वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
- रोजगारमञ्च
- माघ २२, २०७६
- 0
७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनी मुटुसँग सम्बन्धित रोगबाट ग्रसित थिए।
छातीमा संक्रमण भएका कारण उनलाई पाँच दिनअघि गंगालाल अस्पतालमा भर्ना गरिएको थियो र उनलाई मंगलबार साँझ मनमोहन अस्पताल रेफर गरिएको थियो। शर्माका भाई लक्ष्मीनाथ शर्माले आफ्नो भाइको मृत्यु भएको पुष्टि गरेका हुन्। उनको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने छ।
वि.सं. १९४७ मा इलामको मध्यम वर्गीय परिवारमा उनको जन्म भएको थियो। शर्मा एक अनुभवी मिडिया व्यक्तित्व थिए जसले सरकारी टेलिभिजनलाई जीवन्त पार्न योगदान समेत गरेका थिए। उनले एनटीभीमा महा प्रबन्धकको रूपमा पाँच वर्ष काम गरेका थिए।
२००५ मा सेवानिवृत्त भएपछि, उनले गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, बत्तीसपुतालीमा प्रसारण पत्रकारिताको शिक्षा पनि दिएका थिए। ।
यस्तै, शर्माले रिपब्लिका र नागिक दैनिक जस्ता मुख्यधारका समाचारपत्रहरूमा समेत समसामयिक विषयहरूमा रहेर लेखहरू प्रकाशित गरेका थिए।