व्यवसायीक हकहितका अलवा धेरै सामाजिक कार्यहरू पनि ग¥यौ, अध्यक्ष श्रेष्ठ

news-details

नेपालको उत्तरी नाकाबाट सामान आयात–निर्यात गर्ने व्यवसायीहरूको छाता संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको वर्तमान कार्यसमितिले यही माघ अन्तिममा आफ्नो कार्यकाल पुरा गरेको छ ।

गत अधिवेशनले अशोककुमार श्रेष्ठको नेतृत्वमा वर्तमान कार्यसमिति चयन गरेको थियो । कोरोनाको विकराल परिस्थितिमा बनेको उक्त कार्यसमितिले धेरै असहज परिस्थितिका बावजुत पनि थुप्रै काम गर्न सफल रह्यो । बन्द रहेको उत्तरी नाका सुचारु गराउनदेखि विभिन्न सामाजिक कार्यमा समेत आफ्नो कार्यसमितिले उल्लेख्य कार्य गर्न सफल रहेको अध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ ।

अध्यक्ष श्रेष्ठसँग उहाँको कार्यकालमा भएका कामहरूबारे गरिएको संक्षिप्त कुराकानी :

तपाईंको कार्यकालको समयावधि सकिँदै छ, समग्रमा तपाईंको कार्यकाल कस्तो रह्यो ?

मेरो कार्यकाल कोभिडको चरम समस्याकै बीचमा सुरु भयो । त्यो अवस्थामा पनि सकेको हरप्रयास गरेर म र मेरो कार्यसमितिका साथीहरूले काम ग¥यौ । हामीले कठिन अवस्थाका बाबजुद व्यवसायीक हकहितका अलवा धेरै सामाजिक कार्यहरू पनि ग¥यौ ।

त्यो मैले भन्नेभन्दा पनि सबैले मुल्यांकन गर्ने विषय हो । कोभिड महामारीको समयमा हामीले आफ्नो स्वास्थ्यको प्रवाह नगरी स्वास्थ्य सामग्रीदेखि विभिन्न राहत सामाग्रीहरू वितरण ग¥यौ ।

कोभिड सुरु भएपछि उत्तरी नाका तातोपानी र रसुवागढी नाका बन्द भएको थियो । यसलाई खुलाउन हामीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, वाणिज्य तथा आफूर्ति मन्त्रीदेखि हरेक सम्बन्धित निकायमा गई धेरै घच्घच्यायौ । त्यसको बाबजुत अहिले नाका खुल्यो । अहिले नाका सहज हुदा व्यापार व्यवसायले विस्तारै लय समाउन थालेको छ । साना तथा मझौला व्यवसायहरू पनि फष्टाउन थालेका छन् । यसले आउँदा दिनहरूमा व्यापार बढ्छ र राम्रो हुन्छ भन्ने मलाई लागेको छ । नाका बन्द हुँदा त्यस नाका क्षेत्रका धेरै मानिसहरू विदेश पलायन भएका थिए । नाका खुलेपछि रोजीरोटीको व्यवस्था फेरी सुरु भएको छ । यसले त्यहाँका स्थानीयहरूलाई पनि जोश जाँगर बढेको छ । अनुहारमा हाँसो छाएको छ ।  नेपालमै केही गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ । त्यहाँका कन्टेनर व्यवसायी, होटल व्यवसायी सबैलाई राम्रो भएको छ ।

व्यापारी व्यवसायीहरूले बैंकको ब्याजदरले समस्या बढेको गुनासो गर्दै आएका छन् यसलाई घटाउनका लागि तपाईको कार्यकालमा कस्तो पहल रह्यो ?
बैंकको ब्याजदर घटाउनको लागि पनि हामीले अर्थमन्त्रालयदेखि हरेक बैंक तथा वित्तिय संस्थाहरूसँग पहल ग¥यौ । नेपाल उद्योग बाणिज्य महासंघमार्फत पनि ब्याजदर घटाउनका लागि पहल गरिदिन घच्घचायौ । अहिले बिस्तारै ब्याजदर घट्दै गएको पनि छ । र अझै घट्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

कार्यसमितिमा आउदै गर्दा उठाउनुभएका एजेण्डा अनुसारको कामहरू पुरा गर्न सक्नुभयो या भएन तपाईको कार्यकालमा ?
हामीले जेजति एजेण्डाहरू उठाएका थियौ कठिन परिस्थितीका बाबजुद केहि पुरा गर्न सक्यौ भने केहि अधुरा नै छन । हामीले चाहेर पनि गर्न नसकेका कामहरू पनि छन् । ती अधुरा कामहरूलाई नयाँ कार्यसमितिले पुरा गर्ने विश्वास लिएको छु । अब आउने कार्यसमितिलाई मेरो सदैव साथ, सहयोग र सदभाव रहनेछ ।समग्रमा मेरो कार्यकाल राम्रो या नराम्रो भयो भन्दा पनि यो सबैले मुल्यांकन गर्ने विषय हो । सबैभन्दा ठूलो कुरा नाका खुल्नु थियो नाका खुल्यो । अहिले १५ देखि २० दिन भित्र सामान आइरहेको छ । स–साना परिणाममा सामान ल्याउने व्यापारीलाई पनि एकदमै सहज भएको छ । यो नै मेरो लागि ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

व्यापारी व्यवसायीको अवस्था अझ पनि मजबुद बन्न सकेको अवस्था छैन । कोरोना पछि विस्तारै लय समाउन खोजेपनि परिस्थिति अझै सहज छैन । यसलाई सहज बनाउन सबै व्यापारी–व्यवसायीहरू हातेमालो गरेर अघि बढ्नुपर्छ । देशमा व्यापार व्यवसायको अवस्था राम्रो बनाउन सके व्यापारीलाई मात्र होइन मुलुकलाई नै समग्रमा फाइदा हुन्छ । त्यसको लागि बैंकको ब्याजदर घट्नु चाहि जरुरी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *