बन्देजले रोकेन घरेलु काममा विदेश जान, जोखिम अझ बढायो : आमकास नेपाल

news-details

वैदेशिक रोजगारमा घरेलु श्रमिकका रुपमा जान सरकारले लगाएको बन्देजले जोखिम अझ बढाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई विभिन्न माध्यम भएर रोजगारीका लागि विदेश पुगेकाहरु अझ बढी जोखिममा पर्ने गरेको तथ्याङ्कले देखिएको हो ।

वैदेशिक रोजगारमा जाने महिला श्रमिकहरुलाई सचेतना, उद्धार लगायतमा सहयोग गर्दै आएको गैरसरकारी संस्था आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले सञ्चालन गरेको अल्पकालिन आश्रयस्थल (सेल्टर) मा आउने मध्ये ७५ प्रतिशत महिला कागजातविहिन हुने गरेको अध्ययनले देखाएको छ ।

गत एक बर्षभित्र आमकास नेपालको सेल्टरमा बसेका १ सय ७२ जना मध्ये ७५ प्रतिशत कागजातविहिन रहेकाु हुँदा बन्देजले निम्त्याएको जोखिम स्पष्ट हुने आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठ बताउँछिन् । कागजातविहिन भएकाहरु श्रम शोषण, ज्याला ठगि, मानव तस्करी तथा शारिरीक हिंसाको जोखिममा पर्ने बढी सम्भावना हुने गरेको श्रेष्ठको भनाई छ ।

अफ्रिकाबाट यौन व्यवसायमा लगाउन नेपाल

आकर्षक तलव सुविधा उपलव्ध गराइने आश्वासनमा मानव तस्करले नेपाल ल्याएकी युगाण्डाकी एक महिलालाई आमकास नेपालले उद्धार गरी स्वदेश फर्काएको छ । ती महिलालाई यौन व्यवसायमा जवर्जस्ती लगाउने उद्धेश्यले मानव तस्करले नेपाल ल्याइपु¥र्याएका थिए ।

धम्कीका वावजूद ती महिला भागेर गुहार माग्दै आमकास नेपालको सम्पर्कमा आइपुगेकी थिइन् । उनलाई सुरक्षित आवास गृहमा राखेर सम्वन्धित निकायसँगको समन्वयमा स्वदेश फिर्ता गरिएको हो । ती महिलालाई नेपाल ल्याउने एक महिला पक्राउ परेकी छन् । त्यसरी यौन व्यवसायमा लगाउने उद्धेश्यले युगाण्डाबाट नेपाल ल्याउने मानव तस्कर विरुद्ध मानव बेचविखन अनुसन्धान व्यूरोमा उजुरी दर्ता भएको आमकास नेपालले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *