‘एनआरएन मलेसियाको श्रमिकमैत्री काम देख्न नसक्नेले बदनाम गर्न खोजे’–अध्यक्ष भट्टराई
- रोजगारमञ्च
- साउन ६, २०७७
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले श्रमिकका हीतमा गरेका राम्रा कामलाई देख्न नसक्नेहरुले एनआरएन मलेसियाको बद्नाम गराउने प्रयास गरेको बताएको छ ।
एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराई र महासचिव हेमराज सापकोटाले एक विज्ञप्ती निकाल्दै एनआरएन मलेसियाको बारेमा केही संचारमाध्यमले तथ्यहीन, कपोकल्पित र भ्रम फैलाउन खोजेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘चरित्रहत्या गरी गलत, कपोकल्पित, झुटो, तथ्यहीन समाचार सम्प्रेषण गरेर समाजमा भ्रम छर्ने काम भयो, एनआरएन मलेसिया र हामी नेतृत्व आम नेपाली श्रमिक र उनीहरुको हीतमा काम गरिरहेका छौ’ अध्यक्ष भट्टराईले भने–‘तथ्यहीन आरोप प्रमाणित गराउन म चुनौति दिन्छु ।’
एनआरएन आइसीसीले ५ हजार डलर एनसीसी मलेसियालाई प्रदान गरेकोमा आवश्यकता अनुसार कोरोना पीडितलाई खर्च भएको र खर्च विवरण चुस्तदुरुस्त रहेको पनि एनआरएन मलेसियाले जनाएको छ ।
अध्यक्ष भट्टराईले भने–‘ एनआरएन मलेसियाको राम्रो काम देख्न नसक्नेले बद्नाम गर्न खोजिरहेका छन्, कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु, सबैको मर्म र चाहना अनुसार एनआरएन मलेसिया अगाडि बढ्छ ।’
त्यसैगरी वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेर विरामी भइ अस्पतालको बेडमा छटपटाइ रहेका नेपालीहरुलाई एनआरएन मलेसियाले स्वदेश पठाउने भएको छ ।
बिरामी भएर एनआरएनको शरणमा आइपुगेका नेपालीहरुलाई स्वदेश पठाउन आफूहरुले प्रक्रिया अघि बढाएको अध्यक्ष हरि भट्टराईले बताए । एनआरएन मलेसियाको प्राथमिकतामा विरामी भएका, कामको शिलशिलामा अपाङ्गता भएका परेका छन । यसका साथै स्वदेश फर्कन एनआरएनमा पुगेका नेपालीहरुको श्रमिक कोषको रकमबाट पिसिआर र आरडिटी टेष्ट पनि एनआरएनले गरिदिने भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार छिट्टै राजदुतावाससगँको सम्मन्वयमा बिरामी परि खर्च अभाव झेलिरहेका र विविध कारणले मृत्यु भएका नेपालीको शव पनि नेपाल ल्याउने तयारी भइरहेको छ ।
अध्यक्ष भट्टराईले एनआरएन श्रमिक कल्याणकारी कोषमा ब्यक्तिगतरुपमा ५० हजार रिगिट प्रदान गरिसकेका छन् । उक्त कोषबाट एनआरएनले मलेसियामा पीडित नेपालीलाई सहयोग प्रदान गर्दै आएकोछ ।