प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा
- जेष्ठ १६, २०७६
- 0
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो ।
कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले उक्त घटना मिलाइदिनुप¥यो भन्दै प्रहरी निरीक्षकलाई रु १० हजार दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कार्कीले प्रहरीलाई रु ४० हजार दिन्छु, घटना मिलाइदिनुप¥यो भन्दै तत्काल रु १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । अख्तियारको टोलीले उनको साथबाट रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ । (रासस)