सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

news-details

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग गरेको छ ।

एक्लिएर, परिवार र सन्तानको अवहेलना तथा निसन्तानताको कारण बृद्धाश्रमको ढोका ढक्ढक्याउन बाध्य बेशाहारा वृद्ध बृद्धालाई समाजले सहयोग गरेको हो । जीवन र जगतको प्राप्ति वा मोक्षका लागि वा साहराको खोजि गर्दै आश्रय लिरहेको झण्डै ४० जना बृद्ध बृद्धलाई सहयोग गरेको हो ।

६५ वर्ष भन्दा माथिको उमेर समुहका जेष्ठ नागरिक हरु रहने गरेको उक्त आश्रममा सानले सहयोग गरेको हो । पाँच वर्ष अगाडि विश्वब्यापि महामारी कोरोनाको कारण स्वर्गारोहण हुनुभएका स्व. नन्दलाल गौतमको जन्म जयन्ति पारेर सहयोग गरिएको सान स्मृति सेवा समाजका अध्यक्ष रविचन्द्र गौतमले जानकारी दिए । स्व. नन्दलाल गौतमको असमहिक देहवासन पछि पाँच भाइ छोरा तथा बुहारीहरुले स्थापना गरेको सान स्मृति सेवा समाजले वर्षेनी विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ ।

मानवीयता समाजमा ह्रास भइरहेको अवस्थामा सुधार ल्याउन, पूर्वीय संस्कार तथा परम्पारा जीवन्त राख्न र वेशहारा बृद्धबृद्धा सबै प्रति समभाव प्रकट गर्न सहयोग गरेको अध्यक्ष गौतमले जानकारी दिए । घर परिवारले बृद्ध बद्धालाई घृणा र अवहेलनाको दृष्टिकोणले हेरे पछि संरक्षणको खोजिमा बृद्धाश्रम सम्म पुगेका बाआमाहरुलाई सहयोग गर्नु सबैका लागि आफैमा उदाहरणीय कार्य हो ।

बृद्ध बृद्धाका लागि संकलन भइरहेको कोषमा आजिवन सदस्यले गर्ने सहयोग, सबै बृद्ध बद्धालाई ब्यक्तिगत औषधोपचारका लागि नगद सहयोग तथा बिशेष खाना खुवाएर ’बृद्धाश्रममा एक दिन’ भन्ने कार्यक्रम चलाएर सान स्मृति सेवा समाजले सहयोग गरेको हो । सहयोग गर्नु अघि स्व. नन्दलाल गौतमको सम्झनामा माल्यार्पण कार्यक्रम गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *