नयाँ श्रम स्वीकृति खुलाउने सरकारको निर्णय, विदेशबाट गैरआवासीय नेपालीसहित दैनिक ८ सय नेपाली आउन सक्ने (मन्त्रिपरिषदको निर्णयसहित)

news-details

सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा रोजगार खुला भएका गन्तव्य मुलुकका सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति स्वीकृति खुला गर्ने निर्णय भएको जानकारी दिएका हुन ।

यस्तै मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ । यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेकोमा आइतबारको मन्त्रिपरिषद् बैठकले उडान संख्या थप गर्ने र गैरआवासीय नेपालीसहित दैनिक ८ सयसम्म यात्रु नेपाल आउन पाउने व्यवस्था गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

तथापी गैरआवासीय नेपालीको हकमा भने नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने र यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिने व्यवस्था गरिएको छ । साथै, सरकारले नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई पनि सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।

यता भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान भने असोज १ गतेसम्मका लागि स्थगित गर्ने निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *