पोखरीमा डुबेर दाङमा तीन युवतीको मृत्यु
- साउन ६, २०७६
- 0
दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।
उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । –रासस
0 प्रतिक्रिया
रवि लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । […]
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दैँ
संघीय संसद अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत कानून, न्याय तथा मानव अधिकार […]
जेसीजको अध्यक्षमा थापा निर्वाचित
नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन […]
नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग
काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ। नेपाल सन्त […]
दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुनः सञ्चालनमा
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै […]