सशस्त्रका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस
- अशोज २३, २०८३
- 0
काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले गरेको छानबिनपछि बर्खास्तको सिफारिस भएको हो ।
उनलाई भविष्यमा सरकारी सेवामा समेत योग्य नहुने गरी बर्खास्त सिफारिस भएको हो ।
सिफारिसबमोजिम गृह मन्त्रालयमा त्यसको कागजात बनिरहेको स्रोतले जनाएको छ । बर्खास्तको निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको विषय सार्वजनिक भएको थियो ।
जबरालाई असोज ११ गते राति काठमाडौंस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते एआईजी दाहाललाई निलम्बन गरेको थियो ।
0 प्रतिक्रिया
कांग्रेस सचेतक निस्कल राई अस्पताल भर्ना, महाधिवेशनमा भोट हाल्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राई अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनी अस्पताल […]
कांग्रेसको १५ औँ महाधिवेशन- मतदान शुरू, मतगणना पनि आजै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त […]
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक […]
सशस्त्रका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ […]
एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको […]




