प्रविधिलाई अङ्गाल्न नसक्दा हाम्रो व्यवसाय ‘तातो दूध निल्नु न ओकल्नु’जस्तो भयो
- बिन्दु अधिकारी ढकाल
- साउन २, २०८३
- 0
छाप बनाउने मेसिन, कपप्रिन्ट मेसिन, हिटप्रेस मेसिन, स्टीकरकटिङ मेसिन लगायत छन् । थरिथरिका ब्रस र अन्य औजार छन् । मेसिन कम्युुटर अप्रेटरले चलाउनुु हुुन्छ । उहाँलेचाहिँ सधैँ हातले लेख्नुुभयो । गाउँबाट सपना बोकेर काठमाडौंमा झोला बिसाउन आइपुुग्नुु भो । थातथलो छोड्नुुको मूुल उदेश्य अवसरको खोजी थियो र त्यो प्राप्तिको लागि आर्ट (कला कौशल) तालिममा सहभागी हुुनुु भयो ।
सवारी साधनका प्लेटहरुमा नम्बर लेख्न, ‘टोकन अफ लभ’ तयार गर्न, सादा टी–सर्टमा बुुट्टा वा लोगो बनाउन, ब्यानर लेख्न अहोरात्र खट्नुु उहाँको पेसा, जसले रोजगार दियो । ‘आर्टमा लगाव गरे पैसा हावामा उडेको छ भनाइको मतलव कमाइ राम्रो छ ।’ यो बोली सिरहा जिल्ला साविक ढोढना गाविस–२, हाल लाहान न.पा.–१५ ढोढनाका सम्वतलाल चौधरीको हो ।
“२०३९ सालमा मैले एसएलसी उत्तीर्ण गरेको हुुँ । त्यतिखेर ९०० पूूर्णाङ्कको परीक्षा हुुन्थ्यो । अहिलेजस्तो मौका परीक्षाको मौका थिएन । एक वा दुुई विषय फेल भए सबै विषयको जाच लेख्नुु पथ्र्यो । त्यति बेला एसएलसी उत्तीर्ण गर्नुु भनेको गाउँ समाजमा इज्जत नै अर्को हुुन्थ्यो ।”
घरबाट स्कुुल कति टाढा थियो ? मेरो यस प्रश्नमा सम्वतलाल भन्नुु हुुन्छ– “सवा घण्टा लाग्थ्यो । गोरेटो बाटो थियो, साइकल चल्ने बाटो बनेको थिएन र यदि भएको भए पनि हाम्रो बुुवासँग साइकल खरिद्ने आर्थिक थिएन ।” बुवा स्व. सोती लाल चौधरी र माता स्व. देबकी चौधरीको कोखबाट सामान्य परिवारमा जन्मिएका सम्वतलालले दुुःख गरेर पढ्नुु भयो । आफूूले पनि दुुई चार पैसा आर्जन गर्न पाए अभिभावकलाई घर चलाउन सकस हुुने थिएन भन्ने सोचकै कारण श्रमको हुुटहुुटीले छोयो ।
“म एसएलसी उत्तीर्ण भइसकेपछि जागिर खान कर्णाली प्रदेश जाजरकोट जिल्ला पुुगेँ । शिक्षक हुुन त्यहाँ पुुग्दाको अनुुभव म बिर्सुु कसरी ? एउटा स्कुुलमा तीन जना शिक्षक कार्यरत थिए । एक जना शिक्षकले १६ घरको रासनपानी उठाएर जीविकोपार्जन गर्नुुभएको रहेछ । दुुई शिक्षकले १४–१४ घरको । म गएपछि त्यसैलाई चार भाग लगाउनुु प¥यो । एउटा वडाभरिको हिसाब थियो त्यो । मैले जसोतसो नियुुक्ती समर्थन गराएँ तर त्यहाँ मन अडिएन ।”
२०४५/४६ सालतिरको त्यो कुुरो सुुन्दा इतिहास बोलेझैँ भयो । त्यसपछि कहाँ जानुु भयो ? मैले सोधेँ । “जाजरकोटबाट बाटोखर्चसम्म पाएको हुुनाले दैलेख गएँ तर त्यहाँ नियुुक्ति मिलेन । परेन फसाद ? अब कहाँ जाने ? के गर्ने ? म कुुहिरोभित्रको कागजस्तै भएँ । सुुर्खेतमा टिचरको माग थियो । साइन्स र म्याथ पढाउनुु पर्ने रहेछ । मैले कक्षा लिएँ, विद्यार्थीले रुचाए ।”
मलाई लाग्यो, सरको जागिर पक्का भयो । बिनाअड्चन विद्यार्थी–शिक्षक र शिक्षक–विद्यार्थीको सम्बन्ध पुुल सरह कायम भयो । “त्यहाँ प्रावि र निमाविमा दरबन्दी थियो तर प्रावि सरकारी अनुुदानबाट चल्थ्यो भने निमाविमा २५ प्रतिशत घाटा खाएर काम गर्नुुपर्ने अवस्था भयो । २५ प्रतिशत भनेको विद्यार्थीबाट उठ्ने ‘फी’ बाट शिक्षकले पाउने रकम हो तर त्यहाँ हुुनुुपर्ने जति विद्यार्थी, थिएनन् । जेजसरी भए पनि मैले केही समय काम गरेँ ।”
मेरो ध्यान ‘सरस्वती लक्ष्मी आर्ट’ लेखिएको प्लेटतिर केन्द्रित थियो । त्यता पस्नुुअघि सम्वतलालले भन्नुु भयो । “म छुुट्टीमा घर आएको थिएँ । बिदा सकियो तर जागिरमा जान मन लागेन र गाउँमा खेती गरेँ । पशुुवस्तुु पालेको हुुनाले मलको दुुःख थिएन । समयमा पानी पथ्र्यो । मैले सपार्न नसकेको वन्दा हो । साँच्चै, त्यसले मेरो मिहिनेत चिनेन । त्यो बाहेक सबै राम्रोसँगले फलेको थियो । सप्रिएका बाला धान र गहुुँ । सनपाट पनि लगाउथेँ । त्यस्तै, काउली, आलुु, लसुुन, प्याज, टमाटर, धनिया र मटरकोसालगायत तरकारी हुुन्थ्यो । आँप, लिची, मेवालगायत फलको बगान थियो । चार पाँच कट्ठामा म एक्लैले ट्युुवेल पेलेर जमिन भिजाउथेँ ।”

युुवा उमेर जति बढी खट्यो, उत्पादन बढ्थ्यो । यसमा शंका भएन तर कृषि कर्ममा मात्र तीन वर्ष ? यो त धेरै चाँडै पूुर्णविराम भयो । खेतीलाई मलिला हातको जरुरतले विकल्प खोज्यो । मान्छेको जीवन घरजम पनि गर्नुुप¥यो । उहाँले आफ्नो पारिवारिक प्रशंगलाई यसरी व्याख्या गर्नुुभयो– “हाम्रो बालविवाह हो । म ९/१० वर्षको थिएँ कि ? हाम्रो परम्पराअनुुसार बिहे भइसकेपछि मेरी श्रीमती जुर्मी १० वर्ष माइत बस्नुु भयो । यतिबेला यो चलन हटिसक्यो, छैन ।”
प्रशंग आयो ‘सरस्वती लक्ष्मी आर्ट’ को । समयको छालले सम्वतलाल सरलाई मधेस प्रदेशको सिराहा जिल्लाबाट काठमाडौंतर्फ प्रस्थान गरायो । अर्थात्, अवसरको खोजी गर्दै उहाँ काठमाडौं आउनुु भयो र जीवनका उकाली ओराली अनि भन्ज्याङ चौतारी रङ्गसँग खेलखेल्न सुुरु गर्नुुभयो । त्यो समयलाई कसरी सम्झिनुु भएको छ ? मैले प्रश्न गरेँ ।
“ब्यानर लेख्न काठमाडौं आएर सुुरु गरेँ । पहिला त धेरै राम्रो रोजगार दिएको थियो । यदि त्यो नहँुुदो हो त देशको राजधानीजस्तो ठाउँमा बसेर कसरी परिवारको जिम्मेवारी पूूरा गर्न सक्थेँ ? म एक्लैले नभ्याएर केही सहयोगी राखेर काम गर्थेँ । दुुःख गरेर छोराछोरी पढाएँ । उनीहरुको प्राथमिक शिक्षा राम्रो थियो । त्यही भएर माध्यमिक र कलेज पनि राम्रो भयो । हाम्रा दुुई छोरी जर्मनी छन् । तीन भाइ छोराहरुमा माइलो छोरो मात्र नेपालमा छ । ऊ देशबाहिर जान मन गर्दैन ।”
छोराछोरी विदेश रहेछन्, त्यता घुुमेर आउनुु भयो कि ? मैले सोधेँ । “दुुईपल्ट अप्लाई गरेको हो तर भिसा दिएन । यसकारण छोराछोरीको केकसो छ, हेर्न पाएनौँ । हामीजस्ता साना भूुइँमान्छेले कतै पनि अवसर नपाइने रहेछ । काठमाडौंमा घरघडेरी अनि बैंकमा लाखौंलाख नगद छैन । ठुुलो प्रपटी नदेखिएको अप्लाइलाई एम्वेसीले वास्तै गरेन ।”
भौगोलिक हिसाबले नेपाल सुुन्दर, शान्त र विशाल देश हो । नदेखिएको स्वर्गभन्दा देखिएको धर्तीको यो माटो यहाँको बाटो प्राणभन्दा प्यारो लाग्छ । आमाको काखबाट अलग भएका सन्तानले विदेशबारे के भन्छन् ? “उही कुुरो देश स्वर्गभन्दा सुुन्दर छ तर गरिखान भने यहाँ असाध्यै चर्को र कठिन छ । जुुन स्थिति मैले मेरो जीवनको सुुरुवातबाट भोगेँ र अझैँ भोग्दै छुु । विदेशमा हरेक कुुराको सिस्टम छ । भन्छन्, काममा चै मेशिन जसरी खट्नुु पर्छ । सायद, हाम्रा छोराछोरीले भोगेकै कुुरो गरेका हुुन् । त्यहाँ रोजगारमा छन् । उनीहरुको निर्वाहको लागि समयमै पारिश्रमिक आउछ ।”
समयको परिवर्तनले डिजिटल युुग आयो । प्रविधिको असर कति भोगिरहनुु भएको छ ? विकल्पमा कुुनै योजना छ कि ? “हामी लेखाइमा निर्भर थियौँ तर अहिले लेखाइको काम छ भन्नुु कि छैन ? प्रविधिलाई अङ्गाल्न नसक्दा हाम्रो व्यवसाय ‘तातो दूूध निल्नुु न ओकल्नुु’जस्तो भयो । हुुन त किसानलाई पनि पीडा छ । भनाँै, पीडाबिनाको क्षेत्र सायदै होला । मान्छे रहरले नभएर बाध्यताले पलायन छन् । यहाँ गरिखान सहज वातावरण छैन । विगत लामो समय राजनीतिक उथलपुुथलले अस्थिर सरकार थियो । अब केही सहज हुुन्छ कि ? भन्ने आशा हो तर लडाउने र भत्काउने काम मात्र अगाडि छ ।”
बानेश्वर, कोटेश्वर, भिजन एकेडेमी, कश्मिक र सिद्धार्थलगायत (स्कुुल कलेज)हरुको प्रचारप्रसारमा प्रयोग गरिने कपडाका ती ब्यानर टाँग्न ठाउँ थियो । मिलेको लम्बाई र त्यही अनुुसारको चौडा सेतो कपडामा डिजाइन गरेर उतारिएका राता अक्षर परैबाट आँखामा पर्थे, देखिन्थ्यो तर अब कलात्मक त्यो लेखाइ इतिहास जत्तिकै भयो । पैसा फल्ने काम नभएपछि अरु त सामान्य हुुन् ।
“अरु त अरु ब्यानरको मसी कतिबेला सुुक्ला भनेर पर्खिनै परेन । काठमाडौं उपत्यकाभित्र नगरपालिकाले दिएन । वातावरणीय हिसाबले बेठीक भनेपछि, मानियो । जलवायुु परिवर्तन विश्वको साझा समस्या हो । यसमा हातेमालो गर्नैपर्छ तर डिजिटल फ्लेक्सबाट हुुने नकारात्मक असरलाई नगरपालिकाले किन मनन गर्दैन ? ठाउँठाउँमा सिनेमा झैँ विज्ञापन सवारी चालकको आँखा अगाडि नाचेपछि के हुुन्छ ?” कस्तो जायज प्रशंग उठाउनुु भयो, सम्वतलाल सरले ।
जोखिमबिनाको काम हुुँदैन । गर्दै जाँदा कति ठाउँबाट सकारात्मक आर्जन हुुन्छ भने कतिबाट नकारात्मक । प्लस माइनसबीचको संघर्ष नै जीवन हो । आफ्नो घरव्यवहारलाई अघि बढाउन ऋण वा साटपी बैंक वा सहकारी कताबाट सहज भयो ? मैले सरलाई आर्थिक पाटोतिर लगेँ । “म्याम, मैले धेरै कारोबार सहकारीबाट गरेँ । सानोतिनो घाटा खप्नुु प¥यो । मान्छेको लाखलाख डुुबेको ठाउँमा रुपियाँ र सयको कुुरो नगर्दै ठीक । अचम्म चै आफैँले जम्मा गरेको रकम झिक्न नदिने । कतिले चै कलेक्सन गर्ने तर कम्प्युुटरमा इन्ट्री नगर्ने । अनि, समूूह भन्ने पनि त्यस्तै रहेछ । भेटेसम्म अरुको लुुट्ने, ढुुकुुटीको सौता !”
“सरस्वती लक्ष्मी आर्ट सञ्चानल गरेवापत मैले वडा र करमा छुुट्टाछुुट्टै रकम तिर्नुुपर्छ । सरकार हाम्रो स्रोतबाट चल्छ तै पनि पीडित छौँ किनभने देशमा एउटै नियम कानुुन हुुनुुपर्नेमा त्यो छैन । अडिटरको कार्यशैलीबाट थाहा पाएको छुु, यहाँ लगानीकर्ताले पनि मजदुुरलाई नै भार बोकाउछन् । १५ प्रतिशतसम्म ट्याक्स काट्छन् । कोही प्यान भएकासँग कारोबार नै नगर्ने भन्छन् । दराज, ¥याक, कम्प्युुटर, कुुर्सी टेवललगायत सामानको कोडिङको काम गर्नुुपर्ने हुुन्छ । ग्रामर स्कुुल÷कलेज र सुुयोग्य वचत तथा ऋण सहकारीमा त्यो काम म गर्छुु । मैले समयमा काम सम्पन्न गरिदिएपछि उहाँहरुले पनि उसरी नै मेरो समस्या बुुझिदिनुु पर्छ, कि हैन ?”

अवश्य पनि एउटा बिल बनिसकेपछि अर्को बनाउन असजिलो पर्छ । सिद्धार्थ कलेजबाट पनि पीडा भोग्नुु परेको गुुनासो गर्नुुहुुन्छ, सम्वतलाल सर । उहाँको भनाइअनुुसार कतिपयले स्वयंले बोलेको बोलीसम्म पुु¥याउनुु हुुन्न । काम सानो ठुुलो हुुन्छ तर ठुुलो कामको महत्व जति हुुन्छ, सानो काम त्यो भन्दा अभरको नहोला भन्न सकिन्न । रङ्गसँग खेल्ने मानिसले रङ्ग किन्नुु प¥यो, कपडा सिलाउनुु प¥यो, त्यो सिलाउनेलाई ज्याला चाहियो । बासको भाटा । साधारण हो, भन्न र सुुन्न तर त्यही भाटा नभइ कामको मेलो सर्दैन ।
चौधरी सर समाज सेवामा पनि उत्तिकै सक्रिय हुुनुुहुुन्छ । २०५७ साल चैत २० गतेको दिन ‘भलुुवाही खोला जलाधार संरक्षण सामुुदायिक पोखरी’ सिराहाको निमार्ण कार्यको अध्यक्षता गर्नुुभएको थियो । त्यस्तै, ‘राजदेवी पंचावती मन्दिर’ निमार्णमा पनि उहाँकै अध्यक्षता रह्यो । त्यसो त ‘गाउँफर्क राष्ट्रिय अभियान !’लाई पनि आफू अघि लगाएर हिँड्नुु भएको छ । अर्को, थारु कलाकार समाज नेपाल, काठमाडौं उपत्यका कार्यसमिति– कोषाध्यक्ष हुुनुुहुुन्छ । ‘बासमैत माइझ थारु खाँ खमान वंशावली’ लेखनमा पनि अध्यक्षकै जिम्मेवारी छ । पितृ उद्धारको लागि मन्दिर (देउता घर)को शिलान्यास पश्चात् निमार्ण कार्य हुुँदै छ ।
‘सरस्वती लक्ष्मी आर्ट’ सटरको भाडा दश हजार रहेछ । “कोठा भाडा अलग्गै छ । ट्याङ्करको पानी किन्नुु प¥यो भने महिनामा तीन हजार पर्छ । तपाईले अघि ‘लेखाइको विकल्पमा केही सोच्नुु भएको छ कि ?’ यो प्रश्न सोध्नुु भएको थियो, हैन ? मेरो अपेक्षा माइलो छोरो ‘वल्लो घाट न पल्लो तिर’ नहोस्, बरु मलाई ध्यान दिए राम्रो हुुन्छ भन्छुु, भनिरहेको छुु तर सबै कुुरो सोचेजस्तो नहँदो रहेछ । म आफ्नै तरिकाले अघि बढ्ने मान्छे हुुनाले यो उमेरमा सिकाइ केन्द्रमै गएर कम्प्युुटर सिक्दै छुु । बाँकी कुुरा समयले बताउछ नै । परम्परागत आर्टमा प्रयोग हुुने प्रिन्टर यत्तिकै थन्किएको छ ।”
त्यसो त जीवन सधैँ निरास मात्र हुुँदैन । उत्कृष्ट कारोबार गरे बापतको सुुगन्ध ‘सुुयोग्य वचत तथा ऋण सहकारी संस्था’बाट नगदसहित सम्मान पत्र प्राप्त गर्नुुभएको छ । त्यस्तै, अरु संस्थाले पनि सम्मान र कदर गरेका छन् । यो सुुन्दर संसारमा मानव चोला रहेसम्म कहिले नाफा त कहिले घाटा घामपानी झैँ भइरहन्छ । गाउँफर्क राष्ट्रिय अभियानका अभियन्ता सम्वतलाल सरलाई अन्त्यमा मैले सोधेँ, आजकाल गाउँ कत्तिको जानुु हुुन्छ ? “यता त्यति काम नहुुनाले म गाउँ गइरहेको हुुन्छुु ।”
आफ्नो पेसाप्रति वफादार र मिहिनेती त हुुनुुहुुन्छ नै सम्वतलाल सर साथै समाज सेवाको मार्गमा पनि उहाँको चासो चिन्ता र अतुुलनिय योगदान छ । राष्ट्रले कर्मशील यस्ता नागरिकलाई पहिचानसहित चिनोस् । यहाँ सफलता उसलाई मिल्छ, जो हारसँग पनि उत्तिकै सकारात्मक हुुन्छ । कर्णाली प्रदेशमा शिक्षक हुुन पुुग्दादेखि विज्ञान र प्रविधिको यो समयसम्म आइपुुग्दा समेत उहाँभित्रको उर्जा भण्डार घटेको छैन । हाम्रो कामना शताब्दीसम्म चौधरी सरभित्र यो सक्रियता रहीरहोस् !














