नेपालीलाई हङकङ रोजगारी गुम्न दिनुहुन्न: प्रकाश पुन

news-details

हङकङमा सन् १९८१ मा प्रवेश गर्नु भएका म्याग्दीका प्रकाश पुन हङकङमा रहेका पुरानो नेपालीमध्येका एक हुनुहुन्छ । बेलायती सेनाबाट निवृत्त भएर हङकङमा व्यापार व्यवसाय गर्दै आउनु भएका पुन गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिको पूर्व कोषाध्यक्षसमेत हुन । हाल हङकङ नेपाली व्यापार संघका अध्यक्ष भएर काम गरिरहनु भएका पुनको द गोर्खाज गु्रप अन्तर्गत विभिन्न कम्पनी संचालनमा रहेका छन । उहाँलाई नेपाल सरकारले गत वर्ष हङकङका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको थियो । नेपाल र हङकङको व्यापार, नेपालीको अवस्था र भोगाईका विषयमा प्रकाश पुनसँग गरिएको छोटो कुराकानी :

तपाई हङकङको पुरानो नेपाली हुनुहुन्छ, हङकङमा नेपालीहरुको प्रवेश कसरी हुन थाल्यो ?

हो, म सन् १९८१ मा हङकङ आएको हो । हङकङ मिलिटरी बस्ने थलो थियो । नेपालीहरु पल्टनमा भर्ना हुँदा ट्रेनिङ सेन्टर हङकङमा थियो । हामी पहिलो लटमा नै हङकङमा आयौ । अनि हङकङमा बस्दै गर्दा हाम्रो परिवारलाई ल्यायौ । बच्चाहरु पनि यही जन्मिए । यहाँ जन्मिएको बच्चालाई रेसिडेन्ट पर्मिट निकाल्न पाउने सरकारले अनुमति दियो । त्यसपछि धेरै मात्रामा नेपालीहरु हङकङ आउन थाले । पहिला नेपालीहरुलाई हङकङमा अनअराइभल भिसा पाइन्थ्यो तर अहिले भिसामा नै कडाई गरेको अवस्था छ ।

तपाई आफु हङकङ प्रवेश गरेको ४ दशक नाघिसकेछ, तपाई अहिले के गरिरहनु भएको छ ?

म पहिला ब्रिटिस आर्मीको माध्यमबाट सन् १९८१ मा हङकङ आए । म फिटनेशमा कमजोर थिए । कमजोरी भएपछि तालिममा गए र सेकेन्ड करियर विजनेश गर्छु भनेर मैले १९८६ देखि आफ्नै विजनेश शुरु गरेँ । १९९४ मा आर्मीबाट रिटायर भएपछि गोर्खा क्लब भनेर स्थापना गरे । त्यसपछि १९९७ मा कन्ट्रक्सनको विजनेशमा प्रवेश गरे । नेपालीले हङकङमा व्यवसाय गर्न सक्छन् भनेर देखाउन सफल भइयो । मैले लाहुरे भएको नाताले सेक्युरिटी विजनेश पनि शुरु गरेँ । सेफ्टी ट्रेनिङ्ग पनि गराइरहेको छु मैले ।

द गोर्खाज गु्रप अन्तर्गत क्याटरिङ सर्भिस, रेस्टुरेन्ट, क्लिनर, हाउस किपिङ, कन्ट्रक्सन, इन्जिनियरिङ, सेक्युरेटी गार्ड अनि आफ्नै च्यारिटी संचालनमा छ । नेपालको आर्ट, कल्चर, टुरिजम लगायतकोे प्रोमोसन पनि गरिरहेको छु ।

अहिले हङकङमा नेपालीहरुको अवस्था कस्तो छ ?

हङकङमा पहिला झन्डै ३७ हजारभन्दा धेरै नेपालीहरु थिए । पछि धेरै युकेमा ट्रान्सफर भए र परिवारको सेटलमेन्ट युकेमा नै गरे । त्यसले गर्दा अहिले हामी झन्डै २५ हजार नेपालीहरु यहाँ छौ । अहिले हामीहरु विजनेशबाटै स्टाटस बनाएर बसेका छौ । हामी बस्दैगर्दा नयाँ जेनेरेशन पनि आउँदै गयो । त्यसपछि कसैले कन्ट्रक्सनमा काम गर्नुभयो, कसैले सेक्युरेटीमा, कसैले हस्पिटालिटीमा काम गर्नुभयो । काम गर्दागर्दै केहीले विजनेश परिवर्तन पनि गर्नुभयो ।

अहिले पहिलाकोभन्दा धेरै राम्रो स्थिति छ । अहिले सेक्युरेटी, हस्पिटालिटी र कन्ट्रक्सनमा हङकङले नेपालीहरुसँग डिपेन्ड गरिरहेको छ । त्यसले गर्दा हङकङमा नेपालीहरुले दिएको कन्ट्रिव्युसनबाट यहाँको सरकार खुशी छ ।

नेपाल सरकारले पहल गरेको खण्डमा अहिले यहाँ मेनपावरको कमी छ । हङकङ सरकारले बाहिरबाट ६० हजार कामदार ल्याउने भनेको छ । यस्तो अवस्थामा हाम्रो सरकारले पहल गरिदिने हो भने नेपालीहरुले राम्रो पारिश्रमिकसहितको जव गर्न पाउँने थिए । हङकङमा आएर नेपालीहरुले काम गर्न पाउने हो भने यहाँ विश्वमै सबैभन्दा सुरक्षित महसुस हुने र राम्रो कमाई हुने थियो । नेपालबाट नजिकको दुरीमा रहेको हङकङबाट हामीले धेरै फाइदा लिन सक्छौं ।

प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा हङकङ तथा मकाउको रोजगारी खुलाउने विषय प्रमुखताका साथ राख्नुपर्छ । मैले यहाँको बाणिज्यदूत तथा चाइनाको दूतावासमा जानकारी गराइसकेको छु । श्रममन्त्रीको पनि ध्यानाकर्षण गराइरहेको छु । नेपाल सरकारले लिनुपर्ने जुन एक्सन छ, त्यो लिन जरुरी छ । यदि हामीबाट कुनै सल्लाह, सुझाव, सहयोग चाहिएमा हामी दिन सक्छौ । सरकारले जतिसक्दो चाँडो एक्सन लिनुपर्छ ।

तपाईले भन्नु भयो, रोजगारका अवसर धेरै छ, अव नेपालीहरुलाई यो अवसर दिलाउनका लागि के गर्नु पर्ला ?

हो, यसको लागि हाइ लेवलबाट नै पहल गर्नुपर्छ । खासगरि गोर्खालीले बनाएको देश भनेर हङकङलाई चिनिन्छ । केही मान्छेहरु इलिगल तरिकाले आएको कारणले गर्दा त्यसको बहानामा हङकङ सरकारले नेपालीलाई रोक लगाएको धेरै भयो । हामीले यस विषयमा सरकारलाई पटक–पटक भनिरहेका छौ तर नबुझेको हो कि नचाहेको हो । अझै पनि ढिला भएको छैन । यहाँ हामीले कन्ट्रक्सन, सेक्युरेटी र हस्पिटालिटीमा ७० प्रतिशत नेपालीहरुलाई रोजगारी दिएका छौ । अब यो रोजगारी खुलाउन नेपाल सरकारले पहल गर्न जरुरी छ । हामी नेपालीहरुले मात्रै यो क्षेत्रमा १० हजारलाई अझै रोजगारी दिन सक्छौ । अरु देशको भन्दा हाइली पेड रोजगारी यहाँ पाइन्छ । हामी आफै पनि अन्य देशमा भन्दा हङकङमा धेरै पेड गर्न सक्छौ ।

हङकङमा नेपालीका लागि रोजगार खुलाउन तपाईहरुले चै पहल गर्नु भएको छैन ?

हामीले यहाँको सरकारी निकायहरुमा पनि कुरा गरिरहेका छौ । उनीहरुले पनि नेपाल सरकारले पहल गर्नुपर्छ भन्ने प्रतिक्रिया दिने गरेका छन् । मैले त्यही कुरा नेपाल गएर श्रममन्त्रीसँग पनि राखिसकेको छु । त्यसमा मन्त्रीज्यूले पनि राम्रो कुरा गर्नुभएको छ । त्यसको लागि कन्ट्रक्सनको लागि ट्रेनिङ्ग गर्नुप¥यो । सेक्युरेटीमा भुपू सैनिकहरु आउन सक्छन, हस्पिटालिटीमा होटलमा काम गरेको श्रमिकहरु आउन सक्छन् । त्यसको लागि टे«निङ्गहरु पनि दिनुपर्छ भनेका छौैं ।
हामी पनि सँगै गएर हङकङ सरकारलाई हाम्रो स्टाटस के छ भन्न सक्छौ । हाम्रो गल्ती कहाँ छ, हामीले के अप्ठ्यारो पारेका छौ र हाम्रो कन्ट्रिलाई बन्देज किन गरेको भनेर हामी कुरा गर्न सक्छौ । यसका लागि नेपाल सरकारले मुख्य पहल गर्न आवश्यक छ ।

हाम्रो संघले हरेक महिनाको अन्तिम सातामा नयाँ व्यवसायीहरुका लागि केही सिकाउने गरि कार्यक्रम गर्दैछौं । यसको मुख्य उद्देश्य के हो भने नयाँ नयाँ व्यापारी–व्यवसायीहरुलाई मार्केटिङ गर्न सिकाउने, बोल्न कन्फिडेन्ट बनाउने, हरेक व्यवसायीले २ देखि ३ मिनेट बोल्ने, कार्ड एक्सचेन्ज गर्ने र एकले अर्कालाई सहयोग गर्ने भन्ने सोच बनाएको छु, त्यसको चाँडै नै सुरुवात गर्नेछु ।

हङकङलाई कामदार चाहिएको छ, हामी रोजगार खोजिरहेका छौं, यो अवसरलाई कसरी सदुपयोग गर्ने त अव ?

यसका लागि सरकारले सम्बन्धित निकायमा पहल गरिदिनु पर्छ । प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा हङकङ तथा मकाउको रोजगारी खुलाउने विषय प्रमुखताका साथ राख्नुपर्छ । मैले यहाँको बाणिज्यदूत तथा चाइनाको दूतावासमा जानकारी गराइसकेको छु । श्रममन्त्रीको पनि ध्यानाकर्षण गराइरहेको छु । नेपाल सरकारले लिनुपर्ने जुन एक्सन छ, त्यो लिन जरुरी छ । यदि हामीबाट कुनै सल्लाह, सुझाव, सहयोग चाहिएमा हामी दिन सक्छौ । सरकारले जतिसक्दो चाँडो एक्सन लिनुपर्छ । फेरि अर्को देशका कामदार आएर यो सेवा सुविधा नेपालीहरुका लागि गुम्न सक्छ । नेपालीका लागि हङकङ रोजगारको ढोका खोल्ने हो भने नेपालमा रेमिट्यान्स त बढ्छ नै नेपालीले रोजगारको राम्रो अवसर पाउने थिए ।

हङकङमा नेपाली व्यवसायीहरु कति छन् र हङकङ नेपाली व्यापार संघले के गरिरहेको छ ?

हामी नयाँ जेनेरेशनलाई कसरी व्यवसायमा ल्याउने र व्यवसाय बढाउने भन्ने कुरामा लागिरहेका छौ । यहाँ सानातिनो विजनेश गर्नेहरुमा ५ सयवटा जति पसलहरु छन् । यस्तै विभिन्न क्षेत्रमा ५ सयजना व्यवसाय गर्ने नेपालीहरु यहाँ छन् । एउटा सानो जिरो लेवलको कामबाट सुरु गरेर त्यही व्यवसायमा राम्रो सफलता पाउदै गएको अवस्था पनि छ । यहाँ व्यापारमा रिक्स कम छ । सबै क्षेत्रमा नेपालीहरुले राम्रो व्यवसाय गरिरहेका छन् । सरकारले पनि सहयोग गर्छ ।
हाम्रो संघले हरेक महिनाको अन्तिम सातामा नयाँ व्यवसायीहरुका लागि केही सिकाउने गरि कार्यक्रम गर्दैछौं । यसको मुख्य उद्देश्य के हो भने नयाँ नयाँ व्यापारी–व्यवसायीहरुलाई मार्केटिङ गर्न सिकाउने, बोल्न कन्फिडेन्ट बनाउने, हरेक व्यवसायीले २ देखि ३ मिनेट बोल्ने, कार्ड एक्सचेन्ज गर्ने र एकले अर्कालाई सहयोग गर्ने भन्ने सोच बनाएको छु, त्यसको चाँडै नै सुरुवात गर्नेछु ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *