१३औं साग खेलकुद : मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

news-details

१३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । १३औं साग खेलकुदमा मण्डेकाजीको पहिलो स्वर्ण हो ।
उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् । मण्डेकाजीले २६।७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४‍।९२ अंक प्राप्त गरेका छन्।

बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *