बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा
- माघ १५, २०७७
- 0
एजेन्सी / बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रायो भालेकानोमाथि २–१ को पूनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । भालेकानोका फ्रान्सिस्को गार्सियाले सान्त्वना गोल गरे । तीनवटै सबै गोल मध्यान्तरपछि भएका हुन् ।
कोपा डेल रे कै अन्य खेलहरुमा सेभिल्लाले भ्यालेन्सियालाई तीन–शुन्यले हाराएको छ । अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा पाँच–चारले पराजित गरेको छ ।