नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : क्रिकेटमा सुदुरपश्चिम प्रदेशलाई हराउदै एनआरएनए टिमको सुखद सुरुवात
- भदौ २३, २०७९
- 0
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको पहिलो क्रिकेट खेलमा एनआरएनए क्रिकेट टिमले सुदूरपश्चिमलाई हराएको छ।
वर्षाले अवरुद्ध भएको खेल जम्मा ६ ओवर खेलाइएको थियो। त्रि.वि. क्रिकेट मैदानमा भएको पहिलो खेलमा एनआरएनए टिमले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूपश्चिम प्रदेश ६४ रनमा समेटिन पुग्यो ।
जीत पश्च्यात एनआरएनए कार्यकारी अध्यक्षले एनआरएनए क्रिकेट टिमलाई जितको शुभकामना दिएका थिए।