भन्सारमा ल्याबटेस्ट राख्न सकियो भने समस्या धेरै हदसम्म कमि हुने थियो : रामहरी कार्की

news-details

नेपाल हिमालय सिमापार वाणिज्य संघको हालसालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा रामहरी कार्की निर्वाचित हुनुभएको छ । स्थापनाकालदेखि नै संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहनुभएका कार्की व्यवसायीहरुको मर्म र भावना नजिकबाट बुझने नेतृत्वकर्ताकारुपमा पनि परिचित हुनुहुन्छ । भुकम्प, कोरोना र उत्तरी नाका बन्दका कारण लामोसमय नेपाल–चीनबीचको व्यापार व्यवसाय प्रभावित बन्न पुग्यो । अहिले विस्तारै नाका सुचारु हुदै जादा उत्तरी नाका हुदै व्यापार व्यवसाय गर्ने व्यवसायीहरुमा उत्साह पैदा हुन थालेको छ । यसै सन्दर्भमा संघका नवनिर्वाचित अध्यक्ष कार्कीसँग उत्तरी नाका हुदै व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको अवस्था, संघको आगामी कार्ययोजना र समसामयिक विषयमा गरेको कुराकानीको सारसंक्षेप :

तपाई भर्खरै नेपाल हिमालय सिमापार वाणिज्य संघको नेतृत्वमा आउनुभएको छ, आगामी दिनहरुमा संघलाई कसरी अघि बढाउँने योजनामा हुनुहुन्छ ?

अहिले उत्तरी नाकाबाट व्यापार–व्यवसाय गर्न पहिला जस्तो सहज छैन । निकासी–पैठारी गर्नलाई पनि अलिकति समस्या छ । भन्सारमा ल्याब टेस्टको व्यवस्था नहुदा समस्या आइरहेको व्यवसायीहरुको गुनासो छ । ल्याब टेस्ट नहँुदा हाम्रो सामान गुणस्तरीय नभएको भन्दै चिनीया पक्षले फर्काउने गरेको छ । यस्तो अवस्थामा सरकारले होस या चिनीया पक्षसँग अनुदान लिएर होस भन्सारमा ल्याबटेस्ट राख्न सकियो भने व्यापारीहरुले भोग्दै आएको यस प्रकारको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्छ जस्तो लागेको छ । र हामीले पहिलो प्राथमिकता यसैलाई दिएका छौ । सरकारलाई यस विषयमा हामी ध्यानाकर्षण गराउने योजनामा छौ ।

उत्तरी नाका हुदै व्यापार–व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुको अवस्था कस्तो छ र यस व्यवसायलाई सहजीकरण गर्न तपाईको कस्तो पहल कदमी रहनेछ ?

उत्तरी नाका रसुवा करिब २ वर्षदेखि नै सुचारु छ भने तातोपानी चाँहि भर्खर भर्खर खुलेको छ । यहाँ अहिले सबैभन्दा ठुलो समस्या के छ भने रसुवा, तातोपानी, केरुङ नाका हुदै सामान ढुवानी गर्न व्यापारीहरुलाई जान दिएको अवस्था छैन । रसुवामा रसुवाकै चालकले गाडी लग्न पाउने अवस्था छ भने तातोपानी नाकाबाट खासासम्म नेपाली गाडी र चालक जान दिएको अवस्था छैन । केरुङमा पनि त्यस्तै अवस्था छ । हाम्रो गाडिहरु सहजै माथि जाने, हाम्रै चालकहरु गएर सामान लोड गर्न पाउने र सामान टुटफुट भएमा माथि नै गएर हेर्न पाउने अवस्था छैन । यसर्थ व्यापारीहरु सहज तरिकाले नाका पारी सामान ढुवानी गर्ने ठाउँसम्म जाने व्यवस्था भए धेरै समस्या समाधान हुन्छ । संघ अहिले यो पहलका लागि लागिरहेको छ । यो समस्या छिट्टै संबोधन हुने वातावरण मिलाउने हाम्रो योजना छ ।

व्यापारीहरुको विभिन्न समस्याहरु यथावत् नै छन् ति समस्याहरु समाधान गर्न तपाईका कस्ता योजनाहरु रहेका छन् ?

अहिले व्यापार गर्नलाई नाका सहज भएको छ । १० देखि १२ दिनमा तातोपानीमा सामान आइपुग्छ । बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । त्यसले गर्दा अलि सहज त होला । अहिले हामीले उठाउनु पर्ने माग भनेको बर्खा लाग्न लाग्यो । तातोपानी र रसुवाको बाटोको अवस्था अहिले पनि राम्रो छैन । १२ महिनै चल्ने बाटो निर्माण होस् भन्ने चाहाना छ । त्यसको लागि हामी नेपाल सरकारको सरोकारित निकायमा घच्घच्याउन जाने योजनामा छौ । वर्खायाममा २–३ महिना नै बाटो बन्द हुने र गाडीहरु आवातजावत गर्न नसक्ने भयो भने व्यापारीहरुको सामानहरु माथि नै अड्किने भएकाले त्यसको लागि पनि हामीले अहिलेदेखि नै पहल गर्न जरुरी छ ।

चोरी निकासी र युवा पलायनले व्यापार पहिलेको तुलनामा पक्कै खस्किएको अवस्थामा छ । अहिले धेरै नेपाली युवाहरु बैदेशिक रोजगारीमा गएको हुनाले पनि नेपालमा उपभोक्ता केही घटेको हो कि भन्ने चाँहि अनुभूति भएको छ । युवा शक्ति सबै बाहिरिदाँ पहिले जुन जुन भोल्युममा सामानहरु खपत हुन्थ्यो त्यो घटेको छ । यसर्थ चोरी निकासी रोक्न सकियो र बाटोघाटो १२ महिना नै चल्ने गरी राम्रो भयो भने विस्तारै व्यापार बढ्ला भन्ने आशा चाहि छ ।

उत्तरी नाका सहजरुपमा सुचारु भएतापनि व्यापार पहिलेकै तुलनामा भईरहेको छ त ?

पहिलेको जस्तो अवस्था छैन । पहिला उत्तरी नाकाबाट महिनामा कम्तीमा पनि ८ सयदेखि १ हजारसम्म गाडिहरु आउथे । अहिले त्यो रेसियो घटेर ३ सयदेखि ४ सयमा पुगेको छ । यसरी घट्नुको मुख्य कारणचाँहि के पनि छ भने पहिला इन्डियामा चाइनिज सामानहरु इम्पुट हुँदैनथ्यो । चाइनाबाट नेपाल हुँदै इन्डिया जान्थ्यो । अहिले चाँहि इन्डियामा पनि इम्पुट हुने व्यवस्था छ । अर्कोतिर खुल्ला बोडरको कारणले अहिले इन्डियाबाट चाहि चोरी पैठारी भएर नेपाल सामान भित्रिएको अवस्था छ । त्यो कारणले गर्दापनि हाम्रो इन्डियासँगको व्यापार घटेको छ । जसका कारण चाइनाबाट नेपाल आउने सामान केही घटेको अवस्था छ ।

इन्डियाबाट भन्सार छलि गरि सामान ल्याउनाले त्यसको प्रत्यक्ष मार व्यापारीलाई परेको छ त्यसलाई कम गर्न तपाईको के कस्तो पहल कदमी रहन्छ ?

हामीले यसको लागि बारम्बार भन्सार विभागसँग कुरा गरिरहेका छौ । हामी राजश्व तिरेर ल्याउनेले भन्सार छलि गरेर सामान ल्याउनेसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाका कारण धेरै समस्या भोग्नुपरेको छ । अर्कोतिर भन्सार अलिकति घटाउन सकियो भने ठुलो भोल्युममा सामान ल्याउन सकिने र चोरी पैठारी गर्नेसँग प्रतिष्पर्धा गरेर उनीहरुलाई निरुत्साहित गर्न सकिन्थ्यो । यसो भएमा राजश्व पनि बढ्ने थियो ।

उत्तरी नाकाबाट हुने व्यापार व्यवसाय कसरी बढाउन सकिन्छ त ?

चोरी निकासी र युवा पलायनले व्यापार पहिलेको तुलनामा पक्कै खस्किएको अवस्थामा छ । अहिले धेरै नेपाली युवाहरु बैदेशिक रोजगारीमा गएको हुनाले पनि नेपालमा उपभोक्ता केही घटेको हो कि भन्ने चाँहि अनुभूति भएको छ । युवा शक्ति सबै बाहिरिदाँ पहिले जुन जुन भोल्युममा सामानहरु खपत हुन्थ्यो त्यो घटेको छ । यसर्थ चोरी निकासी रोक्न सकियो र बाटोघाटो १२ महिना नै चल्ने गरी राम्रो भयो भने विस्तारै व्यापार बढ्ला भन्ने आशा चाहि छ । अहिले आर्थिक मन्दी पनि छ । अहिले विश्वबजारमा नै व्यापारमा मन्दी आएको अवस्था छ । हाम्रो पहलकदमीले विस्तारै यो अवस्था सुध्रन्छ भन्नेमा पनि हामी आशावादी छौ ।

यस क्षेत्रमा विद्यमान समस्या समाधानको लागि हामी पहलकदमी गरिरहने छौ भन्दै सम्पुर्ण व्यापारीहरुलाई धैर्यधारण गर्न अपिल गर्दछु । अप्ठ्याराहरुलाई चिर्दै, राम्रो बनाउँदै लैजाने हामीले लक्ष्य लिएका छौ । हामी सरोकारवाला निकायमा निरन्तर ध्यानाकर्षण गराइरहन्छौ । नेपाल सरकार, चाइनीज एम्बेसी लगायतका ठाउँमा व्यापारीका समस्याबारे सधैं घच्घच्याई रहन्छौ ।

व्यवसायीहरुका हितका अलावा अन्य कस्ता–कस्ता कार्यहरु गर्दै अघि बढ्ने योजनामा हुनुुहुन्छ ?

मेलम्चीको बाढी, जुरेको पहिरो, कोरोनाको महामारीलगायत हरेक विपतिमा हामीले उत्तरी नाका क्षेत्रमा धेरै सहायताका काम ग¥यौ । यस्तै हामीले शिवरात्रीको अवसरमा पशुपतिमा फलफुल, चिया, पानी, जुसहरु वितरण ग¥यौ । आगामी दिनहरुमा पनि व्यापारी– व्यवसायीका हकहितका अलवा सामाजिक कार्यमा हामी सधैं लागिरहन्छौ । हामी व्यवसायिहरुका हितका साथै आर्थिक, सामाजिक र धार्मिक महत्वका कार्यहरु पनि उत्तिकै गर्दै जानेछौ । विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, दैवी प्रकोपहरुमा सहायता गर्ने लगायतका काममा हामी सधैं अग्रपंतिमै हुने छौ ।

अन्त्यमा समस्त व्यापारी–व्यवसायीहरुलाई के भन्न चाहानुहुन्छ ?

संस्थामा आवद्ध रहनुभएका सदस्यहरु र उहाँहरुबाहेक अरु पनि हाम्रा सहयोगी व्यापारीहरु हुनुहुन्छ, वहाँहरुलाई के भन्न चाहान्छु भने अहिले व्यापारको अवस्था त्यति राम्रो छैन । आगामी दिनमा केही राम्रो हुने लक्षण चाँहि देखिएको छ । कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण अहिले विश्वभर नै व्यापारको अवस्था खस्कदो छ ।

हामी चाइनासँग व्यापार गर्ने व्यापारीहरुको अवस्था पनि राम्रो छैन । यसर्थ यस क्षेत्रमा विद्यमान समस्या समाधानको लागि हामी पहलकदमी गरिरहने छौ भन्दै सम्पुर्ण व्यापारीहरुलाई धैर्यधारण गर्न अपिल गर्दछु । अप्ठ्याराहरुलाई चिर्दै, राम्रो बनाउँदै लैजाने हामीले लक्ष्य लिएका छौ । हामी सरोकारवाला निकायमा निरन्तर ध्यानाकर्षण गराइरहन्छौ । नेपाल सरकार, चाइनीज एम्बेसी लगायतका ठाउँमा व्यापारीका समस्याबारे सधैं घच्घच्याई रहन्छौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *