लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा ढकाल बिजयी

news-details

नेपाली कांग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र प्रसाद ढकाल बिजयी भएका छन् । शुक्रबार राति भएको मतगणनामा ढकाल १०३ मत ल्याएर बिजयी भएका हुन् ।

फोरमको दशौ साधारणसभा पछि भएको निर्वाचनमा अध्यक्ष पदमा ढकालसहित ४ जनाले प्रतिष्पर्धा गरेकोमा ढकालले १०३ मत, भुवन सिं गुरुङले ५६ मत, ऋषि शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याएका थिए । निर्वाचनमा कुल २४४ मत खसेकोमा २ म तबदर भएको थियो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी भगीरथ राईले ८३ मत र थिरमणि पौडेलले ५३ मत प्राप्त गरेका थिए । उता उपाध्यक्ष पदमा जनक खड्का (प्रकाश) १६३ मतका लाथ बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मोहन कुमार ढुंगेलले ७६ मत र मित्रदेव घिमिरेले ६१ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा भवानी निरौला १५३ मत ल्याएर बिजयी भए । उनका प्रतिष्पर्धी चिरञ्जीवी बस्यालले ८६ मत प्राप्त गरेका थिए । यस्तै सचिव पदमा कमल काफ्ले १६० मतका साथ बिजयी भए । उनका प्रतिद्वन्दी प्रकाश बोहराले ७८ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा कृष्ण कुमार जैशी १०३ मत ल्याएर बिजयी भए । उनका प्रतिष्पर्धी सञ्जय पनेरुले ६९ मत र इन्द्र प्रसाद आचार्यले ६७ मत ल्याएका थिए ।

यसअघि सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला र सदस्यहरुमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्रमणी पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल, राजेश गौतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *