नै लगानीमा सपना रेष्टुरेन्ट खोले । ठुलो लगानी, राम्रो पार्किङ, फराकिलो ठाउँ र ग्राहकलाई सम्मान– यी सबै कुरा उनले प्राथमिकतामा राखे । परिणामस्वरूप, नेपाली तथा भारतीय स्वाद मात्र नभई ग्राहकलाई गरिने सेवा र सत्कारका कारणले पनि उनको रेष्टुरेन्ट लोकप्रिय हुँदै गयो । रेष्टुरेन्टका शाखा बिस्तार गरे, सफल हुँदै गए ।

त्यसपछि रेष्टुरेन्टको अलावा केही साथीहरुसँग मिलेर उनले २०१० मा खाद्यान्न आपूर्ति व्यवसाय सुरु गरे । नेपालीलगयात विभिन्न देशका सामाग्रीहरु बेच्न थाले । उनी भन्छन्– ‘रेष्टुरेन्टका लागि आवश्यक सामाग्री अन्य ठाउँमा किन्नुको सट्टा आफै खाद्यान्न सप्लाई किन नगर्ने भनेर व्यवसाय शुरु गरियो ।’

सुरुवातमा घाटामा गयो । कोरोनाका कारण धेरै असहज भयो, अन्य साझेदारहरुले साथ छोडे तर खरेलले हिम्मत हारेनन् । कम्पनीको नाम फेरेर डिजी जापान बनाए । उनले धैर्य र इमानदारीले त्यसलाई उकासे र पछि नाफामा परिणत गरे । यही क्षणलाई उनी आफ्नो जीवनको ठूलो मोड ठान्छन् ।

अहिले उनका सपना गु्रप इन्टरनेशनल अन्तर्गत रेष्टुरेन्ट व्यवसाय र डिजी जापान अन्तर्गत होलसेल तथा रिटेल स्टोर संचालन भइरहेका छन् ।

…

अहिले जापानमा सीपयुक्त नेपाली कामदार जान थालेका छन् । जापान रोजगारका लागि आकर्षक देश हो । पारिश्रमिक राम्रो पाउने भएकाले जापान रोजगारमा नेपालीहरु प्रवेश गराउनु पर्छ भनेर डिलारामले पहल थाले । सन् २०१९ मा जापान सरकारले ल्याएको एसएसडब्लु कार्यक्रम अन्तर्गत नेपाली युवालाई रोजगारीका लागि जापान ल्याउने आधिकारिक लाइसेन्स पाउने उनी सायद पहिलो नेपाली व्यवसायी बन्न पनि सफल भए । कोरोना महामारीले केही समय रोकावट गरे पनि उनले नेपालीलाई जापान भित्र्याए ।

उनका तीनबटा कम्पनीमा काम गर्ने झण्डै एक सय जना कामदार रहेका छन् । सबै खुशी छन् । उनी जापानमा यस्तो पहिलो नेपाली व्यवसायी हुन् जसले आफ्ना सबै कर्मचारीको सामाजिक बीमा (सोसियल इन्सुरेन्स) बुझाउँछन् । कर्मचारीलाई सुरक्षित महसुस गराउनु नै व्यवसायलाई दिगो बनाउने आधार हो भन्ने उनी विश्वास गर्छन् ।

जापानका कम्पनीहरुमा नेपालीहरुका लागि अवसरहरु खोजेर सक्षम नेपालीहरुलाई रोजगार दिलाउन उनी सफल भएका छन् । उनले धेरै नेपालीहरु एसएसडब्लुबाट ल्याएर विभिन्न कम्पनीहरुमा रोजगारमा लगाएका छन् । नेपाल सरकारले अझै पहल गर्ने हो भने धेरै भन्दा धेरै नेपालीले जापानमा रोजगारको अवसर पाउने डिलारामको बुझाई छ । अहिले धेरै क्षेत्र मध्ये नेपालीहरुको माग केयर गिभर तथा रेष्टुरेन्टहरुमा अत्याधिक रहेको र यो क्षेत्रमा नेपालीहरु जापानिजले मन पराउने गरेको उनी बताउँछन् । तर जापान जानका लागि सीप सिक्ने, काम गर्न सक्ने, खट्न सक्ने र जापानीज भाषा राम्रोसँग पढेर मात्र एप्लाई गर्न डिलारामको सुझाव छ ।

जापानमा अहिले ३ लाखका हाराहारीमा नेपाली पुगिसकेका छन् । त्यही अनुसार नेपाली परिवार पनि जापानमा हुर्किरहेका छन् । जापानमा रहेका नेपाली बालबालिकालाई शिक्षा प्रदानका लागि “गोर्खा पीक इन्टरनेशनल स्कुल” स्थापना गरेर नेपाली बालबालिकालाई शिक्षा दिने बाटो डिलारामसहितको समुहले खोलिदिएका छन् । जापानमा रहेका नेपाली बालबालिकालाई शिक्षा प्रदानका लागि उनको ठूलो लगानी रहेको छ । प्रवासी भूमीमा पनि नेपाली स्कुल संचालन गरेर शिक्षा प्रदान गर्नु उनको नेपालीप्रतिको योगदान पनि हो ।

डिलारामलाई व्यवसाय भनेको नाफामात्र होइन, जिम्मेवारी पनि हो भन्ने लाग्छ । उनका तीनबटा कम्पनीमा काम गर्ने झण्डै एक सय जना कामदार रहेका छन् । सबै खुशी छन् । उनी जापानमा यस्तो पहिलो नेपाली व्यवसायी हुन् जसले आफ्ना सबै कर्मचारीको सामाजिक बीमा (सोसियल इन्सुरेन्स) बुझाउँछन् । कर्मचारीलाई सुरक्षित महसुस गराउनु नै व्यवसायलाई दिगो बनाउने आधार हो भन्ने उनी विश्वास गर्छन् ।
अबको पाँच वर्ष उनी आफ्ना तीनवटा कम्पनीहरु सपना ग्रुप, डिजी जापान र गोरखापीक स्कुललाई मजबुत बनाउन चाहन्छन् । आफ्ना उत्तराधिकारीलाई व्यवसाय सुम्पेर त्यसपछि भने स्वदेश फर्केर केही गर्न चाहन्छन् ।

साधारण कामदारको रुपमा नान सेक्न जापान पुगेका डिलाराम आज सयौँ युवालाई रोजगारी दिने उद्यमी बनेका छन् । हिजो एक लाख पारिश्रमिकमा काम गरेका उनै डिलाराम आज नेपालीलाई मात्र होइन जापानीजलाई  समेत रोजगारी दिएर लाखौ पारिश्रमिक दिने ठाउँमा पुगेका छन् ।

उनी भन्छन् –‘जापानमा सिकेको सीप र अनुभवलाई नेपालमै लगानी गर्न सके अझ ठूलो काम गर्न सकिन्छ । सफलता भनेको ठुला सपना देखेर मात्र होइन, भिजनसहित कामलाई निरन्तरता दिएर प्राप्त हुन्छ ।”

साधारण कामदारको रुपमा नान सेक्न जापान पुगेका डिलाराम आज सयौँ युवालाई रोजगारी दिने उद्यमी बनेका छन् । हिजो एक लाख पारिश्रमिकमा काम गरेका उनै डिलाराम आज नेपालीलाई मात्र होइन जापानीजलाई  समेत रोजगारी दिएर लाखौ पारिश्रमिक दिने ठाउँमा पुगेका छन् ।

उनको जीवनले यही भन्छ– ‘संघर्षको बाटो सजिलो हुँदैन, तर धैर्य, निरन्तरता र इमानदार मेहनतले असम्भवलाई सम्भव बनाउन सकिन्छ ।’

डिलारामले आफ्नो व्यवसायमा पुस्तान्तरणका लागि सहजिकरण गरिरहेका छन् । अहिले छोरा गिनिजले व्यवसाय सम्हाल्न थालिसकेका छन् । छोरीज्वाईले पनि उनको व्यवसायमा साथ दिन थालेको उनी बताउँछन् । जापानको नायोगामा जीवनसाथी तुल्सीदेवी खरेलका साथ बस्दै आएका डिलारामलाई नेपालको यादले भने जहिल्यै सताइरहन्छ । त्यही भएर जापानको व्यवसायलाई परिवारमा हस्तान्तरण गरेर आफु नेपालमा नै बाँकी जीवन बिताउने उनको योजना रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया