मलेसिया रोजगारी : श्रम स्वीकृतिका लागि व्यवसायीहरुले विभागमा फाइल पेश गर्ने

विभागमा विवरण नबुझाउने संघको निर्णय
news-details

मलेसिया रोजगारीका लागि सम्पूर्ण प्रक्रिया पुरा गरि कलिङ भिसा आएका कामदारहरुको अन्तिम श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको काठमाडौ शाखा कार्यालय ताहाचलमा मंगलबारबाट फाइल पेश गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्पूर्ण व्यवसायीहरुलाई आब्हान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत तर्फको कलिङ भिसा आएका कामदारलाई श्रम स्वीकृति दिन निर्देशन दिएपनि संस्थागत तवरबाट कलिङ भिसा आएका कामदारको श्रम स्वीकृति खुल्ला नगरेपछि आज सोमबार बसेको संघको व्यवसायीक भेलाले उक्त निर्णय गरेको हो ।

‘व्यक्तिगतरुपमा कलिङ भिसा आएका २० जना कामदारलाई वैदेशिक रोजगार विभागको निर्देशनमा अन्तिम श्रम स्वीकृति दिइएको पाइएकाले संस्थागततर्फ कलिङ भिसा आएका कामदारहरुको पनि अन्तिम श्रम स्वीकृतिका लागि काठमाडौ शाखा कार्यालयमा फाइल पेश गर्ने संघको व्यवसायीक भेलाले निर्णय गरेको छ ’ अध्यक्ष गुरुङले भने –‘यदि कुनै कारण देखाइ विभागले श्रम स्वीकृति प्रदान नगरेमा उक्त फाइल संघको कार्यालयमा बुझाउन आग्रह गर्दछौ ।’

यसैबीच सोमबार बैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै कलिङ भिसा लागेका कामदारहरुको सम्पूर्ण विवरण विभागमा पेश गर्न भन्दै सुचना जारी गरेकोमा संघले विभागमा उक्त विवरण पेश नगर्न पनि व्यवसायीहरुलाई आब्हान गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले भने-‘कलिङ भिसा आएका कामदारहरुको विवरण यसअघि नै वैदेशिक रोजगार विभागको काठमाडौ शाखामा सम्पूर्ण व्यवसायीहरुले बुझाइसकेको अवस्थामा पुन : विवरण बुझाउन आवश्यक नभएको हाम्रो ठहर छ ।’

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिसा लागेका व्यक्तिगत तर्फको श्रम स्वीकृति दिन निर्देशन दिएसँगै आंशिक रुपमा खुल्ला भएपनि संस्थागत तर्फका कामदारको श्रम स्वीकृति भने अझ खुलाइएको छैन ।

यो पनि पढनुहोस्

मलेसिया संस्थागत खोल्नुको सट्टा व्यक्तिगत खोलेर फेरि चुके मन्त्री विष्ट

विभागले माग्यो कलिङ भिषा लागेका कामदारको विवरण

वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भीषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको छ । सोमबार विभागले सूचना जारी गर्दै म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै कलिङ भीषा लागेका कामदारको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको हो ।

व्यवसायीहरुले यस्तो कामदारको संख्या ९ हजार २३४ रहेको दावी गर्दै आएका छन् । तर, सरकारलाई भने व्यवसायीले त्यस्ता कामदारको ठाउँमा अरु पनि कामदार पठाउन संख्या बढाएको हुन सक्ने आशंकाले विवरण मागेको विभागले जानकारी दिएको छ । सरकारले कलिङ भीषा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिन सुरु गरेको छ । तर, त्यसका लागि दूतावासमार्फत प्रक्रिया पुरा गर्नुपर्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको तर्क छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *