घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
- चैत्र ८, २०७७
- 0

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
उनका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।
-रासस
0 प्रतिक्रिया
कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको […]
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा […]
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने

गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका […]
स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क […]
शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका […]