त्रिशूलीमा ट्रक खस्यो, दुईजना घाइते
- फाल्गुन २७, २०७७
- 0

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् । उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
0 प्रतिक्रिया
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार […]
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन […]
ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली […]
वैदेशिक लगानी भित्र्याउन मंगलबारबाट काठमाडौमा ‘इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम’ सुरु हुदै

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार)देखि काठमाडौँमा सुरु हुने भएको छ । मंगलबारदेखि आगामी […]
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिवमा प्रेम शाहीले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलियाको आगामी कार्यकालका लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानमा […]