बाघको आक्रमणमा बेपत्ता भएकी महिलाको शव फेला
- चैत्र ४, २०७७
- 0

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो ।
बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
-रासस
0 प्रतिक्रिया
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार […]
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन […]
ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली […]
वैदेशिक लगानी भित्र्याउन मंगलबारबाट काठमाडौमा ‘इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम’ सुरु हुदै

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार)देखि काठमाडौँमा सुरु हुने भएको छ । मंगलबारदेखि आगामी […]
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिवमा प्रेम शाहीले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलियाको आगामी कार्यकालका लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानमा […]