१३औं साग खेलकुद : मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण
- रोजगारमञ्च
- मंसिर १६, २०७६
- 0
१३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । १३औं साग खेलकुदमा मण्डेकाजीको पहिलो स्वर्ण हो ।
उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् । मण्डेकाजीले २६।७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४।९२ अंक प्राप्त गरेका छन्।
बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।