म्यानमारमा सैनिक शासकविरुद्धको प्रदर्शनमा हालसम्म १८० जनाको मृत्यु

news-details

एजेन्सी / म्यानमारमा सैनिक शासकविरुद्धको प्रदर्शनमा मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।

गत फेब्रुअरीमा भएका शान्तिपूर्ण प्रदर्शनमा सैनिक शासकले अत्यधिक बल प्रयोग गरिरहेको छ। पछिल्लो पटक आइतबार भएको प्रदर्शनमा ५० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको थियो भने हिजो २० जनाभन्दा बढी मारिएका छन्।

आइतबार लगाइएको मार्सल कानुनपछि प्रदर्शनकारीमाथिको दमन झनै बढेको पाइएको छ। सोमबार प्रदर्शनहरु सामान्य भए पनि दमन झन बढेको थियो। यांगुन लगायतका सहरमा सोमबार भएको प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी मारिएको तथ्यांक स्थानीय अधिकारवादी समूहले संकलन गरेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसको कार्यालयले मार्सल कानून लागू गरेर सैनिक सरकारले आम नागरिकमाथि जबरजस्ती कारबाही गरिरहेको जनाएको छ।

सुरक्षा बलले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास, रबर गोली चलाउने र लगत्तै गोली चलाउने गरेको पाइएको छ।

शान्तिपूर्ण प्रदर्शनमा नेतृ आङ सान सूचीलगायत जननिर्वाचित नेताहरुको रिहाइको माग गरिएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *