‘जहाँ भएपनि संघर्ष नगरी हुुँदैन, यसैले जीवनसँग त्यस्तो धेरै गुुनासो छैन’ : कमला घिसिङ
- बिन्दु अधिकारी ढकाल
- साउन ३, २०८२
- 0
हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यस वर्ष पनि सार्वजनिक भइसकेको छ । देशमा विद्यमान रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्न यस पटकको बजेटमा फरक ढङ्गले संवोधन गर्न खोजिएको समाचार सार्वजनिक भयो । स–साना योजनामा बजेट सकाउनुु भन्दा कसरी वेरोजगारीको दीर्घकालिन समाधान गर्ने ? यसतर्फ सरकारको ध्यान खिचिएको पाइयो ।
नेपालमा रोजगारी नभएर होइन, आकर्षक कमाई नभएर चाहिँ समस्या उत्पन्न भएको अड्कल र तर्क छ । यहाँ थोरै काम गरेर धेरै प्रतिफलको आस गरिन्छ । कम समय खट्दा ठुुलो मूुल्य कहाँ आर्जन हुुन्छ ? यहाँको मूुल समस्या नै यही हो । अर्को, विलासि वस्तुुको प्रयोग अर्थात् उपभोगमा पनि सीमा छैन । उपभोग्य वस्तुुमा हरेक नेपालीको माग बढ्दो छ । हात–हातमा स्मार्टफोन छ । इन्टरनेट छ । हिजो साइकल चढ्नेहरु मोटरसाइकलमा सवार छन् । मोटरसाइकल चढ्ने गाडीमा लम्किसके । आफ्नो पहुँच बढाइसके । आम्दानी नबढी क्रयशक्ति कहाँबाट आउछ ?
खरले छाएका घर प्रायः छैनन् । कृषिकर्म कागजमा मात्र सीमित भइसक्यो । त्यो बेला घुुमघाम भनेको मावल जाने कि हाटबजार धाउने चलन यतिखेर ‘प्याकेज’ लिएर विदेश सयरमा परिणत भयो । उसो त यहाँ आन्तरिक भ्रमण गर्ने संख्या पनि कम छैन । धार्मिक आस्थामा हिँड्ने जमात अर्कै (ठुलो) छ । यो सबै नियाल्दा जीवन कसरी चलेको छ ? जस्तो आफ्नो तरिका उसरी नै चल्ने चोला रहेछ भन्ने लाग्छ ।
अध्ययनको सिलसिलामा राजधानी आउने क्रम रोकिएको छैन । पढ्नकै लागि भनेर लाखौं खर्चेर विदेशीने संख्या भेलबाढी छ । नेपाली रुपैयाँको मूल्य थोरै छ, तुुलनात्मक रुपमा विदेशी आर्जन (न्युनतम कमाए पनि) सटही धेरै हुुन्छ । यस प्रलोभनले पनि पलायन दर बढ्दो छ । विशेषतः चिलगाडी यात्रा एकपछि अर्को अर्को पछि अर्को फेसन जस्तो भयो ।
उसो त गाउँबाट शहर वा राजधानी पढ्नका लागि मात्र नभएर आवश्यकतायुक्त परिस्थितिले पनि मानिसको गन्तव्य तय हुुने रहेछ । विश्वप्रसिद्ध एउटा भनाइ छ कि यात्राले मानिसको भाग्यको उदय हुुन्छ । ब्याडमा हुुर्किएको बिउ झिकेर खेत रोपे जस्तो । मकै गोड्दै बिरुवा सारे जस्तो । घना-ठुुलो जङ्गल कहाँ एक नासका रुख मात्र हुन्छन् र ?
त्यहाँ जातजातका बोट बिरुवा र विभिन्न तुुलफुुल हुुन्छन् । कति बढालुु हुुन्छन्, कति बढ्न सक्दैनन् । कति फुल्ने फल्ने हुन्छन्, कति फल्दैनन्, फुल्दैनन् । कति जाग्छन्, कति जाग्दैनन् । जे होस्, जराले ठाउँ नछोडेसम्म संघर्षमय परिस्थिति सामना गरिरहेका हुुन्छन् । सहज असहज समय मध्यमार्ग व्यथित गरिरहेका हुुन्छन् ।
यस्तै सन्दर्भसँग मेलखाने जीवन्त पात्र हुन्– कमला घिसिङ । त्यो बेला छोरीलाई पढाएनन् । गाउँमा स्कुुल थियो । दाजुुभाइ पढ्न जान्थे । कमलाका हजुुरबा लाहुुरे हुुन् । हजुुरआमा लाहुुरेनी । ब्रिटिस सेनामा कार्यरत बाजेको पालादेखि नै घरमा स्टील र सिलवरको चलन थिएन । कमलालाई चाँदीजस्तै रङ सिलवरको थालमा खाना खान मन लाग्थ्यो तर उनले जतिनै रहर गरे पनि त्यो साइत जुरेन । टलक्क टल्किने भनौँ, नयाँ हुन्जेल आफ्नै ऐना देखिने स्टीलको गिलासमा पानी पिउन मन लाग्थ्यो तर उनले त्यो अवसर पनि पाइनन् । जब उनको घरजम भयो, उही परिस्थिति रहेन ।
“म जन्मिएको जिल्ला दोलखा हो । मेरो घर पनि दोलखा नै । बिहे हुुँदा १७ वर्षकी थिएँ । म आफैँ भागेको होइन, हाम्रो मागी बिहे हो । मेरो श्रीमान्को थर पाख्रीन हो । बिहे गरेर गए पनि हाम्रो थर परिवर्तन हुुँदैन । परिवर्तन भन्ने कुुरा मानिसको मानसिकता र सोचाइ मात्र हो । भनाइ नै छ, मान्यताका लागि मान्ने भनेर । जे होस्, श्रीमानको घर गए पनि हामी लिखतमा भने लेख्दैनौँ । मेरो नागरिकतामा घिसिङ नै छ ।
राजधानी छिरेको लामो समय भइसक्यो । यता बसेर बानी नै यतैको प¥यो । यहाँको स्थायी बासिन्दा होइन्छ, होइन्न अर्को कुुरा । मान्छे मरेर जाँदा भोलि यो पृथ्वी नै आफ्नो हुुँदैन भने तेरो यो मेरो मलाई त मतलब पनि छैन, लाग्दैन । हाम्रा चार जना छोराछोरी छन् । ठुली छोरीले स्कुल पढ्दै बिहे गरिन् । अहिले नातिनी १२ वर्षकी भइन् । नाति ६ वर्षको भयो । हाम्रो एक भाइ छोरा बाहिर छ, टर्की । उसले यता प्लस टु सकेर बाटो ततायो । धेरै भएको छैन गएको, भर्खर चार महिना पुग्दैछ ।”
हँसिलो मुुहार ! कमलाको शैली नै यस्तो रहेछ, जति सुुनो उती सुनौ सुनौ लाग्ने । मिठास भरिएको बोलीलाई मैले सोधेँ, पढ्न कि काम गर्न किन छोरो विदेश पठाउनुु भयो ? टर्की पुग्न सानो रकमले पुुगेन होला ? मोटो नगद ऋण नै काढ्नु भयो होला । बैकबाट कि सहकारीबाट कसले सहायता गरे ?
“ऊ काम गर्नकै लागि गएको हो । यताबाट पठाउन दश लाख लाग्यो । व्यक्तिबाट लिएको पैसा हुुनाले अनेत्र धाउनुु परेन । ब्याजमा नपर्नुु अर्को सहुुलियत भयो । मलाई पर्दा भाइले हाल्दियो । अब उसको छोरी विदेश जाँदा मैले हाल्दिनु पर्छ । हाम्रो छोराले अलिअलि पठाउन थालेको छ । उता काम पायो ठीकै होला भन्नु पर्यो । के गर्नुु अहिलेका बच्चाहरु देशमा अडिन मान्दैनन् । खर्च जुटाउन उपाय थिएन भने पठाउन सक्ने थिएनौँ । सबै आफन्त हुुनाले व्याज परेन !”
मकै सबै सकिन्छ, बाँकी रहदैन । प्रतिगोटा १७ रुपैयाँ खरिद मूूल्य पर्छ । मैले बेच्ने भनेको काँचो मात्र हो । सयको पाँच घोगाका दरले बेच्छुु । पोल्न सजिलो छैन । हुन त यो भारी बोकेर ‘मकै मकै’ भनेर आवाज दिदै हिँड्न, डुल्न पनि सजिलो कहाँ छ र ?
आफन्त–आफन्त बिच कति गुुलियो व्यवहार ! यी वाक्य सुुनेर त झन् मलाई गाउँघरमा गरिने पर्मको याद आयो । कृषि मेलापातमा कामको बाँडफाँड हली रोपाहार धाउदाको याद आयो । लाहुरेका सन्तान कमलाका माइती । पानी पिउन ढलोटको आम्खोरा थियो । खाना खान चरेसका थाल थिए । तामाका भाँडा र चरेसकै बोटुुका बाहेक वर्तन चलाउन रहर गर्दा पनि घर (माइत) मा साइत नजुरेको प्रशंगलाई अग्र्यानिक पारा खुलस्त गरिन् ।
उनलाई जति सुुनो उती आश्चर्य ! छोरी मानिसलाई पढाउनुु पर्छ भन्ने चेतना सुरु भइसकेको नेपाली समाजमा कमलाको माइती गाउँ (घर) मा ‘छोरी सन्तानलाई स्कुल पठाउनु हुदैन’ भन्थे भनेको सुन्नु अर्को आश्चर्य भयो । यहाँ कति अभिभावकको मनसाय आफूूले जुन किसिमले गुजारा गरियो छोराछोरीलाई फरक बाटामा किन हिँडाउने ? भन्ने हुन्छ भने कतिको सोच चाहिँ आफ्नो स्तरभन्दा माथि हुनुपर्छ भनेर हर प्रयास अहोरात्र मिहिनेत गरेको देखिन्छ । हरेक आमाबाउको ध्येय छोराछोरीले आफूूलाई जितुन् ! भन्ने हुन्छ ।
कमलासँग गफिन बाँकी नै थियो । डोकाभरि खादिएका मकैका घोगातिर आँखा फैलाउँदै मैले कुरो उक्काएँ । यी मकै आजको आजै बिक्छन् ? यिनको खरिद मूल्य कति पर्छ ? यो व्यापार बाहेक अरु के काम गर्नुहुन्छ ? श्रीमान् जागिरमा कि ? “मकै सबै सकिन्छ, बाँकी रहदैन । प्रतिगोटा १७ रुपैयाँ खरिद मूूल्य पर्छ । मैले बेच्ने भनेको काँचो मात्र हो । सयको पाँच घोगाका दरले बेच्छु । पोल्न सजिलो छैन । हुन त यो भारी बोकेर ‘मकै मकै’ भनेर आवाज दिदै हिँड्न, डुल्न पनि सजिलो कहाँ छ र ?
मेरो डोकाको लागि दैनिक ६० घोगाका दरले खरिद गर्छुु । कुुनै दिन ७० अथवा १०० पनि हुुन सक्छ तर ५० चाहिँ अनिवार्य हो । सिजनको काममा म बानी परेँ । यो व्यापार बाहेक अरु केही गर्दिनँ । घरभित्र गरिने काम जति नै उतारे पनि त्यस जिम्माको लेखाजोखा गर्ने चलन हाम्रोमा बसेन । म यताबाट गएर खाना पकाउछु, खुवाउछु, खान्छु र कोठा सफा गर्छु । अरु सम्झेर नसक्ने थुप्रो काम हुन्छ ।”
मैले यसरी व्यापार सुुरु गरेको एक वर्ष भयो । म पहिला ज्यामी काम गर्थेँ । मेरो श्रीमान् मिस्त्री । थर पाख्रीन भए पनि उहाँ रक्सी खानुहुन्न । हुुन त हाम्रो जातले पाएको भन्छन्, रक्सीलाई । खानेले खान्छन् पनि तर यसमा मेरो फरक मत– अब यो कुरा पहिलाको भयो
त्यहाँ ग्राहकको आगमन भयो । मूुल्य तिरेर लैजाने कति आए । कतिले दाम सोधेर बुुझेर एकछिनमा आउछु भनेर छाडिहिँडे । कमलाले भनिन्, “बोल्नै परेपछि झुट किन बोल्नु ? मैले यसरी व्यापार सुरु गरेको एक वर्ष भयो । म पहिला ज्यामी काम गर्थेँ । मेरो श्रीमान् मिस्त्री । थर पाख्रीन भए पनि उहाँ रक्सी खानुहुन्न । हुुन त हाम्रो जातले पाएको भन्छन्, रक्सीलाई । खानेले खान्छन् पनि तर यसमा मेरो फरक मत– अब यो कुरा पहिलाको भयो ।
अहिले नखाने जात वा वर्गले चै बढी नै पिउन थालेका छन् । रक्सी खाने समुुदायका मानिसले बरु खान्नन्, पिउन्नन् । सराबको सेवनले कतिको घर झगडा भएको छ । मादक पदार्थ खाएर सवारी चलाउँदा कति दुुर्घटनामा परेका छन् । मर्नेहरु मरे, गए सकियो । थाहै हुुँदैन आफू मरेको तर बाँच्नेलाई जिन्दगीभरि कति पीडा हुन्छ ? रक्सी खानु ठीक तर उसले चै खायो भने फुलजस्तो जिन्दगी खेर गयो ।”
कुरो बुुझ्दै जाँदा त्यो दिन मौकाले मात्र कमलासँग भेट भयो । हरिया मकै बेच्न एक ठाउँमा पसल थापेर नबसेपछि ग्राहक बोलाउँदै हिँड्नेसँग कहाँ अडिएर कुरा गर्नु ? मेरो लागि समय सोचेजस्तो सजिलो हुने थिएन कि ? कमलाको दिनचर्या दैनिक बिहान चाँडो उठ्नु । मकै आइपुग्नु पहिलै डोको उभ्याएर गाडी पर्खनुु । एउटा सजिलो समय तलमाथि भए–परे मकै गाडीले फोन गर्ने रहेछ ।
संयोगवश गाडी आएन के गर्नुु ? मकै खरिद्न तीनकुने पुग्नु पर्यो । हुुन त कोटेश्वर–तीनकुुने वा तीनकुुने–कोटेश्वर टाढा होइन । संसारमा मानिसले कत्रा कत्रा काम पार गरेका छन्, हुन्छन् भने त्यसको तुलना सिजनका मकैको व्यापार अपायक संघर्ष पनि होइन । यहाँ आफूू बाँच्न अर्काले के भन्छ, कसो गर्छ यो सोचेर समय सक्ने नै होइन । कर्म गर्ने जीवन सहज हुुन्छ ।
आज एकादशी हो तैपनि सोचे अनुुसार व्यापार किन भएन भन्ने प्रश्न थियो, कमलाको । मेरो राय बिहान सकिनसकेको हुनाले त्यो सम्भावना भने मरेको थिएन । त्यही अनुुसार कुुरा बुुझाएर कमलाको ध्यान पुुनः आफूूतिर केन्द्रित गरे र केही थान प्रश्न तेस्र्याएँ । काठमाडौं आएर सुरुको बसाइँ कहाँ भयो ? यतिबेलासम्म यहाँ राजधानीको यो भिडमा बस्न सहजै छ ? परिवारमा राजनीति गर्ने कोही हुनुहुन्छ ? कि, आफैँलाई पनि त्यो रङ्ग चढ्छ ?
“सुरुमा मिनभवन बस्यौँ । अहिले यतै छ, कोठा । भाडा बापत महिनाको आठ हजार तिर्नुपर्छ । जसरी तसरी समय बित्दैछ । जहाँ भए पनि संघर्ष नगरी हुुँदैन, ठीकै छ । जीवनसँग त्यस्तो धेरै गुनासो छैन । यो मन हो सबैभन्दा चञ्चल । मन ठीक छैन भने साराथोक बिग्रन्छ ।
हाम्रो परिवारमा राजनीति गर्ने छैनन् भन्दा द्धन्द्ध कालमा कान्छी फुुपूूको छोरालाई माओवादीले मारे । फुपूकै माइला छोरा वडाध्यक्ष हुनुुहुुन्छ– एमाले पार्टीबाट । जिरी हो नि हाम्रो गाउँ हाम्रो ठाउँ । मान्छेहरुले त्यो भूगोललाई विदेशीभूमि स्वीजरल्याण्डसँग तुलना गर्छन् ।
यो नेता यो सरकार कसलाई के भन्नु ? यहाँ आर्थिक कमजोर भएका नागरिकका लागि खै के नै गरेको छ र सरकारले ? मलाई राजनीति गर्न आउदैन र गर्नु पनि छैन । सबैभन्दा मुख्य कुरा अहोरात्र खटेर दुुःखले पढाएका छोराछोरीलाई देशमा काम दिनु पर्ने हो ।
यो नेता यो सरकार कसलाई के भन्नुु ? यहाँ आर्थिक कमजोर भएका नागरिकका लागि खै के नै गरेको छ र सरकारले ? मलाई राजनीति गर्न आउदैन र गर्नु पनि छैन । सबैभन्दा मुख्य कुरा अहोरात्र खटेर दुुःखले पढाएका छोराछोरीलाई देशमा काम दिनु पर्ने हो । आफू त नपढेको मानिस यहाँ केही अवसर नै छैन भनेर अडिन मान्दैनन्, आजकालका जानकार बच्चाहरु । हामी साना हुुँदा अभिभावकले भनेको हार्न सकिन्थेन, मान्थ्यौँ ।”
कमलाका बुुवा फोक्सोको क्यान्सर भएर बित्नु भएको रहेछ, झन्डै दशक अघि । आमा हुनुहुन्छ । दुई जना आमाबाट जन्मिएका दश जना सन्तान आ–आफ्नो भाग गरिखाएका छन् । गाउँ जान विशेष काम पर्यो भने वर्षमा दुई तीन पटक नै ओहोरदोहोर हुुँदो रहेछ । नत्र जो दैनिकी छ, छँदैछ ।
आम छोरीको जीवन बिहे अघि र बिहे पछि फरक पर्छ । कसैको पनि एकनास हुुँदैन । भाग्यले जुुराएको ठाउँमा पुग्नै पर्छ । भावीको लेखान्त भोग्नै पर्छ । कोही सम्पन्नबाट महासम्पन्न हुुन्छन् त कोही कमलाले झैँ जीवनको रथ हाँकिरहेका छन्, देखिन्छन् । त्यो सम्पन्न परिवारमा जन्मिएकी कमलाले बालापनमा दाजुभाइसँगै पढ्न पाएकी भए ?
उनको आसय गम्भिर र ओझपूर्ण थियो । ‘मैले पढेको भए जागिर खान्थेँ’ कमलासँग गाडा छैन । सधैँ हिँडेर व्यापार गर्ने दिनचर्या जो छ । उसो त उनलाई नगरपालिकाको डर पनि लाग्दैन । त्यो तुलना सडक पेटीमा बस्नेहरु कुन बखत खोसिन्छन् । घरीघरी मारमा परिरहन्छन् । कमलालाई भने त्यो पिरलो पनि छैन । आगामी दिन सहज र सरल किसिमले व्यथित हुन् । हाम्रो कामना उनको शरीरमा रोग नलागोस्, शोक नपरोस् यही शुभेच्छा व्यक्त गर्दछौँ ।















