निषेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यकामा चेकजाँचमा कडाइ
- भदौ ११, २०७७
- 0

काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थपिएसँगै चेकजाँचमा कडाइ गरिएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि सुरक्षाकर्मीले नाका लगायत शहरका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेका हुन् ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा आगामी बुधबार सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय प्रशासनले गरेको थियो ।
नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माणजन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ ।
त्यस्तै अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ ।
तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरण भने भएको छैन ।