ब्लड क्यान्सरकी बिरामी बचाउन शेर्पा दाजुभाईको आर्थिक सहयोग

news-details

संखुवासभा जिल्लाका छाङदावा शेर्पा र टासीलाक्पा शेर्पाले आर्थिक समस्याका कारण उपचार गराउन समस्या भएकी देबी जिमीलाई आर्थिक सहयोग गरेका छन् । संखुवासभाको मकालु गाउँपालिका वार्ड नम्बर–१ मकालु वालुङका शेर्पा दाजुभाईले समस्यामा परेकी विरामीलाई आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक समस्याका कारण उपचार गर्नबाट बञ्चित जिमीको स्वास्थ्य लाभको कामना गदै छाङदावाले ५० हजार रुपैया र टासीलाक्पा शेर्पाले ५५ हजार रुपैया सहयोग गरेकाछन् ।


हाल बुढानिलकण्ठ नगरपालिका बस्दै आएका टासीलाक्पा शेर्पा १४ पिक एक्सीडिसनका सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् । मकालु गाउँपालिका सेदुवाकी जिमी ब्लड क्यान्सर भई लामो समयदेखि टिचिङ अस्पताल काठमाडौमा उपचाररत छिन् । आर्थिक समस्याका कारण उपचारमा समस्या आएपछि शेर्पा दाजुभाईले उन्लाई सहयोग गरेका हुन् ।

शेर्पा दाजुभाईले असाहय र आर्थिक समस्याका कारण उपचार गर्नबाट बञ्चित बिरामीकालागि यस अघि पनि सहयोग गर्दे आएकाछन् भने । आर्थिकका कारण उपचार गर्नबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले उनीहरुले सहयोग गर्दे जाने बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *