बाढीपीडितलाई एनआरएनएको ५ करोड सहयोग, मेडिकल तथा स्वयंसेवक टोली परिचालन गर्ने
- रोजगारमञ्च
- भदौ १०, २०८३
- 0
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।
बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एनआरएनएले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
एनआरएनएले आकस्मिक बैठकमार्फत अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गरेको छ। त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा तथा एनसीसी परिचालनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा मेडिकल तथा स्वयंसेवक टोली तत्काल परिचालन गर्ने निर्णय गर्दै एनआरएनएका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उद्धार र राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गरिएको छ।
त्यसैगरी, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा समेत आवश्यक समिति गठन गरी तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउन निर्देशन दिने निर्णय भएको छ।
एनआरएनएले नेपाल सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न आफू तयार र प्रतिबद्ध रहेको जनाएको छ। सरकार तथा सम्बन्धित निकायसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ।
संघका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यसमेत बाढीबाट प्रभावित भए/नभएको विवरण संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्ने निर्णय भएको महासचिव डा. चिरञ्जीवी खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, राहतका लागि डेबिट कार्ड, पेपाल तथा अन्य डिजिटल वालेटमार्फत एनआरएनएको आधिकारिक पोर्टल, बैंकिङ माध्यम तथा एनसीसी संयन्त्रबाट सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाउने जनाइएको छ।
0 प्रतिक्रिया
कांग्रेस सचेतक निस्कल राई अस्पताल भर्ना, महाधिवेशनमा भोट हाल्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राई अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनी अस्पताल […]
कांग्रेसको १५ औँ महाधिवेशन- मतदान शुरू, मतगणना पनि आजै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त […]
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक […]
सशस्त्रका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ […]
एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको […]









