नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ
- माघ २५, २०७७
- 0

कञ्चनपुर, २५ माघ । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
“पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको छ ।
0 प्रतिक्रिया
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार […]
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन […]
ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली […]
वैदेशिक लगानी भित्र्याउन मंगलबारबाट काठमाडौमा ‘इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम’ सुरु हुदै

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार)देखि काठमाडौँमा सुरु हुने भएको छ । मंगलबारदेखि आगामी […]
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिवमा प्रेम शाहीले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलियाको आगामी कार्यकालका लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानमा […]