भण्डारी सेवा समाजले काठमाडौमा मनायो आफ्नो १६ औं साधारणसभा
- बैशाख २१, २०८२
- 0

भण्डारी सेवा समाज नेपालले आफ्नो १६ औ बार्षिक साधरणसभा काठमाडौमा मनाएको छ ।
कुल घर र मुल घर जोड्नको निम्ति भण्डारी सेवा समाज नेपालको अभियान भन्ने मूल नाराकासाथ भव्यताकासाथ भण्डारी समाजले शनिवार बार्षिक साधरणसभा मनाएको हो ।
भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देशभरबाट काठमाडौ आएका भण्डारीहरुको सहभागिता रहेको थियो ।
भण्डारी सेवा समाजका संरक्षक जीवन भण्डारीले भण्डारी सेवा समाजले बिगत १६ बर्षदेखि बिभिन्न सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभयो । देश,बिदेशमा छरिएर रहेका भण्डारीहरुको हितमा समाजले काम गरी रहेको उहाँले बताउनुभयो । ‘देशभर रहेका भण्डारीहरुको लागि मात्र नभएर समस्यामा परेकाहरुका लागि सहयोग गर्न हामी जुटेका हौ’ जीवन भण्डारीको भनाई छ ।
समाजका केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारीले भण्डारी समुदायको हक, अधिकार र एकताकालागि समाजले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि भण्डारीसमाजले यस समाजका आर्थिक रुपले बिपन्न, बिरामी परेका, अप्ठ्यारोमा परेका भण्डारीहरुका साथै अन्य समूदायका व्यक्तिहरुलाई पनि समाजले सहयोग गर्ने जानकारी दिनुभयो । भण्डारीहरुको पहिचान, परिचय र एकआपसमा सहयोग आदानप्रदान र भण्डारीहरुको सशक्त एकताको लागि समाजलाई अगाडि बढाउने समाजको मुख्य उद्धेश्य रहेको बताइएको थियो ।
बार्षिक साधरणसभामा भण्डारी सेवा समाजका पदाधिकारी, समाजका संरक्षक, सदस्य र भण्डारी समाजमा आवबद्ध समाजसेवी व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न सांगितिक कार्यक्रमकोसाथमा नाँचगान र नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले सामाजिक काममा सहभागिता जनाउने, एक आपसमा सहयोग आदान प्रदान गर्ने र भण्डारी समाजलाई अन्य समाजभन्दा नमुना समाजको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा समाजमा बिभिन्न क्षेत्रबाट बिशिष्ट योगदान पु¥याउने भण्डारीहरुलाई सम्मानितसमेत गरिएको थियो ।
कार्यक्रममा समाजले नयाँ वर्ष २०८२को क्यालेण्डर पनि बिमोचन गरेको थियो ।