‘म तागतले भ्याएसम्म खर्पन बोक्छुु तर अबको पुुस्ताले यसरी व्यापार गर्लान् कि नगलार्न ?’
- बिन्दु अधिकारी ढकाल
- भदौ १४, २०८२
- 0
छिन–छिनमा रुपान्तरण चाहने स्वभाव मानिसमा हुुन्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सञ्चालन हुुने व्यापार व्यवसायले मानवीय जीवनलाई चाँडो परिवर्तन गर्छ । पछिल्लो समय टिकटक मार्फत प्रचार प्रसार गरेर सामान्य व्यापारीले आर्थिक पाटोमा छलाङ मारेका छन् भने कुुनै समय ठुुला कहलिएका व्यवसायी सोही अनुुपातमा हिँड्न सकेका छैनन् ।
असमान गतिको मूूल कारण प्रविधिले फरक पारेका उदाहरण हाम्रो समाजमा देखिन थालेका छन् । क्रय विक्रयमा प्रतिस्पर्धा र्सिजना भयो भने कारोबार उँभो लाग्छ । कारोबार उँभो लाग्नुु भनेको प्रथमतः व्यक्ति उठ्नुु हो । उसको जमर्कोले एकातिर रोजगार र्सिजना हुुन्छ भने अर्कोतिर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दछ । आम्दानी अनुसार राज्यलाई कर तिर्नुु पर्छ । कम्पनी भए कम्पनीको नामबाट व्यक्तिगत भए व्यक्तिको नामबाट सरकारको ढुुकुुटीको घेरो उक्सिन्छ ।
नाफा कम होस्, अधिक बिक्रीले सफलतातिर डोहो¥याउछ । मानिसको आवश्यकता पूुर्तिको माध्यम पनि व्यापार नै हो । प्रत्यक्ष रुपमा सिङ्गो समाज व्यापारी नभए पनि अप्रत्यक्ष रुपमा हामी सबै व्यापारी हौँ । क्रेता हौँ । विक्रेता हौँ । विक्रेता पनि क्रेता हौँ अनि क्रेता पनि विक्रेता ।
यद्यपि विधि फरक छ । माध्यम अलग छ । क्रेता विक्रेता बिचको सम्बन्ध भनेको नङ मासुु जस्तै एउटा नभए अर्को अधुुरो । २१ औँ शताब्दी कम्प्युुटरमय जमाना भयो । यतिबेलाको खटाई जो कोही कम्प्युुटर दौडमा छन् । प्रविधिको विकासले कृषि कर्म धान्न मेशीन निमार्ण भएका छन् । यसले खेतबारी जोत्न, अनाज रोप्न, गोड्न र काट्न सहजताका साथ कार्य सम्पन्न गर्छ । प्रविधिमय दुुनियामा मानिसको काम बुुद्घि खियाउने हो । यहाँ विद्घताको सही प्रयोगले महान उपलब्धी हासिल भएका छन् ।
विकास भनेको रुपान्तरण हो अर्थात् रुपान्तरण नै विकास । तथापि परिवर्तन भनेको कायापलट नभएर क्रमशः हुुने अवस्था/व्यवस्था हो भनेर बुुझ्न भुुल्नुु हुुँदैन । हाम्रो नेपाली समाजमा परम्परागत कृषकको संख्या अधिक छ । उही बाटोबाट जीवन गुुजारा चलिरहेको छ । यस्तै मध्यका श्यामकृष्ण बाग श्रेष्ठ हुुनुुहुुन्छ । उहाँलाई देशको राजनीतिबारे थाहा छैन । अरु त अरु देशका प्रधानमन्त्रीको नाम के हो ? फ्याट्ट भन्न जागर चलाउनुु भएन । कुरा गर्दै जाँदा आफ्नै छिमेकी हुुन् भनेर नाम लिनुुभयो । “ए, उहाँ पो देशको प्रधानमन्त्री ?” प्रश्न वाचक शैलीमा भन्नुुभो । केही गमेर फेरि, चुुपचाप हुुनुुभो । एकैछिन मनन गरेर श्यामकृष्ण बाग श्रेष्ठ खित्का छोडेर हाँस्नुुभयो ।
“म काठमाडौंमा जन्मिएको हुुँ । हाम्रो परिवार किसान हुुनाले पढाइ लेखाइतिर भन्दा खेतबारीको काममा लाग्यौँ । आफूूले थाहा पाउदा त्यतै मन गयो । हुुन त पढ्नुुपर्ने रहेछ तर त्यो बुुद्घि आएन । अभिभावकलाई पनि कसैले भनेन छोराछोरीलाई पढाउ लेखाउ भनेर । कसै न कसैले त्यो अर्ती दिएका भए म यतिखेर जागिरमा पो हुुन्थे कि ?
अर्को मनले भन्छ, धेरै पैसा कमाउन व्यापार गर्नुुपर्ने रहेछ । ठुुलो खाले व्यापार, तर आफूूले पढेको छैन । नपढेको मानिसले हिसाब किताब राख्न नसकिएला भन्ने डर भयो र त्यो थालनीतिर लागिनँ । मेरो भित्री मनले सोचेको यो कुरा सत्य हो तर हाम्रो बाले व्यापार गर्नुु भएन । घरमा बसेर पैसा आउछ ? आउँदैन । त्यो बेला उहाँसँग हामीलाई कापी किनेर दिन सक्ने हैसियत थिएन । १६ वर्षको उमेरदेखि मैले खर्पन बोकेँ । मिस्त्री काम गरेँ । यहाँ गरेर खान लजाउनुु हुुँदैन तर नेपालीको आदत काम कम कुुरा बढी छ । विदेश गयो भने सानो सानो कामलाई पनि मिहिनेत गरेर गर्छन ।”
मानिसका अगाडि उभिएर भन्नलाई हामी काठमाडौंबासी हौँ तर धेरै अर्थ नभएका नागरिक परियो । दुुःख सुख जीवन चलेको छ । काम नगरी गफ हान्न आएन मलाई । छ भने छ, छैन भने छैन । आफूसँग नभएको धन छ भन्न सक्दिनँ म ।
२०१६ सालमा जन्मिनुु भएका श्यामकृष्णको पालामा ज्ञान आर्जनको थलो जहातहीँ स्कुुल थिएनन् । देशमै नभएको वातावरण उहाँको घरमा हुुने कुुरा भएन । हुुन त हाम्रो पहिलो पाठशाला घर हो । आमा बुुवा र परिवारको साथ । हाम्रो अनौपचारिक सिकाइलाई औपचारिक बनाउन विद्यालयले पुुलको काम गर्छ । त्यो पुुलको अभावमा जीवन सूूत्र नमिलेको हिसाबजस्तो हुुन्छ अर्थात् हाम्रो सिकाइ कलाको आवश्यकतामा औपचारिकता खड्किन्छ ।
त्यो बेला पढ्न सजिलो थिएन । उहाँका पूूर्खा काठमाडौंकै भए पनि यथेष्ट मात्रामा जमिनका मालिक होइनन् । श्यामकृष्णका बा–काकाले जम्माजम्मी छ आना जति जमिन बेचेको इतिहास रहेछ । ठुुलो परिवार हुुनाले छुुटफुट हुुँदा भएको जमिन पनि टुुक्रियो । बरु श्यामकृष्णले आफ्नै श्रमबाट दुुई रोपनी जमिन किन्नुु भयो । कृषकका छोरा श्रेष्ठ कलिलो उमेरदेखि बाकै लाइनमा हिँड्नुु भयो । उहाँका बाले जीवनमा नगर्नुु भएको काम व्यापार हो तर त्यो कर्म श्यामकृष्णले सुुरु गर्नुु भयो । आफ्नै बारीमा तरकारी फलाएर आफूूले जति धान्न सक्नुु भयो, त्यही कृषिले रोजगार दियो ।
“मानिसका अगाडि उभिएर भन्नलाई हामी काठमाडौंबासी हौँ तर धेरै अर्थ नभएका नागरिक परियो । दुुःख सुख जीवन चलेको छ । काम नगरी गफ हान्न आएन मलाई । छ भने छ, छैन भने छैन । आफूसँग नभएको धन छ भन्न सक्दिनँ म । दुुःखले जोडेको थोरै भए पनि हाम्रो नाममा जमिनको पूूर्जा छ । पहिला पैसा धेरै महंगो थियो । बाका दाजुुभाइले व्यापार गर्नुु भयो । घाँस काट्ने गोबर सोर्ने हाम्रो बालाई घर व्यवहार टार्न निकै नै समस्या थियो । उहाँ त्यो सकसलाई लुुकाउन खोज्नुु हुन्थ्यो तर सानै भए पनि यी आँखाले देखिन्थ्यो । त्यो युग अब इतिहास भयो ।
पहिला पहिला जसरी कृषि गरियो, उही परम्परा सजिलो लाग्छ । नपढेको मानिस हुुनाले नजानेको काममा हात हाल्न आँट आएको छैन । कौशलटार–कोटेश्वर गाडीमा गएर त्यहाँबाट हिँड्दै पाटन पुगिन्थ्यो । यदि वरै तरकारी बिक्यो भने खाली खर्पन बोकेर किन जानु ?
बालकोट माइक्रो पार्क नजिकै हाम्रो घर छ । यही ठाउँ पहिला कति सुुनसान र एकान्त थियो तर यतिखेर खुुब चहलपहल र चलायमान छ । यहाँका नागरिकले आफ्ना खेतलाई घडेरीमा परिणत गरे । त्यस घडेरीमा मानिसले घर बनाए । गाउँ शहर त भयो तर खेतीयोग्य जमिन सानो र साँघुुरो मात्रै भएन, सिमेन्टको जङ्गलमा परिणत हुुँदै गयो । त्यसको परिणाम सुुन झैँ धानका बाला हेर्न नपाइने भयो ।
म आफ्नो जमिनमा तरकारी उत्पादन गर्छुु । सिजन अनुुसारको काममा रमाउने बानी प¥या छ । यहाँको मलिलो माटोमा जे लगायो राम्ररी फल्छ । मेरो अचम्मको बानी म आफ्नो बारीको उत्पादन मात्र बेच्छुु । अरुको सामान खरिद गरेर बजार लैजाने आदत भएन । आफ्नो बारीमा तरकारी छैन भने मिस्त्री काम गर्न हिँड्छुु । हुुन त बिहान तरकारी व्यापार दिउँसो काममा जाने गरेर लामो समय बिताएँ । हरेक दिन बिहान चार बजे हिँड्नुु पर्छ । घरबाट बसस्टप पुुग्न समय लाग्दैन, नजिकै छ । लोकल गाडी चढेर कोटेश्वर पुुग्छुु ।
भोलि बेच्ने तरकारी अघिल्लो बेलुुकै टिपेर खर्पन भरिसकेको हुुन्छु । सिजनको साग, फर्सीको मुुन्टा, सलगम, गाजर, मुुला, टमाटर, लसुुन, हरियो प्याज, हरियो धनिया, चम्सुुर पालुुङ सबै फल्छ । आफ्नो उत्पादन भनेको आफ्नो हो भन्ने लाग्छ । आफूूसँग भएको चिज बेच्न मलाई लाज लाग्दैन । कसैको चोर्नुु पो हुुँदैन ।
सानो उमेरदेखि खटेर गरेको काम हुुनाले रमाईलो लाग्छ । पहिला पहिला जसरी कृषि गरियो, उही परम्परा सजिलो लाग्छ । नपढेको मानिस हुुनाले नजानेको काममा हात हाल्न आँट आएको छैन । कौशलटार–कोटेश्वर गाडीमा गएर त्यहाँबाट हिँड्दै पाटन पुगिन्थ्यो । यदि वरै तरकारी बिक्यो भने खाली खर्पन बोकेर किन जानु ? फर्किने । समयमा घर पुुगेदेखि बारीमा काम भ्याइन्छ ।”

श्यामकृष्णका छोरा बुुहारी रोजगार गर्न दुुबई गएका थिए तर यतिबेला यतै देशमा नै छन् । आफूूले नपढे पनि छोराछोरी पढाउनुु भयो । समयसँगै अघि बढाउनुु भयो । यसमा उहाँको मन खुुसी छ । यो खुुसी परिवारमा पनि छाएको हुुनुुपर्छ । ठुुलो छोराका दुुई जना सन्तान छन् । सानो छोरा र छोरीका एक एक जना । यसर्थ हजुरबा भइसक्नुु भयो श्यामकृष्ण । हसिलो शैलीमा आफ्ना नातिनातिनाबारे बयान गर्न छुुटाउनुु भएन । कुुरा आउछ, स्वास्थ्य र शिक्षाको । नेपालमा यी दुुई क्षेत्रलाई धान्न चर्को छ । विरामी पर्दा उपचार गर्न थोरै पैसाले पुुग्दैन । अनि, शिक्षा उतिनै महंगो छ । जुुन कुरा विदेशमा नागरिकका लागि ‘फ्रि’ हुुन्छ ।
श्यामकृष्णको पालामा दैनिक बेलुकाको समय पढ्ने चलन थियो । तोकिएको स्थानमा कापी कलम बोकेर पुुग्नुु पथ्र्यो । घरको भूुइँ तलामा गुुन्द्री ओछ्याएर बस्नुु पर्ने व्यवस्था थियो । घरमा ठुुलो परिवार हुुनाले र खास गरेर बुुवासँग कापी किन्न सक्ने क्षमता नहुुँदा पढाइतिर मन जान पाएन ।
हाम्रो नौ जनाको परिवार छ । सकेको काम गरो खायो । औकातले नभ्याउने सपना देख्नुुको अर्थ छैन । यहाँ कुुनै वाद वा तन्त्रले मात्र देश चल्ने होइन । देश चल्न विदूुता, नैतिकता र राजनीतिक संस्कार चाहिन्छ तर म नपढेको मान्छे । धेरै बोल्न जान्दिनँ ।
“हाम्रो नौ जनाको परिवार छ । सकेको काम गरो खायो । औकातले नभ्याउने सपना देख्नुुको अर्थ छैन । यहाँ कुुनै वाद वा तन्त्रले मात्र देश चल्ने होइन । देश चल्न विदूुता, नैतिकता र राजनीतिक संस्कार चाहिन्छ तर म नपढेको मान्छे । धेरै बोल्न जान्दिनँ ।
बहिनी, भर्खरै तपाईले सोध्नुु भयो नि अलि राम्रो मोबाइल छैन भनेर । म सँग मोबाइल छ, राम्रो नै छ तर भएर के गर्नुु चलाउन आउदैन । कसैलाई फोन गर्न पनि जान्दिनँ । घण्टी बज्यो भने उठाउँछुु । म नपढेको मानिस भए पनि यति कुुरा चाहिँ भन्छु, संसारमा व्यापारले मानिसलाई निकै माथि उठाएको छ । देश विकासको मूल आधार व्यापार व्यवसाय र उद्योग धन्दा हो रहेछ ।”
वास्तवमा श्यामकृष्णलाई झूूट बोल्न पनि आउँदैन । आफ्नो आर्थिकबारे दूूधको दूूध पानीको पानी लुुकाउनुु भएन । उपत्यकाभित्र मूूल थलो भएका नेवारले पर्वते भाषामा यति सहजता साथ कुुरा गर्नुु भएको सुुनेर मैले आश्चर्य प्रकट गरेकी थिएँ । मेरो जिज्ञासामा उहाँले भन्नुुभयो, मलाई पर्वते भाषा सजिलो लाग्छ । हाम्रो घर छेउछाउ नेवार मात्र छैनन् । त्यसो भएर पनि हो कि ? हुुन त भक्तपुरकै कतिलाई पर्वते भाषा आउँदैन । मलाई चै सजिलो लाग्छ ।”
आखिर सबै कुुरा अभ्यास हो । उहाँको दैनिकी पनि अभ्यास नै त हो नि । तरकारीमा कतिको विषादी छर्कनुु हुुन्छ ? भनेर प्रश्न सोधेकी थिएँ । उहाँले विषादी होइन भिटामिन छर्किने कुुरा गर्नुु भयो । बिरुवालाई त्यो नदिए केही हुुँदैन, फल्दैन भन्नुभो । अर्को, २०१६ सालको जन्म १६/१७ वर्षको उमेरदेखि खर्पन बोक्नु भएको छ, शरीरमा कुनै किसिमको रोग छ, छैन भनेर सोधेँ ।
“म प्रेसरको औषधी खान्छुु । पहिला डरलाग्दो रोग लागेको थियो, आन्द्र्रामा क्यान्सर । पाटन अस्पतालमा त्यसको सफल उपचार भयो र निको भएँ । पन्ध्र वर्ष अघिको कुुरा हो । म आफ्नो तागतले भ्याएसम्म खर्पन बोक्छुु तर अबको पुुस्ताले यसरी व्यापार गर्लान् कि नगलार्न ? यसै भन्न सक्ने अवस्था छैन ।” यति भनेर उहाँले आफ्नो कुुराको बिट मार्नुु भयो । खर्पनभरि साग सब्जी व्यापार गर्न हिँड्नुु भएका श्यामकृष्णलाई मैले पनि धेरै अल्झाउन चाहिनँ ।
मानिसको जीवन बाहिरबाट हेरेभन्दा फरक हुुन्छ, प्रत्येकको अलग हुुन्छ । यही कारण संसार संसार जस्तो छ । बजार बजार जस्तो छ । गाउँ गाउँ जस्तो छ । समाज समाज जस्तो छ । देश देश जस्तो छ । भाषा भाषा जस्तो छ । भेषको भेक विदेश विदेश नै हो । त्यहाँ गएर जतिनै रमाईलो देखाए पनि नेपाली मन सन्चो छैन । आखिर नेपाल भनेको नेपाल हो । भनाइ नै छ नि, अरुको लाख आमाको काख !














