कार्यविधि अनुसार तालिम संचालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ : पुर्ण बहादुर मल्ल

news-details

वैदेशिक रोजगारमा जाने कामदारलाई पुर्वप्रस्थान अभिमुखिकरण तालिम दिनु पर्छ भनेर लाग्ने पहिलो व्यक्ति हुनुहुन्छ पुर्णबहादुर मल्ल । नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा वैदेशिक रोजगार वोर्डका सदस्यसमेत रहनुभएका मल्लले समयसापेक्ष अभिमुखिकरण तालिम परिमार्जन हुनुपर्छ भनेर दशकौदेखि आवाज उठाउँदै आइरहनुुभएको छ । हालसालै श्रम मन्त्रालयले पुर्वप्रस्थान अभिमुखिकरण तालिम कार्यविधि २०७६ संशोधन गरेको छ । जस अनुसार व्यवसायीहरुले कार्यविधिको मापदण्ड अनुसार तालिम संचालनको सम्पूर्ण तयारी पनि पुरा गरिसकेको मल्लले बताउनुभयो । तथापी पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले कामदारलाई आर्थिक भार पार्ने कुनै पनि काम नगर्न निर्देशन दिएपछि निर्देशिका कार्यान्वयनको चरणमा पुगेको अवस्थामा मन्त्रालय आफै र लाखौ खर्च गरेर मापदण्ड अनुसारको तालिम संचालनको तयारी पुरा गरेका व्यवसायीहरुमाझ अन्यौलता छाएको छ । तर, समयसापेक्ष तालिम अहिलेको आवश्यक्ता भएकाले तथा शुल्क रोजगारदाताले व्योहोर्नुपर्ने सरकारकै नीति भएकाले पनि प्रधानमन्त्रीको निर्देशनले संशोधित कार्यविधि कार्यान्वयनमा कोहीपनि दुविधामा पर्नुनपर्ने मल्लको जिकिर छ । उहाँसँग नयाँ कार्यविधि, तालिम प्रदायक संस्था र व्यवसायीहरुको भुमिकाका विषयमा गरिएको छोटो कुराकानी :

तपाईले विगतदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखिकरण तालिम समयसामयिकरुपमा दिनुपर्छ भन्दै आउनु भएको थियो, अहिले तपाईहरुको मागको सुनुवाई भएको हो ?

अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुर्वप्रस्थान अभिमुखिकरण तालिम कार्यविधि २०७६ संशोधन गरेको छ । २० बर्ष अगाडि शुरु भएको तालिमलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ, अझ प्रभावकारी बनाउनु पर्छ भनेर पटक पटक आवाज उठाइरहयौं । सरकारले बल्ल सुनेको छ । अहिले कार्यविधि संशोधन भएर आइसकेपछि व्यवसायीहरुले आवश्यक मापदण्ड तयार गर्दैछन् । व्यवसायीहरु मापदण्ड अनुसार अगाडि बढिरहँदा वैदेशिक रोजगार वोर्डले पनि आफ्नो काम अगाडि बढाई रहेको छ । जब हामीले तालिमको अवधि ३ दिन पु¥यायौ, ३ दिन पुगेपछि हिजो हामीले दिइरहेका सुचना र अब दिने सुचनामा फरक हुनेछ । ३ दिनको सुचना हामीले वैदेशिक रोजगारमा जाने कामदारलाई प्रवाह गरिरहँदा त्यसको निमित्त आवश्यक पर्ने पूर्वाधार तयार पारेका छौ भने वैदेशिक रोजगार वोर्डले नयाँ पाठ्यक्रम ल्याएको छ ।

तालिमको लागत बढ्यो भनेको छ लागत कहाँनिर बढेको छ ? हिजो हामी २०६० सालबाट प्रति कामदार ७ सय रुपैया लिएर पढाइरहँदा एकदिनको ठाउँमा आज ३ दिन तालिम दिर्दैछौ । हिजो १ दिनको ७ सय थियो आज ३ दिनको २१ सय हुँदा लागत कहाँनिर बढ्यो रु हाम्रो लागत बढेको छैन । यो २१ सय रुपैया एकदमै कम भएको छ । अर्कोतर्फ हाम्रो आशय भनेको रोजगारदाता कम्पनीबाट हामीले पैसा पाउनुपर्छ भन्ने हो ।

अहिले अभिमुखिकरण तालिमको लागत बढ्यो भनेर आम सरोकारवाला निकायले आवाज उठाइरहेका छन्,यसलाई कसरी हेर्नुभएको छ ?

बजारमा जुन हल्ला फैलाईएको छ, तालिमको लागत बढ्यो भनेको छ लागत कहाँनिर बढेको छ ? हिजो हामी २०६० सालबाट प्रति कामदार ७ सय रुपैया लिएर पढाइरहँदा एकदिनको ठाउँमा आज ३ दिन तालिम दिर्दैछौ । हिजो १ दिनको ७ सय थियो आज ३ दिनको २१ सय हुँदा लागत कहाँनिर बढ्यो ? हाम्रो लागत बढेको छैन ।

यो २१ सय रुपैया एकदमै कम भएको छ । ३ दिनमा २१ सयमा कसरी सूचना प्रवाह गर्न सक्छौ । हामीलाई तयार गर्नुभनेको मापदण्ड र ३ दिनमा आवश्यक सूचना प्रवाह गर्नको निमित्त २१ सय रुपैया पनि कम भएको छ । अन्तर्राष्ट्रिय लेबलमा जाने भए ६/७ हजार लागत तिर्नुपर्ने हुन्छ । अर्कोतर्फ हाम्रो आशय भनेको रोजगारदाता कम्पनीबाट हामीले पैसा पाउनुपर्छ भन्ने हो । कामदारबाट पैसा लिनु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो । सरकारले शुन्य लागत कार्यान्वयन गरिरहेको छ । सोही अनुसार विभिन्न मुलुकमा श्रम सम्झौता गरिरहेको छ । अनि हरेक लागत रोजगारदाता कम्पनीले ब्यहोर्ने भनिरहदा हामी कहाँनेर कामदारलाई आर्थिक भार भयो भनिरहेका छौ ।

प्रधानमन्त्री प्रचण्डले कामदारलाई आर्थिक भार पार्ने कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको अवस्थामा शंशोधित कार्यविधि कार्यान्वयन संभव होला त ?

पहिलो कुरा त तालिम अवधि बढेकाले शुल्क सोही अनुसार तय भएको हो, लागत बढेकै छैन । त्यो लागत पनि रोजगारदाताले व्योहोनुपर्ने भएकाले कामदारलाई आर्थिक भार पर्ने कुरै आउदैन । ७ घण्टाको तालिममा विदेश जाने कामदारलाई कति कुरा सिकाउन सकिन्छ त ? यसैले समयसापेक्ष तालिम अहिलेको आवश्यक्ता हो, यसलाई अन्य विषयसँग जोडेर हेर्नुको अर्थ छैन । अर्को कुरा सरकारले कार्यविधि ल्याएर सोही अनुसार मापदण्ड तयार गर्न निर्देशन दिए अनुसार व्यवसायीले लाखौ रकम खर्च गरेर त्यो तयार गरिसकेका छन भने धरौटी पनि बढाएर जम्मा गरेको अवस्था छ । यसैले प्रधानमन्त्रीले धेरै विषयमा निर्देशन दिदा यो विषय घानमा परेको मात्र हो जस्तो लाग्छ । यस विषयमा हामी थप छलफल गर्ने पनि छौ । विदेशिने कामदारका लागि सबैभन्दा महत्वपूर्ण चरण तथा विदेशमा हुने ठगि र समस्याका घटनालाई न्यूनिकरण गर्न पनि समयसापेक्ष तालिम अपरिहार्य छ, यो कुरा सरकारले बुझेको छ भन्ने लाग्छ ।

सबै मिलेर तालिमलाई प्रभावकारी बनाउन आवश्यक छ । हिजोको दिनमा युरोप, मलेसिया, गल्फ जानेलाई एउटै कक्षामा राखेर पढाउँथ्यौ । सबै देश जाने कामदारको सोच्ने क्षमता एउटै हुँदैन । परिवेश फरक छ, भाषा फरक छ, परिस्थिति फरक छ, रहन सहन फरक छ त्यसले गर्दा हामी क्लस्टर वाइज जानुपर्छ भनेर आवाज उठाइरहेका थियौ । अहिले हामी ५ वटा क्लस्टरमा काम गरिरहका छौ ।

अब वैदेशिक रोजगारमा जाने कामदारले तालिमबाट भरपुर जानकारी लिन सक्छन् भन्ने आधार के छन् त ?

हो, हामीले बहस यसमा गर्नुपर्छ । सबै मिलेर तालिमलाई प्रभावकारी बनाउन आवश्यक छ । हिजोको दिनमा युरोप, मलेसिया, गल्फ जानेलाई एउटै कक्षामा राखेर पढाउँथ्यौ । सबै देश जाने कामदारको सोच्ने क्षमता एउटै हुँदैन । परिवेश फरक छ, भाषा फरक छ, परिस्थिति फरक छ, रहन सहन फरक छ त्यसले गर्दा हामी क्लस्टर वाइज जानुपर्छ भनेर आवाज उठाइरहेका थियौ । अहिले हामी ५ वटा क्लस्टरमा काम गरिरहका छौ । मेरो संस्थाले मलेसिया जानेको काम ग¥यो भने जापान, कोरिया, गल्फ, युरोप काम गर्न पाउँदैन । किनभने म मलेसिया मात्रै केन्द्रित भए भने के हुन्छ भने मेरो संस्थाले मलेसियाको बारेमा मात्रै खोज अनुसन्धान गर्छ । आवश्यक जनशक्ति, पूर्वाधार र त्यहाँको सम्पुर्ण अवस्थाको बारेमा मात्र केन्द्रित भएर पढाउन सक्छ । दोस्रो कुरा भाषा भनेर अतिरञ्जीत गरेका छौ, हामीले यो गलत प्रचार गरिरहेका छौ । हामीले युरोप जाने कामदारलाई सामान्य अङ्ग्रेजी सिकाउनुपर्छ । कामदारले सामान्य आफ्नो बारेमा भन्न सक्ने हामीले बनाउनुपर्छ । अनि मात्र उसले भोलिका दिनमा समस्या झेल्नु पर्दैन भनेका हौ ।

अहिले ल्याइएको कार्यविधिको विरोध भइरहेको छ, तपाई बिरोध गर्नेहरुलाई के भन्न चाहानुहुन्छ ?

वैदेशिक रोजगारको नाममा नेपालमा डलरको खेती गर्नेहरुले हाम्रो विरोध गरिरहेका हुन्छन् । डलरका खेती गर्नेहरुले नेपाली कामदारप्रति चिन्ता होइन, डलर पचाउने मेलो मात्र गरिरहेका छन् । कामदारको चिन्ता त हामीलाई छ । म व्यवसायीभन्दा पहिले नेपाली नागरिक हुँ । आयातीत कुरामा विश्वास गरेर, बजारमा हल्ला फैलाएर यो भएन भन्नेका लागि जहिले पनि हाम्रो असहमती छ । वैदेशिक रोजगारमा जाने कामदारलाई सुचना प्रवाह गर्न नेपाल सरकारबाट हामीले लाईसेन्स लिएका छौ । हामी २०६० सालबाट काम गरिरहेका छौ । अहिले २–४ महिना काम गरेर फेरि हराउने होइन । हामीले यो पेशालाई मर्यादित बनाउनुपर्छ भनेर लागिरहेका छौ । अभिमूखिकरण तालिम मर्यादित र व्यवस्थित भएमा मात्र वैदेशिक रोजगार मर्यादित र व्यवस्थित हुन्छ । हिजो पनि हाम्रो भनाइ त्यही हो र आज पनि त्यही हो ।

हिजोको परिस्थिति र आजको परिस्थिति डबल फरक छ । हिजो बायोमेट्रिक सिस्टम थियो अब रेटिनामा जाँदै छौ । हिजो भौतिक रुपमा अनुगमन गर्न जानुपथ्र्यो अब अहिलेको सिस्टमले भौतिक रुपमा उपस्थित हुनु पर्दैन । माननीय मन्त्री, सचिव, सम्बन्धित शाखाले, वैदेशिक रोजगार वोर्डले चाहने हो भने कार्यकक्षको कम्प्युटरबाट अनुगमन गर्न सकिन्छ ।

भोलिका दिनमा पुर्वप्रस्थान अभिमुखिकरण तालिम व्यवस्थित र मर्यादित बनाउन सरोकारवाला निकाय, मन्त्रालय, विभाग, जाने कामदारले के कुरामा ध्यान दिनुपर्छ ?

हामीले लामो समयदेखि भनेका थियौ, यो क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ । हिजोको परिस्थिति र आजको परिस्थिति डबल फरक छ । हिजो बायोमेट्रिक सिस्टम थियो अब रेटिनामा जाँदै छौ । हिजो भौतिक रुपमा अनुगमन गर्न जानुपथ्र्यो अब अहिलेको सिस्टमले भौतिक रुपमा उपस्थित हुनु पर्दैन । माननीय मन्त्री, सचिव, सम्बन्धित शाखाले, वैदेशिक रोजगार वोर्डले चाहने हो भने कार्यकक्षको कम्प्युटरबाट अनुगमन गर्न सकिन्छ । मन्त्रालय, बोर्ड र हामी व्यवसायी पनि कामदारप्रति चिन्तीत भएको हुनाले गलत काम गर्न कसैले पाउँदैन । तालिमको सबैले अनुगमन गर्न पाउनुपर्छ र कामदारले ३ दिन भरपुर शिक्षा लिन पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । अव वैदेशिक रोजगार व्यवस्थित, मर्यादित र ठगिरहित बनाउन जरुरी छ, त्यसका लागि सबै सरोकारवाला निकायले चासो दिनुपर्छ ।

अव वैदेशिक रोजगारमा हुने समस्याका घटना तथा ठगी न्युनीकरण हुन्छ भन्ने तपाईको दावी हो ?

दिनप्रति दिन वैदेशिक रोजगारका क्रममा जे जस्ता घटनाहरु घटिरहेका छन्, त्यसलाई घटाउने नै सबैको ध्याउन्न हो । एयरपोर्टमा वाकसमा आउने शवको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । नेपाल सरकारको उद्देश्य पनि त्यही हो । सम्बन्धित देशको कानुन, काम, भाषा, इमिग्रेसनको बारेमा श्रब्यदृष्य देखाउँछौ । इमिग्रेसनमा अपनाउनुपर्ने सुरक्षाको बारेमा पनि जाने कामदारलाई स्मार्टबोर्ड मार्फत प्रत्यक्ष देखाउछौ । आफूलाई समस्या परेको बेला कम्पनी, दूतावास वा सम्बन्धित निकायमा सहयोगी बिना नै खुलस्त राख्न सक्ने हिसाबमा नेपालबाटै दक्ष बनाएर पठायौ भने हामीले त्यस्ता घटनाहरुको अन्त्य गर्न सक्छौ ।

अन्त्यमा, ३ दिनको अभिमुखिकरण तालिम किन लिनु पर्छ, विदेश जाने कामदारलाई बताइदिनु होस न ?

वैदेशिक रोजगारलाई सहज लिनु हुँदैन । विदेशमा गएर के काम गर्ने हो, त्यसका लागि नेपालमै तयार हुनुपर्छ । त्यहाँ हुने काम, पाउने तलब, सेवासुविधा सबै स्वदेशमा नै बुझेर गयो भने कामदारलाई सहज हुन्छ । विदेश गएदेखि नेपाल नफर्किउन्जेल सम्म आइपर्ने समस्याको समाधानका लागि हामी कामदारलाई तालिम दिन्छौ र मानसिक रुपमा तयार बनाएर मात्र पठाउँछौ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *