स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति बनाएको हो ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन् ।

समितिमा सातै प्रदेशका प्रदेश सभापतिहरू र जिल्ला सभापतिहरु पदेन सदस्य रहने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया